logo

१० करोडको लागतमा अस्पताल बन्ने, नागरिकको स्वास्थ्य सेवामा पहुच बढने अध्यक्ष चौधरीको बिश्वास

      11/30/2020 गते 00 00 मा प्रकाशित     1094   पटक पढिएको

सरकारले सोमबार एकसाथ तीन सय ९६ स्थानीय तहहरुमा अस्पताल शिलान्यास  गरेको छ । आधारभूत स्वास्थ्य सेवामा सबैको पहुँच पुर्‍याउने उद्देश्यले ३ सय ९६ स्थानीय तहमा १५ शय्यासम्मका अस्पताल र सातै प्रदेशमा सरूवा रोग अस्पताल शिलान्यास गरिएको छ ।

अब देशका कुनै पनि पालिका अस्पतालविहीन नहुने भएका छन । सोमबार एकैसाथ देशभर ३ सय ९६ स्थानीय तहमा अस्पताल निर्माणको प्रारम्भ भएसँगै सबै नागरिकले सहजरुपमा स्वास्थ्य सेवा पाउने कुरा सुनिश्चित हुने भएको छ । 


पर्साको पटेर्वा सुगौली गाउँपालिकाको वडा नं ३ मा पनि एक कार्यक्रमकावीच अस्पतालको शिलान्यास गरिएको छ । गाउँपालिका प्रमुख हरि नारायण चौधरीले अस्पताल भवनको शिलान्यास गर्नु भएको हो । १५ शैय्याको अस्पताल शिलान्यास गरिएको हो । 

 गाउँपालिकामा अस्पताल नहुँदा उपचारका लागि सर्वसाधरणहरु जिल्ला सदरमुकाम वीरगञ्ज,  जानुपर्ने बाध्यता थियो ।


अस्पतालको शिलान्यास गर्दै अध्यक्ष चौधरीले बहुवर्षीय योजनामा निर्माण हुन लागेको अस्पतालबाट सर्वसाधरणको स्वास्थ्यमा पहुँच पुग्ने बताउनु भयो।

 अस्पताल सञ्चालनमा आएपछि जिराभवानी र सखुवा प्रसौनीका नागरिकले समेत  स्वास्थ्य उपचार पाउने छन् ।

२ बर्ष भित्र निर्माण सम्पन्न  हुने भवनको लागत १० करोड ८३ लाख ३ हजार ६ सय रहेको छ । शिलान्यास कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष ममता महतो वडाध्यक्षहरु बिजय गैरे ,महादेव राउत कार्यपालिकाका सदस्य दीपक रसाइली गाउँपालिकाका प्रशासकीय अधिकृत बिभिन्न शाखाका प्रमुख लगायत जनताको सहभागिता रहेको थियो । यसैगरि ठोरी गाउँपालिकाको वडा नं २ मा गाउँपालिकाका अध्यक्ष पि.एल.श्रेष्ठले अस्पतालको शिलान्यास गर्नु भएको छ । 
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.