हेटौंडा सिमा चौकमा रहेको विवेक किराना पसलबाट ३ टन म्याद उपभोग्य म्याद १ वर्ष नाघी सकेको चामल बरामद भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपमहानगरपालिका, उपभोक्ताकर्मीको संयुक्त अनुगमन टोलीले ३० केजीको १ सय बोरा, ९३ हजार किलोग्राम म्याद सकिएको चामल बरामद गरेको हो ।
हेटौंडा–१० टिसियन रोडमा रहेको सो किराना पसलमा बेच्नका लागि भण्डार गरेर राखिएको अवस्थामा उपभोग गर्न अयोग्य चामल बरामद गरिएको हो ।
मंगलबार कार्यालयको अगुवाइमा, उपभोक्ता हित संरक्षणम मञ्चका प्रतिनिधि, हेटौंडा उपमहानगरपालिकाका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधिसहितको अनुगमन टोलीले चामल बरामद गरेको हो ।
बरामद चामललाई उपमहानगरपालिकाको टिपरमा राखेर नष्ट गर्ने तयारी गरेको छ ।
म्याद सकिएको चामल बरामद भएको किराना पसलका सञ्चालक योगेन्द्रप्रसाद केशरीलाई तत्काल २ लाख ५० हजार समेत जरिवाना गरेको छ ।
भारतको रिपुराज ब्राण्डको प्रिमियम ब्रोकन राईसको बोरामा उल्लेख गरिएको उपभोग्य मिति मेटाएर बिक्री गरिरहेको पाइएको थियो ।
अनुगमन टोलीका अनुसार चामलको उपभोग्य मिति करीब १ बर्ष अघि नै सकिईसकेको थियो ।
तपाईको प्रतिक्रिया