logo

पहिलो पटक मधेश सरकारले मनायो संबिधान दिवस,प्रदेश सरकार बलियो बनाए संबिधान बलियो हुने मुख्यमंत्री सिंहको भनाई

 इसीमाना सम्वाददाता     २०८१ असोज ३ गते ०८: १६ मा प्रकाशित     223   पटक पढिएको

जनकपुरधाम । मधेश प्रदेशमा सरकार निर्माणको ड वर्ष पछि सरकारी स्तरबाट भब्य रुपमा संबिधान दिवस मनाइएको छ । 

 

मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले  कार्यक्रमको आयोजना गरेको हो । 

madhesh-constitution-celebreate.jpg

पहिलो पटक सरकारी स्तरबाट आयोजना गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमंत्री सतिश कुमार सिंहले प्रदेश सरकारहरुलाई बलियो बनाएमात्र  लोकतान्त्रिक, गणतन्त्र संगै संविधान  पनि बलियो हुने बताए  ।


मुख्यमन्त्री सिंहले संविधान जारी भएपश्चात्का उपलब्धिलाई संस्थागत गरी अघि बढ्नुपर्ने आजको आवश्यकता रहेको बताए  ।


मुख्यमन्त्री सिंहले विरोध र समर्थनका बीचमा जारी भएको संविधानमा  केही त्रुटि छन भने त्यसलाई संशोधन गरी अघि बढ्नुपर्ने धारणा ब्यक्त गरे  ।

उनले  प्रदेशमा आफ्नो  प्रहरी प्रशासन  राजस्व नभएसम्म सुशासन कायम गर्न चुनौती रहेको बताउँदै शिक्षामा सुधारका लागि शिक्षक भर्नाको अधिकार प्रदेशलाई दिनुपर्ने बताए  । 


देशमा सङ्घीयता प्राप्तिपछि विभिन्न उपलब्धि र विकास भएको उल्लेख गर्दै संविधानको मूल मन्त्रलाई पालना गरी अघि बढेमा देश समृद्ध हुने उनको भनाइ छ । उनले  सङ्घीयता आन्दोलनबाट प्राप्त भएकाले कसैले भन्दैमा समाप्त नहुने दाबी गरे । 

6_2_.jpg
मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले संविधानमा गरिब र धनी सबैका अधिकार समेटिएको उल्लेख गरे।

 

उनले संविधान त्यतीकै हतारमा नल्याइएका १० वर्ष लगाएर दुईवटा संविधानसभाबाट मात्र ल्याउन सम्भव भएको संविधानले दिएको अधिकार संस्थागत गर्नु अहिलेको आवश्यक्ता रहेको बताए ।

5_2_.jpg

जुन संविधानको आधारमा तलब भत्ता खाईरहेका छौँ त्यही संविधानको बिरोधमा कालो दिवस मनाउनु जनतामा भ्रम सिर्जना गर्नु बाहेक अरु केही नरहेको उनले बताए । यो चरित्र बदल्न सभामुख मण्डलले आग्रह गरे ।


गृह सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले संविधानले संशोधनको बाटो खोलेका कारण संविधानभित्रका त्रुटि पहिचान गरी संशोधन गर्न सकिने बताए  ।

4_2_.jpg

कार्यक्रममा मधेस प्रदेशका मुख्य न्यायाधिवक्ता सुरेन्द्र महतोले संविधानको विकास क्रम र सङ्घीयताको अवस्था विषयक कार्यपत्र प्रस्तुत गरेका थिए।


कार्यक्रममा कलाकारहरूले देशभक्ति गीतमा नृत्य प्रदर्शन गरेका थिए । कार्यक्रममा मधेस प्रदेशका मन्त्रीहरू, मन्त्रालयका सचिवहरू, चारवटै सुरक्षा निकायका प्रमुखहरू, शिक्षक, विद्यार्थी, बुद्धिजीवी, पत्रकार नागरिक समाजका व्यक्तिको सहभागिता रहेको थियो । कार्यक्रम सुरु हुनु अघि रामानन्द चोकबाट प्रभावत फेरी निकालिएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

क्यानडामा रामकृष्ण ढकाल साँझ भब्य रूपमा सम्पन्न, बचत रकमबाट पशुपतिनाथ मन्दिरमा पुजा कार्यक्रम

टोरण्टो । असार १५ गते  ईन्टरनेशनल म्युजिक डे को अबसर पारेर क्यानडाको ब्राम्प्टन शहरमा आयोजना गरिएको “रामकृष्ण ढकाल साँझ“ भब्य रूपमा सम्पन्न भएको छ ।

राष्ट्रपति ट्रम्पको खुलासा  इजरायल र इरानबीच युद्धविरामको घोषणा

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार इजरायल र इरानबीचको युद्ध अन्त्य गर्न दुवै देशले युद्धविराममा सहमति गरेको घोषणा गर्नुभएको छ।

मगर संघ बेल्जियमको अध्यक्षमा कल्पना मगर निर्विरोध निर्वाचित

बेल्जियम । मगर संघ बेल्जियमको छैठौं अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनले कञ्चनपुर, नेपाल घर भई हाल बेल्जियममा बसोबास गर्दै आएकी कल्पना मगरलाई अध्यक्ष पदमा निर्विरोध रूपमा निर्वाचित गरेको छ।

समाज

नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्ययादवको निधन

कलैया। नेपाली कांग्रेसका नेता तथा संविधानसभा सदस्य रामअयोध्या प्रसाद यादवको निधन भएको छ ।

महिलालाई अनैतिक काममा लगाई आम्दानी खादै आएका साह पक्राउ

वीरगंज । मानव बेचबिखनमा संलग्न रहेको आरोपमा प्रहरीले बारा जिल्लाको कलैया उपमहानगरपालिका वडा नं १२ का २९ वर्षिय पवन साहलाई पक्राउ गरेको छ ।

खेलकुद

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।

एमाले नेता पटेलद्वारा  २५ लाखको लागतमा निर्माण हुने क्रिकेट मैदानको शिलान्यास

वीरगन्ज । नेकपा एमालेका सल्लाहकार शिव पटेलले क्रिकेट मैदान निर्माण कार्यका एक कार्यक्रमकावीच शिलान्यास गरेका छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.