logo

वीरगन्ज महानगरपालिकाद्वारा विद्यालयहरुको अनुगमनलाई निरन्तरता

      11/11/2020 गते 00 00 मा प्रकाशित     840   पटक पढिएको

इसीमाना संवाददाता
वीरगन्ज, २६ कार्तिक । वीरगन्ज महानगरपालिकाले सामुदायिक विद्यालयहरुको अनुगमन निरीक्षणलाई निरन्तरता दिएको छ । कोरोना भाईरस (कोभिड–१९) महामारीका कारण लामो समयसम्म बन्द रहेको विद्यालयहरु स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर कार्तिक २३ गतेदेखि सञ्चालन गर्ने निर्णय भएको थियो ।

विद्यालयहरु संचालमा आएपछि महानगरपालिकाले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना भए/नभएको र गरे/नगरेको विषयमा महानगरपालिकाले गत आईतबारदेखि अनुगमन शुरु गरेको हो । सो अनुगमनलाई बुधबार पनि निरन्तरता दिएको हो । वीरगन्ज महानगरक्षेत्र भित्र रहेका सामुदायिक तथा निजी विद्यालयहरुले महानगरपालिका, स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयले तोकेको मापदण्ड अनुसार पठनपाठन भएको नभएको विषयमा अनुगमन गरेको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्दलाल कर्णले जानकारी दिए ।

महानगरपालिकाले पाँचवटा टोली बनाएर अनुगमनमा खटिएको र अहिलेसम्म अनुगमन गरेका विद्यालयहरुले महानगरपालिकाले तोकेको मापदण्डलाई पालना गरेको पाईएको अनुगमनमा सहमागि वीरगन्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखाका आनन्द लामिछानेले बताए । उनका अनुसार विद्यालय खुलेको जानकारी पाएपछि सबै विद्यार्थी विद्यालयमा पढ्न आएपछि कतिपय विद्यालयहरुमा सामाजिक दूरी कायम गर्न समस्या उत्पन्न भएको पाईएको पनि बताए ।

महानगरपालिकाले मुख्यगरी मास्क लगाउने, सामाजिक दूरी राख्ने, साबुन पानीले हात धुने लगायतका स्वास्थ्य सुरक्षाको विषयमा अनुगमन गरेको र कतिपय विद्यालयहरुमा आवश्यक मास्क, सेनिटाईजर र साबुन समेत वितरण गरिएको लामिछानेले बताए । वीरगन्ज महानगरभित्र ३४ वटा आधारभूत र माध्यामिक तहका विद्यालयहरु रहेका छन् । ती मध्य कक्षा ८, ९ र १० को पठनपाठन हुने माध्यामिक तहका विद्यालयहरुमा अनुगमन निरीक्षण भएको हो ।  

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.