logo

नरायाणगढ मुग्लिन सडकखण्डमा रात्रीमा गाडी चलाउन रोक, नौबिसे नागढुङ्गा सडकखण्ड अवरुद्ध

 इसीमाना सम्वाददाता     २०८१ असोज ११ गते ०४: २० मा प्रकाशित     148   पटक पढिएको

फाइल फोटो

चितवन ।लगातारको वर्षाका कारण शुक्रवार रातीको समयमा नारायणगढ मुग्लिन सडक खण्डमा रत्रीकालीन सवारी साधन संचालनमा रोक लगाइएको छ ।

चितवन जिल्ला सुरक्षा समितिको शुक्रवार लागातारको पानीका कारण रातीको समयमा हुन सक्ने जोखिमको आकंलन गरि सवारी आवागमनमा रोक लगाएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

उनले शुक्रवार बेलुका ७ बजे देखी बिहान ५ बजेसम्म गाडी चलाउन रोक लगाएको जनाकारी दिए ।


उनका अनुसार नारायणगढतर्फ आँपटारी र मुग्लिनतर्फ मुग्लिन बजारमा गाडी रोकिने जानकारी दिए ।

 

उनले अहिले नै सडकमा ठूला पहिरो नगएपनि जोखिम मुल्यांकन गरि लामो दूरीका बसहरु चल्न नदिने निर्णय गरिएको बताए ।

 

मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजोदेखि परिरहेको झरीको रेड एलर्ट जोनमा चितवन परेको छ ।

 

यहाँ प्रतिकार्यको लागि तयार रहन पनि सचेत गराइएको छ । उता त्रिभुवन राजपथ अन्तर्गत नौबिसे नागढुङ्गा सडकखण्ड लेदो माटोले अवरुद्ध बनेको छ ।

 

धुनिबेँसी नगरपालिका–९ सुरुङमार्ग नजिक सडकमाथिबाट खसेको लेदो माटोले सडक अवरुद्ध बनेको हो ।

 

निरन्तरको वर्षातसँगैको लेदोले सडक अवरुद्ध हुँदा सवारीसाधन रोकिएका छन् ।

 

काठमाडौँबाट पूर्व–पश्चिमका लागि छुटेका यात्रु बससहित सबै प्रकारका सवारी सडकमै रोकिएका छन ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल चयन

प्रवासी नेपाली मञ्च क्यानडाको अध्यक्षमा रमेश धिताल सहितको कार्यसमिति सर्वसम्मत चयन भएका छन ।

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

खेलकुद

महिला क्रिकेट खेलाडीलाई जनही दुई लाख पचास हजार पुरस्कारको घोषणा

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले पाली महिला क्रिकेट टोलीका खेलाडीलाई पुरस्कार दिने घोषणा गरेको छ ।

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.