logo

प्रतिनिधि सभाको बिघठन संविधान सम्मत  छ त्यसकारण निर्वाचन हुन्छ तयार रहनुहोलाः महासचिव पौडेल

      12/30/2020 गते 00 00 मा प्रकाशित     1108   पटक पढिएको

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेलले जुन उद्धेश्यका साथ एकिकृत पार्टी बनायौ त्यही अरुप पार्टी अगाडि बढनु पर्नेमा आन्तरिक अवरोधका कारण त्यसरी अगाडि बढने सफलता पाउन नसकिएको बताउनु भयो । 

नेकपाले प्रदेश नम्बर २ को वीरगञ्जको नगरसभागृहमा आयोजना गरेको प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले बिकास, समृद्धि र समाजवाद निर्माणकोलागि पार्टी एकता गरिएको र त्यसले जनतामा आत्मबिश्वास पैदा गरेको भएपनि पार्टीका शिर्ष नेताको षडयन्त्रका कारण अवरोध सृजना भएको बताउनु भयो । 


सरकारले हरेक दृष्टिले राम्रो काम गर्दै अगाडि बढीरहेको अवस्थामा अरुले होइन पार्टीका केही शिष नेताले बिरोध गर्न थालेको उहाँले स्मरण गराउनु भयो । 


पार्टी भित्रको सम्बन्धलाई शत्रुतापूर्ण बनाउने र पार्टीको बिभाजनको आधारको रुपमा पार्टीका दोश्रो अध्यक्ष प्रचण्डले लिखित प्रस्ताव ल्याएको बताउनु भयो । त्यही प्रस्तावले नयाँ समस्या सृजना भयो त्यो अरोपलाई लिएर अगाडि बढन सक्ने अवस्था थिएन उहाँले भन्नु भयो “ त्यसैले त्यो बिभाजनकारी आरोप पत्र फिर्ता लिन अपिल गर्दा उहाँले फिर्ता पनि लिनु भएन र त्यो अरोप पुष्टि समेत गर्न सक्नु भएन” । यसको अर्थ के हो भने उहाँले भन्नु भयो “अंकगणीतको आधारमा कम्युनिष्ट सरकार हटाउने प्रयासमा लाग्नु भयो  ”। 


हामीले पार्टीमा छलफलकोलागि अपिल गर्यौ अर्थमंत्री समेत रहनु भएका पौडेलले भननु भयो“ तर उहाँहरुले सचिवालय, स्थायी कमिटी र केन्द्रीय कमिटी फेस गर्नु सक्नु भएन  अन्य प्रयोजनकालागि संकंलीत हस्ताक्षर दुरुपयोग गरेर प्रधानमंत्रीका बिरुद्ध अबिश्वास दर्ता गर्न पुग्नु भयो ।


महासचिव पौडेलले कम्युनिष्ट आन्दोलनलाई छतबिक्षत बनाउने हर्कतका बिरुद्ध प्रधानमंत्रीले संसद बिघठन गरेर ताजा जनमत लिने फैसला गर्नु भयो जुन ठिक छ । मुलुकलाई अराजकता र अनिश्चयको बाटोमा जानबाट जोगाउन जनताको वीचमा जाने प्रधानमंत्रीले निर्णय लिनु भएको उहाँको भनाई थियो  ।


 जनताको आदेशमा चल्ने कुरा लोकतनत्रको उच्चतम फैसला हो । यो निर्णय अलोकतान्त्रिक होइन लोकतन्त्रको सुन्दरतम प्रयास हो । 
पार्टी बिधान र संविधानको बर्खिलामा गएर सरकार ढाल्ने र पार्टी कब्जा गर्ने षडयन्त्र असफल भएको छ । चुनाव हुदैन भन्ने कुरामा द्विवीदा नराख्नुहोसमहासचिव पौडेलले भन्नु भयो “ प्रतिनिधि सभाको बिघठन संविधान सम्मत  छ त्यसकारण निर्वाचन हुन्छ तयार रहनुहोला ”।

 

भेलालाई शहरी विकासमन्त्री एवं पार्टीको प्रदेश २ अध्यक्ष प्रभु साहले सम्बोधन गर्दै  षडयन्त्र पूर्वक आफ्नो हस्ताक्षर किर्ते गरेर प्रचण्ड नेपाल समूहले दुरुपयोग गरेको आरोप लगाउनु भयो  ।

 

उहाँले भन्नु भयो “असारमा मैले गरेको हस्ताक्षरलाई प्रधानमन्त्री केपी शर्मा ओलीमाथि महाअभियोग लगाउँन प्रचण्डले दुरुपयोग गर्नु भयो ,यस्तो षडयन्त्र गर्ने व्यक्ति कम्युनिष्ट कसरी हुन् सक्छ ? सक्कली कम्युनिष्टहरुले छल गर्न जान्दैनन् । प्रचण्डले कपट गर्नु भयो  ।

 

संसदीय दलको बैठकसमेत नबोलाएर पार्टीको विधि र विधान विपरित आफुलाई प्रधानमन्त्री बनाउँने लहडमा प्रचण्डले सबैसँग धोका गरेको मन्त्री साहले बताउनु भयो । प्रधानमन्त्री ओलीमाथि महाअभियोग लगाएर नयाँ तरिकाले पार्टी निर्माण गर्ने प्रचण्डको कुरालाई साहले गोरुले दुध दिने जस्तो हुने बताउनु भयो ।  


प्रचण्ड पार्टी निर्माण गर्छु भन्नुहुन्छ साहले व्यङ्ग गर्दै भन्नु भयो,  गोरुले दुध दिएको सुन्नु भएको छ ? गोरुले  दुध दिनु र प्रचण्डले पार्टीनिर्माण गर्नु उस्तै उस्तै हो । 

कार्यक्रममा कानुनमन्त्री लीलानाथ श्रेष्ठ, महिला तथा बालबालिकामन्त्री जुली महत्तो, स्थायी कमिटी सदस्य रघुवीर महासेठ, लगायतका नेताले सम्बोधन गर्नु भएको थियो  । पार्टीका प्रदेश इन्चार्ज सत्यनरायण मण्डलको सभापतित्वमा भएको कार्यक्रममा प्रदेशका अगुवा नेताहरुको सहभागिता रहेको केन्द्रीय सदस्य निर्मला देवकोटाले बताउनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.