logo

पैसा माग्दा सीमामा लफडा,तस्करले फायर खोलेको हल्ला किन फैलाए असई पाण्डेले

      11/22/2020 गते 00 00 मा प्रकाशित     1076   पटक पढिएको

 आइतबार अपराह्न करिब सवा दुई बजे जिल्ला प्रहरी कार्यालयबाट पर्साकी प्रहरी उपरिक्षक गंगा पन्त, डिएसपी मनोजित कुंवर थप मद्दत सहितको टोली लिएर नेपाल भारत नाकामा रहेको इनर्वा प्रहरी चौकी पुगे ।

 

अस्थाई प्रहरी चौकी इनर्वा गाउंका इन्चार्ज असई जय प्रकाश पाण्डेले तस्करहरुले फायर खोलेपछि आफू घाइते भएको जाहेरी गरेपछि एसपी र डिएसपी वनटन गाडीमा थप प्रहरी लिएर इनर्वा प्रहरी चौकी पुगेका थिए ।

ठूलो संख्यामा प्रहरी परिचालन भएको देखेर वीरगन्ज रक्सौल नाका आवतजावत गर्ने बटुवाहरुको समेत भिड लागेको थियो ।

 

घाइते अवस्थामा चौकी भित्र रहेका असई पाण्डेलाई भेटेपछि एसपी पन्तले गोली प्रहार नभएको पुष्टी गर्नुभयो । तस्कर समूहलाई नियन्त्रणमा लिंदा भएको दोहोरो झड्पमा असई घाइते भएको एसपी पन्तले बताउनु भयो  । 

 


    त्यसअघि असई पाण्डेले आफ्नो माथिल्लो युनिटमा मात्र नभई त्यहा उपस्थित सञ्चारकर्मीलाई समेत उखुको घारीबाट तस्करले फायर खोलेको र त्यस्को छर्रा आफ्नो नाकमा लागेको दाबी गरेका थिए । झडपमा संलग्न रहेको आरोपमा पक्राउ परेका एकजनासंग हतियार रहेको समेत असई पाण्डेको  दाबी थियो ।

 

‘हामी पुग्दा पुरा लाइन चलिरहेको थियो,’ इसिमानासंग असईले पाण्डेले भन्नु भयोे, ‘रोक्न खोज्दा उखु घारीबाट फायर खोले, नाकमा छर्रा लागेर रगत बगिरहेको छ । हतियार सहित पक्राउ गर्न खोज्दा युवकले बोर्डर पारि हतियार फ्याके ।’ प्रत्यक्ष्ाँदर्शीले दुईजनालाई बोर्डरको ५ सय मिटर यताबाट पक्राउ गरेको बताएका छन् ।

 

महिलालाई किन लछार पछार गरेको भनि सोध्ने र झडपको भिडियो खिच्नेलाई प्रहरीले पक्रेर लगेको स्थानीयले सञ्चारकर्मीलाई बताएका छन् । 


    नाकामा गोली नै नचलेको पुष्टि भएपछि जिल्लाबाट गएको थप मद्दत घटनास्थल नै नगई फर्केको थियो । शंकराचार्य गेट भन्दा पूर्वपट्टिको खेतमा सादा पोसाकमा गएका असई पाण्डेले अपराह्न दुई जना महिला पोके तस्करलाई रोकेका थिए । अस्थाई प्रहरी चौकी इनर्वा गाउंका इन्चार्ज रहेका असई पाण्डे आफ्नो कार्यक्षेत्र  नरहेको ठाउंमा पुग्दा पनि त्यस क्षेत्रका  प्रहरी युनिटलाई जानकारी गराएका थिएनन् ।

 

महिलासंगको दोहोरो झडपमा नाक फुटेपछि मात्र उनले माथिल्लो युनिटलाई जानकारी गराए, त्यो पनि झुठो ।  प्रत्यक्ष्ाँदर्शीका अनुसार स्वेटर र सुरुवाल÷कुर्ता बोकेका महिला तस्करसंग असई पाण्डेले ५ सय रुपैया मागेका थिए ।

 

महिलाहरुले एक पटकमा दुई सय रुपैया मात्र आम्दानी हुने हुदा ५ सय रुपैया कसरी दिने भन्दै प्रतिकार गरेका थिए । ‘दुई सय हैन्, एक सय लिनुस् भन्दा असई साहेब मान्नु भएन्,’ एक महिलाले भनिन्, ‘लछारपछार गर्दा भएको झडपमा उनको नाकमा चोट लागेको हो । प्रहरीले हामीलाई पनि नपिटेको हैन्, तर, त्यही हाम्रो रगत निस्केन् ।’ 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.