logo

कृषि ज्ञानकेन्द्र पर्सामा हाकीम छैनन, किसानको सवाल, हाम्रो पक्षमा जनप्रतिनिधि किन बोल्दैनन 

      12/15/2020 गते 00 00 मा प्रकाशित     1053   पटक पढिएको

किसान हक हित संघर्ष समिति पर्साले आफना जनप्रतिनिधिलाई किसानको समस्याको बारेमा किन केही नबोलेको भन्दै प्रश्न गरेका छन । सरकारले कृषि ज्ञान केन्द्र पर्साको कार्यालय मार्फत किसानलाई दिने भनेको सेवा अवरुद्ध भएकोमा समेत जनप्रतिनिधिले नबोलेको देख्दा किसान दुखित छन । 


कृषि ज्ञान केन्द्र पर्सामा गत वर्ष सबै रकम फ्रिज भयो  यस वर्ष पनि कार्यालय प्रमुख कार्यालयमा नबस्दा किसान सेवाबाट बन्चित छन । २ महिना भयो कार्यालय प्रमुख कार्यालयमा छैनन किसान हकहित संघर्ष समितिका अध्यक्ष शहरुम राउत गदीले भन्नु भयो “यहीका मुख्यमंत्रीले समेत किसानको यो दुःखद अवस्थाको बारेमा चासो नलिनु झनै दुःखद भएको छ । 


समितिले कृषि ज्ञानकेन्द्रको चरम लापरवाही र प्रदेश सरकारको अनुत्तरदायी रबैयाको बिरुद्ध पर्साका प्रमुख जिल्ला अधिकारी मार्फत भूमि ब्यवस्था कृषि तथा सहकारी मंत्रालय जनकपुरमा ज्ञापन पत्र बुझाएको छ । 


कृषि ज्ञान केन्द्रबाट सिचाई, यन्त्रीकीरकण,स्यालो टयूवेल, बिउ, बजार सेड निर्माण,आकस्मिक बाली संरक्षण, किल्नीक संचालन,कृषकको क्षमता बिकास तालिम जस्ता कार्यक्रम संचालन हुने र त्यसले किसानलाई फाइदा पुग्दै आएकोमा प्रदेश सरकारको लाचारीपनका कारण अहिले कार्यालयबाट यि सेवा किसानले नपाएको भन्दै समितिले सेवा संचालनको माँग गर्दै ज्ञापन बुझाएको हो ।


समितिले उखु किसानको समस्याको बारेमा समेत मंत्रालयको ध्यानाकर्षण गराएको छ । हरिऔनको चिनीमिल अगाडि उखु किसानको पैसाको माँग गर्दै भइरहेको आन्दोलनमा केही वर्ष अघि मुख्यमंत्री सहभागि बनेको देखेका किसानले अहिले उहाँको उदासिनता देखेर चकित परेका छन ।

समितिले ७ दिन भित्रमा कृषि ज्ञान केन्द्रमा कार्यालय प्रमुखको ब्यवस्थापन र  उखु किसानको बक्यौता उपलब्ध नगराइए कडा आन्दोलनमा जाने चेतावनी समेत दिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.