logo

नक्कली कागज बनाएर करोडौको जग्गा पास प्रकरणमा मालपोत कार्यालय बीरगंजका प्रमुख झा पनि समातिए

      12/9/2020 गते 00 00 मा प्रकाशित     1960   पटक पढिएको

बीरगंज मालपोत कार्यालयका प्रमुख सुमन झालाई पर्सा प्रहरीले पक्राउ गरेको छ । बुधवार बिहान उनलाई जिल्ला प्रहरी कार्यालय, पर्साले पक्राउ गरेको हो।

 

किर्ते जालसाज मुद्दामा प्रहरीले यसअघि मालपोत कार्यालयका नासु श्रीनारायण साहलाई पक्राउ गरिसकेको छ।

वीरगंज महानगर–५ मुख्य सडकको करोडौं मूल्यको जग्गा किर्ते गरी नामसारी भएको प्रकरणमा भूमिसुधार तथा मालपोत कार्यालय, पर्साका प्रमुख मालपोत अधिकृत सुमन झालाई प्रहरीले पक्राउ गरेको छ।


काठमाडौं महानगरपालिका–१ बस्ने गोपाल राजभण्डारीकी पत्नी कमला राजभण्डारीको नाममा रहेको वीरगंज महानगरपालिका–५ कित्ता नं ७१ को ३२५ वर्गमिटर, कित्ता नं ३ को १२७३/८ वर्गमिटर, कित्ता नं १८६ को १०३/४ वर्गमिटर र कित्ता नं १४३ को ८६/१० वर्गमिटर जग्गा २०७६ फागुन १२ गते मालपोत कार्यालय पर्साले मुकेश राजभण्डारीको नाममा नामसारी गरेको थियो।

स्व.गोपाल र स्व.कमला राजभण्डारीका तीनजना नक्कली छोरा बनाएर मुकेश भन्ने केवलप्रताप राणाले केही व्यक्तिको संलग्नतामा किर्ते जालसाजी गरि आफै मुकेशराज भण्डारी बनेर जग्गा रजिष्ट्रेशन पास गराश्एका थिए ।  

मुकेश राजभण्डारी बन्ने केवलप्रताप राणालाई सीआइवीले असोज २५ मा पक्राउ गरि  बीरगंज पठाएको थियो । उनको गिरफ्तारीपछि दुईजना लेखनदास प्रमेश साह र अमर साह, व्यवसायी गिरधारीलाल अग्रवाल, जग्गा कारोबारी कालिकामाई गाउँपालिका–५ निवासी विश्वास तिवारीलाई पक्राउ गरेको छ।

 किर्ते जालसाज मुद्दामा प्रहरीले नामसारी गर्ने काममा संलग्न सम्बन्धित फाँटका ६ जनाको सूची बनाएको र त्यसमध्ये प्रमुख मालपोत अधिकृत झा र नासु साहलाई पक्राउ गरिसकेको छ। यो घटनामा प्रहरीले अहिलेसम्म सातजनालाई पक्राउ गरेको  छ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.