logo

बीरगंजका सर्राफको हत्यामा संलग्न रक्सौलका गुप्ता पक्राउ, श्रीमतीको मलिीभगतमा हत्या भएको खुलासा

 इसीमाना सम्वाददाता     २०८१ कार्तिक ७ गते ०१: ४६ मा प्रकाशित     571   पटक पढिएको

कलैया । बीरेन्द्र साह हत्या प्रकरणका मुख्य आरोपी बिजय गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।

 

उनलाई बीरगंजको इनर्वा नजिकबाट पक्राउ गरेको बारा प्रहरीले जनाएको छ ।  वीरगन्ज महानगरपालिका ३ छपकैयाका २६ वर्षीय वीरेन्द्र साह सोनारको असोज २७ गते हत्या भएको थियो ।

 

मृतक साहको पत्नी मनिषा देवी भने कार्तिक २ गते देखी नै हिरासतमा छिन ।  उनको शव बाराको प्रसौनी गाउँपालिका १ त्रिवेणी गाउँको त्रिवेणी खोलासँगै रहेको गण्डक नहर छेउमा कार्तिक २ गते फेला परेको थियो । 

रक्सौलको परेवागाउँका २८ वर्षीय विजय गुप्ता र मृतकको श्रीमती मनिषा देवीको मिलीभगतमा साहको हत्या भएको प्रारम्भिक अनुसन्धान बाट खुलेको प्रहरीले जनाएको छ । बाराका प्रहरी प्रमुख प्रहरी उपरिक्षक महेन्द्र खड्काका अनुसार आरोपी  गुप्ताले हत्या आरोप स्वीकार गरेका छन ।  

 

आरोपी विजय, मृतक वीरेन्द्र र उनकी पत्नी मनिषा वीरगन्ज घरमा सँगै बस्दै आएका थिए ।  

 

विजय र मृतक वीरेन्द्र घरबाट सँगै मेला हेर्न बाइकमा निस्केका थिए । संगै निस्केका उनीहरु मध्य साह बेपत्ता भएका थिए । उनी बेपत्ता भएपछि साहको खोजी गरिदिन भन्दै निवेदन लिएर मनिषा र गुप्ता संगै जिल्ला प्रहरी कार्यालय पर्सामा गएका थिए । 


साहलाई हत्या गरि छोडेको स्थानको सूचना गुप्ताले नै मनिषालाई दिएका थिए ।

 

 गुप्ता घटनास्थलको सूचना दिएर भारत तर्फ भागेका थिए । गुप्ताले पर्साको बहुदरमाइृबाट समेत नागरिकता लिएका छन । उनले आफूनो ठेगाना त्यहीको बताएको प्रहरीले जनाएको छ । बारा प्रहरीले घटना बारे थप अनुसन्धान भइरहेको जनाएको छ । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.