logo

कृषि ज्ञानकेन्द्र पर्सामा हाकीम छैनन, किसानको सवाल, हाम्रो पक्षमा जनप्रतिनिधि किन बोल्दैनन 

      12/15/2020 गते 00 00 मा प्रकाशित     860   पटक पढिएको

किसान हक हित संघर्ष समिति पर्साले आफना जनप्रतिनिधिलाई किसानको समस्याको बारेमा किन केही नबोलेको भन्दै प्रश्न गरेका छन । सरकारले कृषि ज्ञान केन्द्र पर्साको कार्यालय मार्फत किसानलाई दिने भनेको सेवा अवरुद्ध भएकोमा समेत जनप्रतिनिधिले नबोलेको देख्दा किसान दुखित छन । 


कृषि ज्ञान केन्द्र पर्सामा गत वर्ष सबै रकम फ्रिज भयो  यस वर्ष पनि कार्यालय प्रमुख कार्यालयमा नबस्दा किसान सेवाबाट बन्चित छन । २ महिना भयो कार्यालय प्रमुख कार्यालयमा छैनन किसान हकहित संघर्ष समितिका अध्यक्ष शहरुम राउत गदीले भन्नु भयो “यहीका मुख्यमंत्रीले समेत किसानको यो दुःखद अवस्थाको बारेमा चासो नलिनु झनै दुःखद भएको छ । 


समितिले कृषि ज्ञानकेन्द्रको चरम लापरवाही र प्रदेश सरकारको अनुत्तरदायी रबैयाको बिरुद्ध पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत भूमि ब्यवस्था कृषि तथा सहकारी मंत्रालय जनकपुरमा ज्ञापन पत्र बुझाएको छ । 


कृषि ज्ञान केन्द्रबाट सिचाई, यन्त्रीकीरकण,स्यालो टयूवेल, बिउ, बजार सेड निर्माण,आकस्मिक बाली संरक्षण, किल्नीक संचालन,कृषकको क्षमता बिकास तालिम जस्ता कार्यक्रम संचालन हुने र त्यसले किसानलाई फाइदा पुग्दै आएकोमा प्रदेश सरकारको लाचारीपनका कारण अहिले कार्यालयबाट यि सेवा किसानले नपाएको भन्दै समितिले सेवा संचालनको माँग गर्दै ज्ञापन बुझाएको हो ।


समितिले उखु किसानको समस्याको बारेमा समेत मंत्रालयको ध्यानाकर्षण गराएको छ । हरिऔनको चिनीमिल अगाडि उखु किसानको पैसाको माँग गर्दै भइरहेको आन्दोलनमा केही वर्ष अघि मुख्यमंत्री सहभागि बनेको देखेका किसानले अहिले उहाँको उदासिनता देखेर चकित परेका छन ।

समितिले ७ दिन भित्रमा कृषि ज्ञान केन्द्रमा कार्यालय प्रमुखको ब्यवस्थापन र  उखु किसानको बक्यौता उपलब्ध नगराइए कडा आन्दोलनमा जाने चेतावनी समेत दिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.