logo

जनकपुरमा आफनै श्रीमतीलाई एसिड आक्रमण गर्ने श्रीमान प्रहरीद्वारा पक्राउ

      11/14/2020 गते 00 00 मा प्रकाशित     772   पटक पढिएको

जनकपुर उपमहानगरपालिका वडा नं २३ की २१ वर्षिया आरती साहमाथि एसिड प्रहार भएको छ । उनीमाथि एसिड प्रहार गर्ने उनकै श्रीमान रहेको बताइएको छ । 

जनकपुरधाम उपमहानगरपालिका ७ जानकीनगरमा माइतमा बस्दै  आएकी आरतीलाई  शनिबार बहिान एक युवकले एसिड छ्यापेर भागेका थिए । आरतीको जनकपुरको जानकी हेल्थकेयरमा भर्ना गरि उपचार भइरहेको छ ।

 

आरतीलाई एसिड आक्रमण गर्ने उनको आफ्नै पति रहेको पुष्टि भएको छ । पत्नी आरतीमाथि एसिड आक्रमण गरेको आरोपमा प्रहरीले जनकपुरधाम उपमहानगरपालिका २० देवपुरारुपैठा बस्ने २७ वर्षका संजिव साहलाई पक्राउ गरेको छ ।उनलाई आफ्नै घरबाट पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिनु भयो  ।

 

पतिपत्नीबिच मनमुटाब रहेको कारण माइत जनकपुरधाम उपमहानगरपालिका ७ जानकी नगरमा घरमै बसिरहेकी २६ वर्षीया आरती साहमाथि शनिबार बिहान साढे ९ बजे एसिड प्रहार भएको हो । खराब सम्बन्धको कारण श्रीमान संजिवले नै एसिड प्रहार गरी भागेको स्थानीयले बताएका छन् ।

 

एसिड प्रहारबाट आरतीको निधार र छातीको केहि भाग जलेको छ । तीनवर्ष अघि विवाह बन्धनमा बाँधिएको केहि समय पश्चात श्रीमान श्रीमतीबिच मनमुटाव हुँदा आरती माइतमै बसेर जनकपुरको पेठिया बजारमा तरकारी व्यवसाय गर्दै आएकी छन् ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.