logo

बलात्कार गरि बालिकाको हत्या गरिएको आफन्तको दावी, हत्या आरोपीको घरमा स्थानीयले आगो लगाए

      11/24/2020 गते 00 00 मा प्रकाशित     1034   पटक पढिएको

बर्दीवासमा  ६ वर्षीया बालिकाको हत्याको विरोधमा भएको प्रर्दशनमा प्रहरीले गोली चलाएको छ ।  स्थानीयले ढल्केवर बर्दिवास सडकखण्डमा अवरोध सृजना गरेपछि प्रहरी लाठीचार्जसंगै गोली चलाएको हो स अहिले सडकको अवरोध हटे पनि प्रर्दशन जारी रहेको छ । 

बर्दिबासका ३५ वर्षीय संजय न्यौपाने, अफताब आलम र श्याम कार्की गोलि लागेर गम्भीर घाइते भएका छन् । न्यौपानेको तिघ्रमा गोलि लागेको छ । उनलाई बिर्दबासमा उपचार हुन नसकेपछि थप उपचारको लागि काठमाडौं रेफर गरिएको छ ।

यस्तै श्याम कार्कीलाई ४ गोलि लागेको छ भने अफताल आलमलाई टाउकोमा एक गोलि लागेको स्थानीयले बताएका छन् । दुबैजनाको शुभ स्वस्तिक हस्पिटलमा उपचार भइरहेको र थप उपचारको लागि बाहिर रेफर गर्ने तयारी भइरहेको जनाएको छ ।

महोत्तरीको बर्दिबास नगरपालिका १४ स्थित शुभम् बस्तीकी ६ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको आफन्तले आरोप लगाएका छन  । हत्याको आरोप लागेको युवकको घरमा स्थानीयले  आगजनी गरेका छन् ।


आइतबार साँझदेखि बस्तीबाटै हराएकी शहिद आलमकी छोरी गुलाब साह खातुनको शव भेटिएको इलाका प्रहरी कार्यालय बर्दिबासका डीएसपी राजन चापागाईंले जानकारी दिनु भयो ।

 

पूर्व—पश्चिम राजमार्गस्थित बर्दिबास भोलाबसन्त चोकबाट नव क्षितिज क्याम्पस जाने मूलबाटोमा आरोपी साहले घर बनाई अरुण किराना पसल संचालन गर्दै आएका छन्। आइतबार साँझ पसलमा चकलेट किन्न गएको बेला उनले बलिकालाई अपहरण गरेर घरमा लुकाएको खुलेको छ । सोमबार साँझ मदिरा खाएर गौशालास्थित घर पुगेका आरोपीले आफ्ना घरपरिवारलाई बालिकाको हत्या गरेको बताएका थिए।

 

त्यसपछि उनका परिवारजनले इलाका प्रहरी कार्यालय गौशालाको जिम्मा लगाएको त्यहाँका इन्स्पेक्टर प्रकाश रेग्मीले बताउनु भयो ।

 

गौशाला प्रहरीले बर्दिबास प्रहरीलाई आरोपीलाई प्रहरी नियन्त्रणमा रहेको खवर गरेका थिए। सोमबार राति १२ बजे बर्दिबासका डीएसपी चापागाईंले ती युवकलाई लिएर शव लुकाएको स्थानमा पुग्न सफल भएका थिए।

साहले बलात्कार गरी हत्या गरेर शव बोरामा राखेर फालेको स्वीकार गरेको प्रहरीले जनाएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.