logo

बिन्दवासीनी चौरसिया हत्या प्रकरण, मुख्य अभियुक्त चौरसिया पक्राउ 

      11/22/2020 गते 00 00 मा प्रकाशित     1839   पटक पढिएको

नेकपाका जिल्ला सदस्य मुकेश चौरसियाको हत्याका मुख्य आरोपी  अखिलेश चौरसियालाई प्रहरीले पक्राउ गरेको छ ।  


बिन्दवासीनी गाउँपालिका  वडा नं ५ प्रसौनीमा नेकपाको गाउँपालिका कमिटीको शपथ ग्रहण कार्यक्रममा भएको दोहोरो झडपमा मुकेश चौरसियाको हत्या भएको थियो ।

दाहोरो झडपमा पार्टीका गाउँपालिका सचिव एवं जिल्ला कमिटीका सदस्य मुकेश चौसियाको हत्या भएको थियो । त्यतीबेला भएको झडपको सार्वजनीक भएको भिडियो फूटेजमा चौरसियालाई बाँसले प्रहार गर्ने अखिलेश चौरसिया रहेको बताइएको छ ।

 

चौरसिया मुख्य अभियुक्त भएको प्रहरी स्रोतले जनाएको छ । तिनै चौरसियालाई प्रहरीले आज र्सिसियाबाट त्रफाउ गरेको छ । 


दुइ पक्षवीच भएको झडपमा परि घाइते भएका मुकेश चौरसियाको उपचारको क्रममा बीरगंजको एलएस न्यूरो अस्पतालमा उपचारको क्रममा कार्तिक ७ गते  साढे १२ बजे निधन भएको थियो ।

 

चौरसियाको निधन पछि जाहेरी दर्ताको बिषयलाई लिएर नेकपाको एउटा समुहले सडक आन्दोलन गरेको थियो । घटनामा भौतीक रुपमा सहभागि नरहेका नेकपाका युवा नेता संबिधान सभाका सदस्य राजकुमार गुप्तालाई प्रमुख अभियुक्तको रुपमा कारवाहीको माँग गर्दै किटानी जाहेरी दिन खोजेर घटनालाई चरम राजनीतिकरण गरिएको थियो ।

 

प्रहरीले जाहेरीका बिषयमा पीडित पक्षलाई परामर्श दिए पनि दोश्रो पटक प्रहरी कार्यालयमा जाहेरी दिइएको थिएन । पहिलो पटक जाहेरी आयो एक प्रहरी अधिकारीले भने “हामीले केही कुराहरु सुधार गरौ अनुसन्धानको क्रममा खुल्ने कुराहरु अनुसन्धानको अगं हुने बतायौ तर त्यसपछि उाहाँहरु आउनु भएन ”।

 

राजकुमार गुप्ताको नाममा प्रतिशोधपूर्ण राजनीति गर्दै प्रधानमंत्रीलाई जोडेर जाहेरी दर्ता नभएको भन्दै सडकमा प्रर्दशन गरियो । जाहेरी दर्ताको माँग गर्दै गरिएको प्रर्दशनमा पर्साका प्रहरी प्रमुखको दिनहु पुत्ला जलाइयो । तर कार्तिक १६ गते जिल्ला न्यायधिवक्ताको कार्यालय मार्फत जाहेरी दर्ता भयो । 


यस अघिनै घटनामा संलगन् रहेको आरोपमा उत्तम तिवारी पक्राउ परेका छन । घटना भएकै दिनमा केहीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । 


आज प्रहरीले घटनाका एक प्रमुख ब्यक्ति अखिलेश चौरसिया भनिने अशेश्वर चौरसियालाई पक्राउ गरेको छ । चौरसिया पक्राउ संगै मुकेश चौरसिया हत्या प्रकरणमा प्रहरीले उल्लेख्य सफलता हासिल गरेको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.