logo

संबिधान संशोधनमा आफ्ना मुद्धा सम्बोधन नभए कडा आन्दोलनमा उत्रने जनमत अध्यक्ष डा.राउतको चेतावनी

 इसीमाना सम्वाददाता     २०८१ असोज ९ गते ०७: ०० मा प्रकाशित     582   पटक पढिएको

बीरगन्ज । जनमत पार्टीका अध्यक्ष डा.सी.के.राउतले देशको प्रधानमन्त्री र प्रदेशको मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन हुनु पर्ने बताएका छन ।

पार्टीको पर्सा जिल्ला कमिटीले आयोजना गरेको शुभकामना तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सम्बैधानिक निकायका प्रमुखहरु पनि प्रत्यक्ष निर्वाचनबाट छानिनु पर्ने बताए ।


उनले संम्बिधान संशोधन दुइदलीय सिण्डीगेट कायम गर्नकालागि केन्द्रीत हुने ठोकुवा गरे । सम्बिधान संशोधन हाम्रा माँगहरु सम्बोधन गर्नलागि होइन उनले भने “ बन्दुकको शक्तिका आधारमा जारी गरिएको संबिधानमा आफ्ना मुद्धाहरु सम्बोधन हुने कुरामा बिश्वास गर्ने आधार छैन ” ।


उनले मुलुकमा बिषम परिस्थिति सृजना भएको बताए । कांग्रेस र एमालेको मिलनले मुलुकमा बिषम परिस्थिति उत्पन्न भएको उनले बताए ।

 

संसारमा प्रमुख दुई ठुला प्रतिस्पर्धी दल मिलेको इतिहास छैन तर यो देशमा के अवस्था आइलाग्यो की कांग्रेस कम्युनिष्ट मिलेका छन । उनले यो मिलनलाई अस्वभाविक रहेको बताए ।

उनले भने तर यो सरकार हाम्रा माँग पुरा गर्न होइन, मधेशी मुस्लिम आदिबासीको अधिकार दिनका लागि होइन दुई दलीय सिण्डीगेट निर्माणकालागि संबिधान संशोधन गर्ने प्रयास गरिरहेको बताए ।

May be an image of one or more people and crowd

उनले यस्तो खाले संशोधनको पक्षमा आफ्नो पार्टी नरहेको प्रष्ट पारे । आफनो पार्टी नागरिकको अधिकार बिपरितको संशोधनको बिरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिए ।

उनले भने प्रान्तीय सरकारलाईए अधिकार बिहिन बनाइएको चर्चा गर्दै उनले भने प्रदेशलाई अधिकार दिन माँग गरे ।

प्रदेशलाई प्रहरी प्रशासन संचालन र परिचालनको अधिकार सहितको स्वायतता सहितको अधिकार दिनु पर्ने बताए ।

एक मधेश दुई प्रदेश कायम हुनु पर्ने बताउदै उनले संबिधान सशोधनमा यो माँगलाई समबोधन गर्न माँग गरे । उनले मधेशमा ५४ प्रतिशत जनसंख्या रहेको चर्चा गर्दै निर्वाचन क्षेत्र पनि जनसंख्याको आधारमा गर्नु पर्ने बताए ।

उनले भाषा र जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको पूर्ननिर्धारण आफ्नो पार्टीको माँग रहेको बताए । उनले समानुपातिक समावेशीतालाई सुनिश्चित गर्न माँग गरे ।

 

सिंहदरवारमा खटपट हुने बित्तिकै प्रदेशमा सरकार संकटमा पर्ने अहिलेको ब्यवस्थाको चर्चा गर्दै अध्यक्ष राउतले देशको प्रधानमंत्री र प्रदेशका मुख्यमंत्रीको प्रत्यक्ष निर्वाचन हुनु पर्ने बताए । उनले सम्बैधानिक निकायका प्रमुखहरुको निर्वाचन पनि प्रत्यक्ष रुपमा हुनु पर्ने बताए ।


पार्टीको राजनीतिमा प्रशिक्षणको महत्व ज्यादै रहेको जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा.सी.के राउतले बताएका छन् । पार्टीको पर्सा जिल्ला कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा कार्यकर्तालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

जिल्ला इन्चार्ज माधव सिहको अध्यक्षतामा भएको कार्यक्रममा संगठन बिभाग प्रमुख जयकान्त राउत कुर्मी जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, राजनीति समिति सदस्य करिमा बेगमले सम्बोधन गरेका थिए।  कार्यक्रममा पार्टीका नेताहरु  मुकेश द्विवेदी,सीपु तिवारी, शशीकपुर मिया रम्भा मिश्र लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

सुशासन र पारदर्शीता नचाहने प्रमुख प्रशासकीय अधिकृत यादवलाई बिभागीय कारवाहीको सिफारिश सहित आयोगले डाम्यो

वीरगञ्ज । पारदर्शीताको पक्षमा नरहेका सुशासनको प्रत्याभूती गर्न नचाहने एक जना अधिकृतलाई  राष्ट्रिय सूचना आयोगले डामेको छ । पर्साको जगन्नाथपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्देशकुमार यादवलाई १६ हजार जरिवाना गरेर आयोगले डामेको हो ।

आत्मदाह प्रयास पछि गम्भिर घाइते भएका सर्लाहीको गोडैताका मण्डलको मृत्यु

हरिवन । आत्मदाह प्रयासपछि गम्भीर घाइते भएका सर्लाहीको गोडैता नगरपालिकाका २५ वर्षीय विवेक मण्डलको उपचारकै क्रममा मृत्यु भएको छ ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.