logo

आचार्यले सम्हाले मधेशको कमाण्ड,शान्ति सुरक्षामा चुनौती बन्ने अपराधका हरेक संजाललाई ध्वस्त पार्ने उद्धघोष

 इसीमाना सम्बाददाता      २०८१ असोज २ गते १७: ३६ मा प्रकाशित     405   पटक पढिएको

वीरगञ्ज। मधेश प्रदेशका नयाँ प्रहरी उपरीक्षक (डिआईजी) लालमणि आचार्यले मधेश प्रदेश प्रहरीको कमाण्ड सम्हाल्ने बित्तिकै तोकिएको जिम्मेवारी पुरा गर्न मातहतलाई निर्देशन दिएका छन ।

 

कार्यभार सम्हालेको दोश्रो दिन उनले भर्चुअल बैठक मार्फत आठै जिल्लाका प्रहरी प्रमुख र ट्राफिक प्रहरी प्रमुखलाई यस्तो निर्देशन दिएका हुन । उनले ट्राफिक चेकजाँचका नाममा नागरिकलाई दुःख नदिन समेत निर्देशन दिएका छन ।

 

ट्राफिक प्रहरी राजस्व संकलन तर्फ बढी केन्द्रीत भएको भन्दै आलोचना हुदै आएको छ । मधेश प्रदेशमा जंगलमा एकान्त ठाउँमा चेक जाँचका क्रममा नागरिकलाई सास्ती दिने गरेको गुनासो प्रदेश सरकारमा समेत पुगेको बेलामा मधेशका प्रहरी प्रमुखको निर्देशनले ट्राफिक प्रहरीको कार्यशैलीमा सुधारको अपेक्षा बढेको छ ।

 

डिआइजी आचार्यले सीमापारिबाट हुने अवैध ब्यापारको रोक्न पनि निर्देशन दिएका छन । उनले राजस्व छलीको एउटा कारण अबैध कारोवार भएकोले त्यसलाई रोक्न पनि निर्देशन दिएका हुन ।

मधेशका जिल्लाहरु भारतीय सीमासंग जोडिएको र खुला सीमा भएका कारण राजस्व छलेर सामान आयात गर्ने गुनासो सदैैब नै छ । उनले माथिल्लो तहका प्रहरी अधिकृतलाई पेशा प्रति निष्ठा प्रर्दशन गर्न भनेका छन ।

 

उनले नेपाल प्रहरीको इमान्दार प्रयत्नका बारेमा नागरिकले बिश्वास गर्ने गरि कार्य सम्पादनमा ध्यान दिन प्रहरी अधिकारीहरुलाई भनेका छन ।

 

यस अघि धनुषाको प्रहरी प्रमुख भएर कार्य सम्पादन गरिसकेका डिआइजी आचार्यलाई मधेशको सुरक्षा त्यसका चुनौतीका बारेमा निकै राम्रो ज्ञान छ ।

 


नागरिकको जीउधनको रक्षा प्रहरीको प्रमुख प्रथामिकता भएको बताउदै डीआईजी आचार्यले शान्ति सुरक्षामा चुनौती बन्ने अपराधका हरेक संजाललाई ध्वस्त पार्नु पर्नेै बताएका छन ।

 

उनले पेशागत चरित्र र निष्ठको बर्खिलाफ हुने गरि कोही प्रस्तुत भएका संगठन भित्रका त्यस्ता ब्यक्ति कारवाहीको भागीदार बन्नु पर्ने उनले चेतावनी दिएका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.