logo

नक्कली कागज बनाएर करोडौको जग्गा पास प्रकरणमा ५० लाख बैना गर्ने अग्रवाल पक्राउ

      12/3/2020 गते 00 00 मा प्रकाशित     1359   पटक पढिएको

५० करोड बराबरको जमीन नक्कली कागजात बनाएर रजिष्ट्रेशन प्रकरणको अनुसन्धानका क्रममा प्रहरीले थप केही ब्यक्तिहरुलाई पक्राउ गरेको छ । 


५० करोडको जमिनको ५० लाख रुपैया बैना दिएका गिरधारीलाल अग्रवाललाई पर्सा प्रहरीले बिहिवार पक्राउ गरेको छ । जग्गा प्रकरणमा अग्रवालको संलग्ताको बारेमा अनुसन्धान गर्नु पर्न भएकोले उहाँलाई पक्राउ गरिएको हो । उहाँलाई पनि अनुसन्धान गर्नु पर्ने देखियो त्यही भएर लिएर आएका हौ अनुसन्धान अधिकृत कुशल बर्तौलाले भन्नुभयो“हामी अनुसन्धान गर्दैछौ टुंगोमा पुग्न केही समय लाग्न सक्छ । 


प्रहरीले अनुसन्धानकै क्रममा लेखनदासहरु प्रमेश प्रसाद, र अमर कुमार गुप्तालाई समेत पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो काठमाण्डौले यो प्रकरणका मुख्य ब्यक्ति मुकेशराज भण्डारी बनेका केवल प्धान (जंगबहादुर राणा) लाई असोज २५ मा काठमाण्डौबाट पक्राउ गरेको बीरगंज पठाएको थियो । 

 

बीरगंज मालपोत कार्यालयले नक्कली कागजातको आधारमा  मर्कन्टायलको कार्यालय रहेको होटेल मकालुको पार्किङ भन्दा दक्षीणमा रहेको ५० करोड मूल्य बराबरको जमिन रजिष्ट्रशन पास गरिदिएको थियो । 

 

 काठमाडौं महानगरपालिका–१ बस्ने गोपाल राजभण्डारीकी पत्नी कमला राजभण्डारीको नाममा वीरगंज महानगरपालिका–५ कित्ता नं. ७१ को ३२५ वर्गमिटर, कित्ता नं. ३ को १२७३।८ वर्गमिटर, कित्ता नं. १८६ को १०३.४ वर्गमिटर र कित्ता नं.१४३ को ८६.१० वर्गमिटर जग्गा २०७६ फाल्गुण १२ गते  मालपोत कार्यालय पर्साले मुकेश राजभण्डारीको नाममा रजिष्ट्रशन पास गरेको हो ।


     गोपाल राजभण्डारी र श्रीमती कमलाराजभण्डारी  तीन सन्तान  । नक्कली कागजात बनाउने गिरोहले गोपाल राजभण्डारी र श्रीमती कमलाराजभण्डारीका जेष्ठ सुपुत्र मुकेशराज भण्डारीको नाममा नामसारी माँग गर्दै मालपोत कार्यालयमा  ०७६ माघ २९ गते  नामसारीको लागि निवेदन दिए । मुकेश राजभण्डारी जेठो छोरोलाई नेपालमा रहेको देखाइएको थियो ।  


अन्य दुई भाई राकेश राजभण्डारी, रूपेश राजभण्डारी अष्ट्रेलिया रहेको देखाइएको छ । अष्ट्रलियमा रहेका दुई भाइले  त्यही बाट दाजु मुकेशराज भण्डारीको नाममा जग्गा नामसारीको मन्जुरीनामा त्याहा रहेको दुतावास मार्फत पठाएको कागजात तयार पारेर जग्गा नामसारी गरिएको थियो । यो सबै कागजातहरु नक्कली थिए ।  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.