logo

जेष्ठनागरिकलाई दृष्टिबिहिन भएर बाँच्नु पर्ने अवस्था आउन दिन हुदैनः प्रमुख सरावगी

      12/18/2020 गते 00 00 मा प्रकाशित     955   पटक पढिएको

  बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीले उमेर पुगेका जेष्ठ नागरिकलाई उपचार अभावमा दृष्टिबिहिन भएर बस्ने अवस्था आउन दिन नहुने बताउनु भएको छ ।

 

ठोरी गाउँपालिकाको वडा नं ५ को सुवर्णपुरमा निशुल्क आँखा शिबिरको उद्धघाटन गर्दै प्रमुख सरावगीले जीवनको अन्त्यतीर आँखाको ज्योतीको अभावमा समस्यामा रहनु भएका नागरिकलाई दृष्टि दिन आफूले अभियान प्रारमभ गरेको बताउनु भयो ।

 

उहाँले मोतिबिन्दुको अप्रेशनको यो अभियानलाई राजनीतिक लाभहानीको आधारमा नभई बिशुद्ध मानवीय सेवाको रुपमा लिइदिन समेत अग्रह गर्नु भयो । 

 बीरगंज महानगर पालिकाका मेयर बिजय सरावगीको ब्याक्तिगत आर्थिक सहयोगमा सम्पन्न शिविरमा ठोरी र जीराभवानी गाउँ पालिकाका ३ सय  जनाले आँखा जाँच गराएका छ्न । जाँच गराउने मध्ये १ सय जनामा मोतिबिन्दुको समस्या रहेको र उनीहरुको निशुल्क अपरेसन गरिने  माट्रीका आइ फाउन्डेसनका संयोजक मशेसिंह धामीले बताउनु भयो  ।

 


माट्रीका आइ फाउन्डेसन बीरगंजका महेश सिंह धामी  सहितको टोलीले आँखा जाँच गरेका हुन । शिविरको उद्घाटन कार्यक्रममा बोल्दै मेयर सरावगीले आफ्नो पिताले पनि यस किसिमका सामाजिक सेवा गर्दै आएको स्मरण गर्दै आफुले पनि त्यसैको निरन्तरता स्वरुप शिविर संचालन गरेको बताउनु भयो ।

 


जसपा ठोरीका संयोजक राम बहादुर पाख्रीनको सभापतित्वमा सम्पन्न कार्यक्रममा जसपाका पर्सा जिल्ला उपाध्यक्ष जरी लामाले स्वागत मन्तव्य राख्नु भएको थियो । युवा नेता चन्द्र नेवारले सहजीकरण गर्नु भएको कार्यक्रमका बिशिस्ट अतिथिहरुमा जसपा का केन्द्रिय सदस्य मोहनलाल चौधरी, नेपाल पत्रकार महासंघ प्रदेश नं. २ का उपाध्यक्ष के.सी. लामिछाने, माट्रीका आई फाउन्डेसनका संचालक महेश सिंह धामी, ठोरी ५ का वडाध्यक्ष राम बहादुर पाख्रीन, युवा नेता बिमल प्रधान लगायतको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.