logo

दीपावली मनाउन बालीएको दीपबाट सल्केर आगलागी हुदा पर्सामा एक बालिकाको ज्यान गयो, सर्लाहीमा लाखौको क्षती

      11/15/2020 गते 00 00 मा प्रकाशित     759   पटक पढिएको

दिपावली मनाउँन बालिएको दियोले आगो लाग्दा बहुदरमाई नगरपालिकाको रामनगरीमा एक १५ वर्षिया वालिकाको मृत्यु भएको छ ।  मनबोध साहको खरको घरमा आगलगी भएको थियो । त्यही आगलागीमा परेर उनको छोरी मनाको मृत्यु भएको प्रहरी निरिक्षक दीपक थापाले बताउनु भयो । 

मृत्यु भएको युवतीको शव पोष्टमार्टमको लागि वीरगञ्जस्थित नारायणी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरिक्षक दिपक थापाले वताउनु भयो  ।

राती १० बजेको करिबमा भएको आगलगीले घरमा रहेको लत्ता कपडा, गरगहाना, फर्निचर, नगदसहित रु ५ लाख बराबरको क्षति समेत भएको  मनबोध साहले जानकारी दिनु भयो  । मना आगलागी भएको घरमा एक्लै सुतेको  र निस्कन नसकेकोले उनको मृत्यु भएको स्थानीयको भनाई छ । 

त्यस्तै  शनिबार राती सर्लाहीको बाग्मती नगरपालिका–१, डुमाजोर निवासी सुनिल तामाङको घरमा लक्ष्मीपूजा गर्न बालेको मैनबत्तीको आगो सल्किँदा लाखौंको क्षति भएको छ । राती साँढे आठ बजेतिर भएको आगलागीबाट तामाङको दुई तले कच्ची घर तथा घर भित्र भएका लत्ताकपडा, अन्नपात, फर्निचर लगायत नष्ट भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

त्यस्तै ब्रहम्पुरी गाउँपालिका–१ निवासी निरज साहको गोठ घरमा बालेको मैनबत्तीबाट सल्केको आगोले गोठ एवं गोठ भित्र रहेका एक पाडो र चारवटा बाख्रा मरेको प्रहरीले जनाएको छ ।

त्यसैगरी शनिबार राती आठ बजे बरहथवा नगरपालिका–७ स्थित बरहथवा बजारमा मोहमद मफुज आलमको आरसी कम्प्लेक्समा रहेको जुत्ताचप्पल पसलमा आगलागी हुँदा १० लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बरहथवा नगरपालिका–९ निवासी मनोज कुशवारको गन्तब्य शू सेन्टरमा विद्युत सर्ट भई आगलागी भएको हो ।

त्यस्तै शनिबार साँझ सबा सात बजे गोडैता नगरपालिका–८ मा रोकी राखेको ना. ७ ख ३५१५ नम्बरको बसमा सोही बसकै ब्याट्रीको करेन्ट सट भई आगो लागी हुँदा झण्डै १० लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको अप्रेशन  सिन्दुर,पाकिस्तान नियन्त्रित नौ स्थानमा मिसाइल आक्रमण

वीरगंज।  भारतले बुधबार  पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीर (पीओके) मा रहेको ‘आतङ्कवादी केन्द्रहरु’ नौ स्थानमा हमला गरेको  घोषणा गरेको छ  ।

अमेरिकाको टेक्सस राज्य संसदद्वारा १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा

टेक्सस ।  अमेरिकाको टेक्सस राज्य संसद्ले १३ मार्चलाई ‘नेपाली लुम्बिनी एड्भोकेसी डे’ घोषणा गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.