logo

समस्यामा परेका महिलाहरुको संरक्षणकालागि आपतकालीन सहायताकोष बनाउन आवश्यक छः महानगरप्रमुख सरावगी

      12/2/2020 गते 00 00 मा प्रकाशित     963   पटक पढिएको

बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले हिंसा परेका महिलाहरुको संरक्षणकालागि कोष बनाउन आवश्यक रहेको बताउनु भएको छ ।

 

लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्र्तगत  जिल्ला प्रहरी कार्यालय पर्साले आयोजना गरेको पीडित पक्षको सहायताकोलागि स्थानीय तहको भूमिका बिषयक कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

 

उहाँले महानगरले आफनो बजेटको २० प्रतिशत नगरपाालिकाले १० र गाउँपालिकाले ५ प्रतिशत बिनियोजन गरेर कोष बनाउन समेत प्रस्ताव गनुृ भयो । उहाँले लैगिंक हिंसाका बिषय समबेदननशिल भएको चर्चा गर्दै  एकिकृत रुपमा मिलेर काम नगर्ने हो भने यो समस्या झन बढेर जाने बताउनु भयो ।


कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख गंगा पन्तले लैङिक हिंसाको बिषयमा पर्सा जिल्लाको अवस्थाको बारेमा प्रकाश पानुृ भएको थियो । उहाँले कानूनी उपचारको बाटोमा जादा पीडिकले सजाय पाएपछि महिलाले न्याय पाएको कुरा स्थापित भएपनि अन्य धेरै कुराहरु बाँकी रहने गरेको तर्फ स्थानीय सरकारको ध्यान जानु पर्ने बताउनु भयो ।

 

उहाँले समस्यामा परेको महिलालाई संरक्षण दिने उचित प्रवन्धको अभाव रहेको बताउनु एउटा सेफ हाउस निर्माणको काममा ध्यान दिन समेत उहाँले स्थानीय तहहरुलाई आग्ह गनुृ भयो । 


उहाँले महिलामा आँट र साहस बढने गरि स्थानीय तहले कार्यक्रमीक योजना बनाएर काम गर्नु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा पटेर्वा सेगौली गाउँपालिकाका अध्यक्ष हरिनारायण चौधरी, पकाहा मैनपुर गाउँपालिकाका अध्यक्ष बिजय चौरसिया र जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मिया मन्सुरीले आफनो गाउँपालिकाको तर्फबाट आवश्यक उपलब्ध गराउने प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो । 


जिल्ला प्रहरी कार्यालय पर्साकी प्रहरी उपरीक्षक गङ्गा पन्तले पछिल्लो ३ वर्षको तथ्याङ्कसहित आधारपत्र प्रस्तुत गर्दै जनप्रतिनिधिहरूको सहयोग र लैङ्गिक हिंसामा परेका पीडितहरूको लागि आपत्कालीन सहायता कोष पनि स्थापना गर्न सुझाव दिनु भयो ।


वीरगंज उद्योग वाणिज्य सङ्घको सभाहलमा भएको कार्यक्रममा पर्साका १४ पालिकाका प्रमुख, उपप्रमुखहरूको सहभागिता रहेको छ। कार्यक्रममा वक्ताहरूले पर्सा जिल्लामा महिला हिंसा कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर आआफ्नो धारणा राखेका थिए।

 कार्यक्रममा इन्सेक पर्साका प्रतिनिध एवं पत्रकार के.सी. लामिछानेले समाजका शिक्षित महिलाहरू आत्मबलको अभावमा हिंसामा पर्ने गरेका, पुरुषको यातना सहने बानी परेको बताए। साथै प्राध्यापिका सुषमा द्विवेदीले स्थानीय तहले सही समयमा बजेट उपयोग नगर्दा समाजमा समस्या उत्पन्न हुने गरेको बताउनु भयो ।


कार्यक्रममा पोखरिया नगरपालिकाकी उपप्रमुख सलमा खातुनले कर्मचारी अभाव र सहयोगका बावजूद स्थानीय तहले राम्रो काम गरेको बताउनु भयो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.