logo

बढाइएको कर फिर्ताको माँग गर्दै पोखरिया प्रमुख चौहानलाई ज्ञापन, माँग पुरा नगरिए आन्दोलनको चेतावनी

 इसीमाना सम्वाददाता     २०८१ कार्तिक ५ गते ०९: १६ मा प्रकाशित     455   पटक पढिएको

बीरगंज । पोखरिया नगरपालिकाका प्रमुख प्रदुम्न चौहानलाई  राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पर्साले  कर फिर्ताको माँग गर्दै ज्ञापन पत्र बुझाएको छ ।

 

सोमवार पार्टीका नेता नेजामुदिन सेमानीको नेतृत्वमा गएको टोलीले नगरप्रमुख चौहानलाई ज्ञापन पत्र बुझाएको हो । 


ज्ञापन पत्रमा उल्लेख गरिएका माँग एक महिना भित्र पुरा गर्न अल्टीमेटम दिइएको छ । एक महिनाभित्र माग सम्बोधन नगरिए भण्डाफोरका साथै संघर्ष गर्न बाध्य हुने चेतावनी ज्ञापन पत्र मार्फत दिइएको छ । 

नगरपालिकाले बढाईएको सम्पत्ति कर फिर्ता गर्नु पर्ने, नगरपालिकाका कर्मचारीहरूलाई समयमा तलब दिनु पर्ने, मधेश आन्दोलनको क्रममा शहीद भएका बिरबल मुखिया बिन तथा शहीद चंदन पटेलको नाममा शहीद पार्क निर्माण गर्नु पर्ने, नगरपालिकाकाले गराएका निर्माण कार्य सम्पन्न गरेका ठेकेदारहरुलाई भुक्तानी दिनु पर्ने, नगर बिस्तारमा जग्गा धनी तथा खरिदकर्ताको जग्गा दिनु पर्ने, स्वास्थ्य बिमा गराएकाहरूलाई औषधि उपलब्ध गराउनु पर्ने र नगरपालिका भित्र भईरहेको ठगी धन्दा बन्द गर्नु पर्ने माँग ज्ञापन पत्रमा उल्लेख छन ।


समानीले जिल्लाको दोस्रो सदरमुकाम मानिने पोखरिया नगरपालिका बने पनी हालसम्म आम जनतालाई यसको अनुभूति नभएको बताए ।

 

नगरपालिकमा सेवा विस्तार न गरी पूर्व नगर प्रमुखको पालामा सम्पत्ति कर लगाइएको र साबिकमा तीन सय लाग्ने दस्तूर हाल १ हजार ५ सय देखि पाच हजार सम्म बढाईएको बताए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.