logo

संबिधान संशोधनमा आफ्ना मुद्धा सम्बोधन नभए कडा आन्दोलनमा उत्रने जनमत अध्यक्ष डा.राउतको चेतावनी

 इसीमाना सम्वाददाता     २०८१ असोज ९ गते ०७: ०० मा प्रकाशित     500   पटक पढिएको

बीरगन्ज । जनमत पार्टीका अध्यक्ष डा.सी.के.राउतले देशको प्रधानमन्त्री र प्रदेशको मुख्यमन्त्रीको प्रत्यक्ष निर्वाचन हुनु पर्ने बताएका छन ।

पार्टीको पर्सा जिल्ला कमिटीले आयोजना गरेको शुभकामना तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सम्बैधानिक निकायका प्रमुखहरु पनि प्रत्यक्ष निर्वाचनबाट छानिनु पर्ने बताए ।


उनले संम्बिधान संशोधन दुइदलीय सिण्डीगेट कायम गर्नकालागि केन्द्रीत हुने ठोकुवा गरे । सम्बिधान संशोधन हाम्रा माँगहरु सम्बोधन गर्नलागि होइन उनले भने “ बन्दुकको शक्तिका आधारमा जारी गरिएको संबिधानमा आफ्ना मुद्धाहरु सम्बोधन हुने कुरामा बिश्वास गर्ने आधार छैन ” ।


उनले मुलुकमा बिषम परिस्थिति सृजना भएको बताए । कांग्रेस र एमालेको मिलनले मुलुकमा बिषम परिस्थिति उत्पन्न भएको उनले बताए ।

 

संसारमा प्रमुख दुई ठुला प्रतिस्पर्धी दल मिलेको इतिहास छैन तर यो देशमा के अवस्था आइलाग्यो की कांग्रेस कम्युनिष्ट मिलेका छन । उनले यो मिलनलाई अस्वभाविक रहेको बताए ।

उनले भने तर यो सरकार हाम्रा माँग पुरा गर्न होइन, मधेशी मुस्लिम आदिबासीको अधिकार दिनका लागि होइन दुई दलीय सिण्डीगेट निर्माणकालागि संबिधान संशोधन गर्ने प्रयास गरिरहेको बताए ।

May be an image of one or more people and crowd

उनले यस्तो खाले संशोधनको पक्षमा आफ्नो पार्टी नरहेको प्रष्ट पारे । आफनो पार्टी नागरिकको अधिकार बिपरितको संशोधनको बिरुद्ध आन्दोलनमा उत्रने चेतावनी दिए ।

उनले भने प्रान्तीय सरकारलाईए अधिकार बिहिन बनाइएको चर्चा गर्दै उनले भने प्रदेशलाई अधिकार दिन माँग गरे ।

प्रदेशलाई प्रहरी प्रशासन संचालन र परिचालनको अधिकार सहितको स्वायतता सहितको अधिकार दिनु पर्ने बताए ।

एक मधेश दुई प्रदेश कायम हुनु पर्ने बताउदै उनले संबिधान सशोधनमा यो माँगलाई समबोधन गर्न माँग गरे । उनले मधेशमा ५४ प्रतिशत जनसंख्या रहेको चर्चा गर्दै निर्वाचन क्षेत्र पनि जनसंख्याको आधारमा गर्नु पर्ने बताए ।

उनले भाषा र जनसंख्याको आधारमा निर्वाचन क्षेत्रको पूर्ननिर्धारण आफ्नो पार्टीको माँग रहेको बताए । उनले समानुपातिक समावेशीतालाई सुनिश्चित गर्न माँग गरे ।

 

सिंहदरवारमा खटपट हुने बित्तिकै प्रदेशमा सरकार संकटमा पर्ने अहिलेको ब्यवस्थाको चर्चा गर्दै अध्यक्ष राउतले देशको प्रधानमंत्री र प्रदेशका मुख्यमंत्रीको प्रत्यक्ष निर्वाचन हुनु पर्ने बताए । उनले सम्बैधानिक निकायका प्रमुखहरुको निर्वाचन पनि प्रत्यक्ष रुपमा हुनु पर्ने बताए ।


पार्टीको राजनीतिमा प्रशिक्षणको महत्व ज्यादै रहेको जनमत पार्टीका केन्द्रीय अध्यक्ष डा.सी.के राउतले बताएका छन् । पार्टीको पर्सा जिल्ला कमिटीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा कार्यकर्तालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

जिल्ला इन्चार्ज माधव सिहको अध्यक्षतामा भएको कार्यक्रममा संगठन बिभाग प्रमुख जयकान्त राउत कुर्मी जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, राजनीति समिति सदस्य करिमा बेगमले सम्बोधन गरेका थिए।  कार्यक्रममा पार्टीका नेताहरु  मुकेश द्विवेदी,सीपु तिवारी, शशीकपुर मिया रम्भा मिश्र लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.