logo

बीरगंजसिटी डटकमको समाचार भेदभावपूर्ण,पित पत्रकारिता गरेकोले काउन्सिलले राख्यो कालोसूचीमा 

      12/31/2020 गते 00 00 मा प्रकाशित     2199   पटक पढिएको

पित पत्रकारिता गर्ने बीरगंजसिटी डट कमलाई प्रेस काउन्सिल नेपालले कालोसूचीमा राखी थप कारवाही अगाढि बढाउने भएको छ ।

 

बीरगंजबाट अपलोड हुने बीरगंजसिटी डटकमले पत्रकारिताको सिद्धान्त, मूल्य मान्यताको बर्खिलाप हुने गरि नाजायज समाचार  प्रकाशन गरेको र त्यसलाई सच्याउन काउन्सिलले दिएको  निर्देश अवज्ञा गरेपछि काउन्सिलले कारवाही गरेको हो । 


बिघठीत प्रतिनिधि सभाका सदस्य प्रदीप यादवका स्वकीय सचिव निखिल वरनवालले संचालन गरेको बीरगंजसिटी डटकमले ०७७ जेठ २९ गते इसीमाना डटकमका प्रधान सम्पादक तथा नेपाल पत्रकार महासंघ प्रदेश नं २ का उपाध्यक्ष के.सी.लामिछानेका बिरुद्ध तथ्यहिन समाचार प्रकाशन गरेको थियो । 


लामिछानेले बीरगंजसिटी डटकमको सो समाचारको खण्डन प्रकाशनकालागि अपिल गरेकोमा सुनवाई नगरेपछि प्रेस काउन्सिल नेपालमा उजुरी गर्नु भएको थियो । 


बीरगंजसिटी डटकमले प्रकाशन गरेको समाचारलाई प्रेस काउन्सिल नेपालले सन्तुलनरहित र र अविश्वसनीय ठहर गरेको छ । बीरगंजसिटी डटकमले सम्प्रेषीत गरेको समाग्री सन्तुलनरहित,पेशागत मर्यादा, बिपरित,भेदभावपूर्ण एवं अविश्वसनीय देखिएको भन्दै काउन्सिलले क्षमा माग्न निर्देशन दिएको छ । तर बीरगंज सिटी डटकमले न्याको शासनको बर्खिलाप गर्दै आमसंचार जगतको न्यायलयको रुपमा रहेको काउन्सिलको निर्देशनलाई अवज्ञा गरेको छ । 


काउन्सिलको निर्देशनको अवज्ञा पछि काउन्सिलले बीरगंजसिटी डटकमलाई असत्य समाचार प्रकाशन गर्ने र कानूनी शासनको बर्खिलाप गरेर अराजकता प्रर्दशन गरेपछि कालो सूचीमा राख्ने र त्यसलाई संचारमाध्यम मार्फत सार्वजनीक गर्ने निर्णय गरेको छ । 


सम्पादक लामिछानेले काउन्सिलको निर्णयले आफूलाई न्याय मिलेको बताउनु भएको छ । उहाँले पत्रकारिताको आधारभूत सिद्धान्तको पालना गर्ने धर्मबाट बिचलित हुनेहरु ढिलो चाडो दण्डको दायरामा आउने कुरा कारवाहीले देखाएको बताउनु भयो । 


सम्पादक लामिछानेले पत्रकारिता पेशा जिम्मेवार र जवाफदेहीपूर्ण पेशा भएको बताउनु भयो । उहाँले आफू बिरुद्ध समाचार लेख्ने र लेख्न लगाउनेहरुका बिरुद्ध लेख्ने प्रशस्त ठाउ हुदा हुदै पनि आफूले पत्रकारिताको सिद्धान्तको पालना गरेको बताउनु भयो ।

 

 बीरगंजसिटी डटकमका बिरुद्ध धारा प्रवाह लेखेर काउन्टर दिन सक्ने अवस्था थियो  सम्पादक लामिछानेले भन्नु भयो “संचारकर्मको मर्म नबुझ्ने एउटा अनलाइनले मलाई जे आरोप लगाएको थियो त्यो आरोपका बिषयमा न्यायीक निकायले नै फैसला गरोस भनेर उसका बिरुद्ध केही लेखिएन न्यायीक बाहेक अन्य कुनै प्रतिकार गरिएन ”।

 

सम्पादक लामिछानेले ब्यक्तिगत कुरा लेखेर इज्जत प्रतिष्ठासंग खेल्ने हो भने दिनको एउटा समाचार लेख्न सकिने बताउदै संयता र धर्यताको धेरै परिक्षण नलिन समेत उहाँले सचेत गराउनु भएको छ ।

 
बीरगंज  सिटी डटकमका सम्पादक प्रकाशक निखिल बरनवाल बिघठीत संसदका सदस्य प्रदीप यादवका स्वकीय सचिव हुन । बिधि निर्माणको ठाउमा रहेका ब्यक्तिको सहयोगीले कानूनको पालना नगरि न्यायीक निकायको निर्देशनको अवज्ञा गर्नुलाई भने अराजक हर्कतको रुपमा हेर्न थालिएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.