logo

लैङ्गिक हिंसा न्यूनिकरण एंवम पीडि़त सहायता सम्बन्धी कानून बनाउने मुख्यमंत्री राउतको प्रतिवद्धता,बीरगंजमा पुर्नस्थापना केन्द्र बन्ने

      12/26/2020 गते 00 00 मा प्रकाशित     993   पटक पढिएको

प्रदेश २ का मुख्यमंत्री लालबाबु राउत गद्धीले लैङ्गिक हिंसा न्यूनिकरण एंवम पीडि़त सहायता सम्बन्धी प्रदेश सरकारले कानून बनाउने प्रतिवद्धता ब्यक्त गर्नु भएको छ । 

 


शनिवार बीरगंजमा जिल्ला प्रहरी, लेडिज सर्कल र मेपुटी मेयर क्लबले लैङ्गिक हिंसा न्यूनिकरण एंवम पीडि़त सहायता  एकिकृत प्रयासको अपरिहार्यता सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन मुख्यमंत्री राउतले यस्तो बताउनु भयो । 


उहाँले लैङ्गिक हिंसा न्यूनिकरणका सम्बन्धमा पर्सा प्रहरीले लिएको पहलकदमीलाई आठै जिल्लामा पुर्याउने बताउनु भयो । मुख्यमंत्री राउतले उेन बनाएर लैङ्गिक हिंसा न्यूनिकरण एंवम पीडि़त सहायताका सम्बन्धमा दीर्घकाल सम्म सेवा प्रवाहको ब्यवस्था मिलाउने बताउनु भएको हो । 


उहाँले शिक्षाको अभावमा महिलाहरु हिंसा परेको चर्चा गर्दै महिलाहरुको आत्मबल बलियो बनाउनकालागि नै बेटी पढाई बेटी बचाईको अभियान संचालन गरिएको बताउनु भयो । 


उहाँले बैदेशीक रोजगारीमा गएका पुरुषहरु तेश्रो लिगी समुदायका ब्यक्तिहरु पनि ंिहंसामा परेको उहाँको भनाई थियो । 


महिंला हिसा न्यूनिकरणको लागि शिक्षामा जोड नदिएसम्म परिवर्तन ल्याउन नसकिन बताउँदै मुख्यमन्त्री गद्दीले शिक्षाको अपरिहार्यता औल्याए ।


हुन त अशिक्षित समाजमा मात्रै होइन शिक्षित समाजमा पनि हिंसाको घटना हुने गरेकोले महिला हिंसा न्युनिकरण गर्न शिक्षाको साथसाथै चेतनाको जरुरी पनि रहेको बताउनु भयो ।


उहाँले आर्थिक निर्णय पनि महिलाले लिन पाउने आधार निर्माण भयो भने  महिला हिंसा न्यूनिकरण हुने उहाँको भनाई छ । 

 

पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तमाङको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका उ्रहरी उपरिक्षक गंगा पन्तले कार्यपत्र प्रस्तुत गर्दै लैगिंक हिंसामा परेका महिलाहरुले भोग्नु परेको पीडाको बारेमा प्रकाश पार्नु भएको थियो । 


उहाँले समस्यामा परेका महिलाहरुको उद्धार, संरक्षण लगायतका बिषय राज्यको दायित्व भित्र रहेको चर्चा गर्दै सबै जिम्मेवार निकायको एकिकृत प्रयास आवश्यक रहेको बताउनु भयो । 


उहाँले लैगिक हिंसामा परेका महिलाहरुमा पर्ने प्रभावको चर्चा गर्दै साइको सोसिइल काउन्सेलिङको समेत ब्यवस्था गर्नु पर्नेमा जोड दिनु भयो । 

 

प्रदेश सांसद ओमप्रकाश शर्माले जिल्ला प्रहरी कार्यालयमा रहेको थुनुवा कक्षाको बिस्तार गर्नु पर्ने जरुरी रहेको बताउनु भयो  । उहाँले भन्नुभयो  हाम्रो प्रहरी कार्यालयको एउटा थुनुवा कक्षमा १५ देखी २० जना राख्ने गरिन्छ । त्यसलाई म अत्याचार नै भन्छु । त्यही भएर यसतर्फ हामी सबैको ध्यान जान पनि जरुरी रहेको छ ।’’

कार्यक्रममा आफ्नो धारणा राख्ने क्रममा प्रदेश सांसद रमेश कुर्मीले पीडित सहायताको लागि आफ्नो एक महिना बराबरको तलब सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।


कार्यक्रम मै वीरगंज महानगरपालिकाका मेयर विजय कुमार सरावगीले पीडित सहायताको लागि महानगरको तर्फबाट रु ५ लाखको चेक पर्सा प्रहरी प्रमुख प्रहरी उपरिक्षक गंगा पन्तलाई हस्तानान्तरण गर्नु भएको थियो ।
उहाँले महिलाहरुकोलागि पूर्नस्थापना केन्द्र निर्माणकालागि महानगरले जिल्ला प्रहरी कार्यालय छेउमा रहेको जमिन उपलब्ध गराउने समेत उहाँले प्रतिवद्धता जनाउनु भयो । 


उहाँले भन्नु  भयो “पीडामा परेका महिलाहरुलाई सेवा दिनकालागि पूर्नस्थापना केन्द्र निर्माण हरेक स्थानीय तहको जिम्मेवारी हो अहिले एक्लैले नसके पनि सहकार्य गरौ र यो कामलाई सम्पादन गरौ ” ।


यस्तै पीडित सहायताको लागि पर्साको विभिन्न पालिकाहरुले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । जगरनाथपुर गाउँपालिकाका प्रमुख जालिम मियाले ३ लाख ५० हजार , पटेर्वा सुगौलीका प्रमुख हरिनारायण चौधरीले ३ लाख रुपैया उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन । 


 कार्यक्रममा प्रदेश सांसद, पालिका प्रमुख, उप–प्रमुख, पत्रकार लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको सहजीकरण पोखरिया नगरपालिकाकी उप–प्रमुख सल्मा खातुनले गर्नु भएको थियो  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.