logo

बरिष्ठ पत्रकार पाण्डेको निधन, पर्साले पत्रकारिताका अभिभावक गुमायो

 इसीमाना सम्बाददाता      २०८१ भदौ २७ गते १७: १० मा प्रकाशित     728   पटक पढिएको

वीरगंज। बीरगंजका बरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको स्वर्गारोहण भएको छ । काठमाण्डौको महाराजगंज स्थित शिक्षण अस्पतालको सघन उपचारकक्षमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको अवस्थामा उनको बिहिवार अपरान्ह स्वर्गारोहण भएको नेपाल पत्रकार महासघ मधेश प्रदेशका महासचिव श्याम बन्जाराले जानकारी दिए । पत्रकार पाण्डेलाई मस्तिष्कघात भएको थियो ।

 

भदौ १४ गते पत्रकार पाण्डेलाई स्वास्थ्य अवस्था गम्भीर भएपछि वीरगंजबाट काठमाडौं उपचारको लागि लगिएको थियो । उनलाई १४ गते असहज भएपछि बीरगंजको नारायणी अस्पतालमा भर्ना गरिएको थियो ।

 

नारायणी अस्पतालमा भर्ना गरिएका पत्रकार पाण्डेको अवस्था सामान्य नै थियो । काठमाण्डौ लैजादा सम्म कुरा गरिरहनु भएको त्यतीबेला छोरा सुरज पाण्डेले बताएका थिए ।

 

मधुमेह र रक्तचापबाट पीडित पत्रकार पाण्डेको शरीरको केही अंग चल्न नसकेको, अचेत अवस्थामा रहेको र भेन्टिलेटरमा उनको उपचार भइरहेको थियो । पत्रकार पाण्डेका एक छोरा र एक छोरी छिन ।

 

उनका कान्छा छोरा सिजन पाण्डे जनयु्द्धमा राज्यपक्षबाट मारिएका थिए ।उनी जनयुद्धमा शहीद भएका थिए । 


जिल्ला प्रशासन कार्यालय पर्सामा जागीरे जीवनमा रहेका पाण्डेले जागीर त्यागेर पत्रकारिता गरेका थिए । उनी नेपालकै स्थापित पत्रकारहरुको श्रेणी पर्छन ।

 

देशभरिका पत्रकारले उनलाई श्रद्धा र आदरभावले सम्मान गर्थे । पत्रकारिताको माध्यमले निमुखा श्रमजीवीको पक्षमा आवाज उठाउदै आएका पत्रकार पाण्डेले चीर बिश्राम लिएका छन ।

 

उनको आजै पशुपति आर्यघाटमा बैद्धिक बिधि अनुसार अन्त्येष्टि गरिने भएको छ । पछिल्लो समय पत्रकार पाण्डे बाराको डुमरबाना बस्दै आएका थिए ।


सुर्दशन राज पाण्डेको निधनले पर्सेली पत्रकारिताले एउटा असल अभिभावक गुमाएको नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहानले बताए ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.