logo

आचार्यले सम्हाले मधेशको कमाण्ड,शान्ति सुरक्षामा चुनौती बन्ने अपराधका हरेक संजाललाई ध्वस्त पार्ने उद्धघोष

 इसीमाना सम्बाददाता      २०८१ असोज २ गते १७: ३६ मा प्रकाशित     520   पटक पढिएको

वीरगञ्ज। मधेश प्रदेशका नयाँ प्रहरी उपरीक्षक (डिआईजी) लालमणि आचार्यले मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हाल्ने बित्तिकै तोकिएको जिम्मेवारी पुरा गर्न मातहतलाई निर्देशन दिएका छन ।

 

कार्यभार सम्हालेको दोश्रो दिन उनले भर्चुअल बैठक मार्फत आठै जिल्लाका प्रहरी प्रमुख र ट्राफिक प्रहरी प्रमुखलाई यस्तो निर्देशन दिएका हुन । उनले ट्राफिक चेकजाँचका नाममा नागरिकलाई दुःख नदिन समेत निर्देशन दिएका छन ।

 

ट्राफिक प्रहरी राजस्व संकलन तर्फ बढी केन्द्रीत भएको भन्दै आलोचना हुदै आएको छ । मधेश प्रदेशमा जंगलमा एकान्त ठाउँमा चेक जाँचका क्रममा नागरिकलाई सास्ती दिने गरेको गुनासो प्रदेश सरकारमा समेत पुगेको बेलामा मधेशका प्रहरी प्रमुखको निर्देशनले ट्राफिक प्रहरीको कार्यशैलीमा सुधारको अपेक्षा बढेको छ ।

 

डिआइजी आचार्यले सीमापारिबाट हुने अवैध ब्यापारको रोक्न पनि निर्देशन दिएका छन । उनले राजस्व छलीको एउटा कारण अबैध कारोवार भएकोले त्यसलाई रोक्न पनि निर्देशन दिएका हुन ।

मधेशका जिल्लाहरु भारतीय सीमासंग जोडिएको र खुला सीमा भएका कारण राजस्व छलेर सामान आयात गर्ने गुनासो सदैैब नै छ । उनले माथिल्लो तहका प्रहरी अधिकृतलाई पेशा प्रति निष्ठा प्रर्दशन गर्न भनेका छन ।

 

उनले नेपाल प्रहरीको इमान्दार प्रयत्नका बारेमा नागरिकले बिश्वास गर्ने गरि कार्य सम्पादनमा ध्यान दिन प्रहरी अधिकारीहरुलाई भनेका छन ।

 

यस अघि धनुषाको प्रहरी प्रमुख भएर कार्य सम्पादन गरिसकेका डिआइजी आचार्यलाई मधेशको सुरक्षा त्यसका चुनौतीका बारेमा निकै राम्रो ज्ञान छ ।

 


नागरिकको जीउधनको रक्षा प्रहरीको प्रमुख प्रथामिकता भएको बताउदै डीआईजी आचार्यले शान्ति सुरक्षामा चुनौती बन्ने अपराधका हरेक संजाललाई ध्वस्त पार्नु पर्नेै बताएका छन ।

 

उनले पेशागत चरित्र र निष्ठको बर्खिलाफ हुने गरि कोही प्रस्तुत भएका संगठन भित्रका त्यस्ता ब्यक्ति कारवाहीको भागीदार बन्नु पर्ने उनले चेतावनी दिएका छन ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.