logo

भारी वर्षाको सम्भावना भएकोले सुरक्षीत रहन पर्साका प्रजिअ भूषालको आपिल, राहत र उद्धारकालागि स्थानीय प्रशासन तयारी अवस्थामा

 इसीमाना सम्वाददाता     २०८१ असोज १० गते ०७: ३५ मा प्रकाशित     341   पटक पढिएको

बीरगन्ज । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भूषालले बिहिवार साँझ एक सूचना प्रकाशीत गरि भारी वर्षा हुने मौसम विज्ञान विभागले प्रक्षेपण गरेकोेले सावधानी अपनाउन आग्रह गरेका छन ।


मौसम बिज्ञान बिभागले बुधवार मौसम पूर्वानुमान सूचना प्काशीत गद्र्यै मधेशका तीन जिल्ला पर्सा सिराह र सप्तरीलाई “रेड जोन”मा राखेको थियो ।

 

मधेश प्रदेशका धेरै स्थानमा भारी वर्षाको पनि सम्भावना देखिएकोले तराइ भू–भागका केही स्थानहरुमा हावा हुरीको समेत जोखिम रहेको जिल्ला प्रशासन कार्यालय पर्सा जनाएको छ ।

 

प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले विपतका यस्ता जोखिमहरुबाट पर्न सक्ने क्षतीबाट सुरक्षीत रहन सबैलाई सावधानी अपनाउन अपील गरेका हुन् ।

उनले जिल्लाका सबै सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय तह एवम् जनसमुदायलाई सुरक्षित रहन अनुरोध गरेका छन् ।

‘जल तथा मौसम विज्ञान विभागको सूचना बमोजिम देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने तथा सबै प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन÷चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

‘सो सूूचना बमोजिम मधेश प्रदेशका धेरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको र तराई भू–भागका केहि स्थानहरुमा हावा हुरीको समेत सम्भावना रहेको जानकारी प्राप्त भएकाले जिल्लास्थित सबै सरकारी निकाय, सुरक्षा निकाय, स्थानीय तह एवम् सम्पूर्ण जनसमुदायलाई सजग रहन, सुरक्षित रहन र आवश्यक सावधानीका उपायहरु अवलम्बन गर्न अपील गर्दछु ।’

वर्षा, बाढी तथा हावा हुरीबाट हुन सक्ने सम्भावित क्षती न्यूनीकरण गर्नका लागि सबैले हातेमालो गर्नुपर्ने प्रमुख जिल्ला अधिकारी भुषालको आग्रह छ ।


सम्भावीत बिपदको ब्यवस्थापनकालागि स्थानीय प्शासनले पूर्व तयारी गरेको छ । पर्सा जिल्लामा बाढी डुवान र हावाहुरीको प्रकोप हुन सक्ने भन्दै क्षती न्यूनीकरणकालागि तयारी गरिएको प्रमुख जिल्ला अधिकारी भूषालले बताए ।


उनले राहत र उद्धारकालागि बोटको ब्यवस्थापन, सेल्टरकालागि ४ हजार थान टेन्टको ब्यवस्थापन, ३८ स्थानमा पिबतमा परेका नागरिकलाई राख्नकालागि पूर्व तयारी गरिएको प्रजिअ भूषालले बताए ।

 

राहत र उद्धारकालागि तालीमा पप्त ३ सय ५० जनाको जनशक्ति १ हजार प्रहरीको परिचालन र खाद्यन आपूर्तीकालागि स्थानीय नीजि संघ संस्थाहरु तयारी अवस्थामा रहेको उनले बताए ।

 

नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीका जिल्ला भरिका सबै युनिटहरु पनि राहत र उद्धारकालागि तयारी अवस्थामा रहेका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

सशस्त्र प्रहरी बलपर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सम्पन्न

वीरगंज । सशस्त्र प्रहरी बल, नेपाल पर्साद्वारा सञ्चालन गरिएको सात दिने “केश कर्तक तालिम” सोमबार सम्पन्न भएको छ।

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.