logo

पैसा माग्दा सीमामा लफडा,तस्करले फायर खोलेको हल्ला किन फैलाए असई पाण्डेले

      11/22/2020 गते 00 00 मा प्रकाशित     1258   पटक पढिएको

 आइतबार अपराह्न करिब सवा दुई बजे जिल्ला प्रहरी कार्यालयबाट पर्साकी प्रहरी उपरिक्षक गंगा पन्त, डिएसपी मनोजित कुंवर थप मद्दत सहितको टोली लिएर नेपाल भारत नाकामा रहेको इनर्वा प्रहरी चौकी पुगे ।

 

अस्थाई प्रहरी चौकी इनर्वा गाउंका इन्चार्ज असई जय प्रकाश पाण्डेले तस्करहरुले फायर खोलेपछि आफू घाइते भएको जाहेरी गरेपछि एसपी र डिएसपी वनटन गाडीमा थप प्रहरी लिएर इनर्वा प्रहरी चौकी पुगेका थिए ।

ठूलो संख्यामा प्रहरी परिचालन भएको देखेर वीरगन्ज रक्सौल नाका आवतजावत गर्ने बटुवाहरुको समेत भिड लागेको थियो ।

 

घाइते अवस्थामा चौकी भित्र रहेका असई पाण्डेलाई भेटेपछि एसपी पन्तले गोली प्रहार नभएको पुष्टी गर्नुभयो । तस्कर समूहलाई नियन्त्रणमा लिंदा भएको दोहोरो झड्पमा असई घाइते भएको एसपी पन्तले बताउनु भयो  । 

 


    त्यसअघि असई पाण्डेले आफ्नो माथिल्लो युनिटमा मात्र नभई त्यहा उपस्थित सञ्चारकर्मीलाई समेत उखुको घारीबाट तस्करले फायर खोलेको र त्यस्को छर्रा आफ्नो नाकमा लागेको दाबी गरेका थिए । झडपमा संलग्न रहेको आरोपमा पक्राउ परेका एकजनासंग हतियार रहेको समेत असई पाण्डेको  दाबी थियो ।

 

‘हामी पुग्दा पुरा लाइन चलिरहेको थियो,’ इसिमानासंग असईले पाण्डेले भन्नु भयोे, ‘रोक्न खोज्दा उखु घारीबाट फायर खोले, नाकमा छर्रा लागेर रगत बगिरहेको छ । हतियार सहित पक्राउ गर्न खोज्दा युवकले बोर्डर पारि हतियार फ्याके ।’ प्रत्यक्ष्ाँदर्शीले दुईजनालाई बोर्डरको ५ सय मिटर यताबाट पक्राउ गरेको बताएका छन् ।

 

महिलालाई किन लछार पछार गरेको भनि सोध्ने र झडपको भिडियो खिच्नेलाई प्रहरीले पक्रेर लगेको स्थानीयले सञ्चारकर्मीलाई बताएका छन् । 


    नाकामा गोली नै नचलेको पुष्टि भएपछि जिल्लाबाट गएको थप मद्दत घटनास्थल नै नगई फर्केको थियो । शंकराचार्य गेट भन्दा पूर्वपट्टिको खेतमा सादा पोसाकमा गएका असई पाण्डेले अपराह्न दुई जना महिला पोके तस्करलाई रोकेका थिए । अस्थाई प्रहरी चौकी इनर्वा गाउंका इन्चार्ज रहेका असई पाण्डे आफ्नो कार्यक्षेत्र  नरहेको ठाउंमा पुग्दा पनि त्यस क्षेत्रका  प्रहरी युनिटलाई जानकारी गराएका थिएनन् ।

 

महिलासंगको दोहोरो झडपमा नाक फुटेपछि मात्र उनले माथिल्लो युनिटलाई जानकारी गराए, त्यो पनि झुठो ।  प्रत्यक्ष्ाँदर्शीका अनुसार स्वेटर र सुरुवाल÷कुर्ता बोकेका महिला तस्करसंग असई पाण्डेले ५ सय रुपैया मागेका थिए ।

 

महिलाहरुले एक पटकमा दुई सय रुपैया मात्र आम्दानी हुने हुदा ५ सय रुपैया कसरी दिने भन्दै प्रतिकार गरेका थिए । ‘दुई सय हैन्, एक सय लिनुस् भन्दा असई साहेब मान्नु भएन्,’ एक महिलाले भनिन्, ‘लछारपछार गर्दा भएको झडपमा उनको नाकमा चोट लागेको हो । प्रहरीले हामीलाई पनि नपिटेको हैन्, तर, त्यही हाम्रो रगत निस्केन् ।’ 


 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.