logo

प्रहरीको हिरासतबाट ८ जना थुनुवा फरार, प्रहरी जिल्लाराम

 इसीमाना सम्बाददाता      २०८१ असोज ७ गते १२: १३ मा प्रकाशित     543   पटक पढिएको

जनकपुरधाम । धनुषामा ट्राफिक प्रहरी प्रमुख भएर समेत काम गरिसकेका वतर्मान प्रहरी प्रमुख प्रहरी उपरिक्षक भुवनेश्वर तिवारीलाई चुनौती दिदै जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट ८ जना थुनुवा फरार भएका छन् ।

 

घटना पछि एसपी तिवारी जिल्ल परेका छन् । उनी पत्रकारहरुसंग बोल्न पनि नमानिरहेको र अनुसन्धानको विषय भन्दै पत्रकारलाई जिप्रका प्रवेशमा समेत निषेध गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाको थुनुवामा विभिन्न मुद्दामा पक्राउ परी थुनामा रहेका ८ जना आज विहान करिब ३ः०० बजेको समयमा फरार भएको जिल्ला प्रहरी कार्यालय धनुषाले पुष्टि गरेको छ ।

 

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता रञ्जन आवाले हिरासतबाट ८ जना फरार भएको पुष्टि गरेका छन् । सो मध्ये एक जना जनकपुरको जनकचोकबाट पक्राउ परेको उनले जानकारी दिए । अझै ८ जना फरार रहेका छन् ।

 

फरार हुने थुनुवाहरुमा जनकपुर उपमहानगरपालिका वडा नम्बर २० निवासी अमितकुमार झा, धनुषा साबिक गिद्धा नगरपालिका वडा नम्बर ७ का रंजित मण्डल र रोशनकुमार मण्डल तथा सिरहा नगरपालिका वडा नम्बर १३ निवासी अभास्कर यादव रहेको प्रहरीले जानकारी दिएको छ ।

 

यसैगरी धनुषाकै औरही गाउँपालिका वडा नम्बर २ निवासी विशाल मुखिया, जनकपुर उपमहानगरपालिका वडा नम्बर १ निवासी सुमित मेस्तर, धनुषा नगराइन नगरपालका वडा नम्बर २ निवासी मनिष मण्डल र जनकपुर उपमहानगरपालिका वडा नम्बर ४ निवासी बिक्की कार्की प्रहरी थुनुवा कक्षबाट फरार भएको धनुषा प्रहरी प्रवक्ता अवाले बताए ।

। सोमवार बिहान करिव सावा ३ बजेको समयमा हिरासत कक्षको भेन्टिलेशन फोडेर ८ जना थुनुवा फरार भएका हुन । फरार मध्येमा ५ जना लागु औषध मुद्दामा अभियुक्तहरु हुन् भने बाँकी ३ जना अभद्र व्यवहार मुद्दाका थुनुवा हुन् ।

 

थुनुवाहरुले रड काट्न ह्याक्सो ब्लेडको प्रयोग गरेका थिए। थुनुवा कक्षमा रड काट्न ह्याक्सो ब्लेडको पहुँचमा कसरी उनीहरु पुगे भन्ने बारेमा अनुसन्धान भइरहेको डिएसपी रञ्जन अवाले जानकारी दिए ।

थुनुवाहरुको कक्ष सम्म रड काट्न प्रयोग हुने ह्याक्सो ब्लेड पुग्नु, घण्टौंसम्म रड काट्न समय लाग्ने भएपनि प्रहरीले सुईको सम्म नपाउनु जस्ता विषय शंकास्पद रहेको छ ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.