logo

क्याम्पस प्रमुख डा. कुशवाहाको उपचारको क्रममा निधन , आजै अन्त्येष्टी गरिने

      1/7/2021 गते 00 00 मा प्रकाशित     859   पटक पढिएको

बीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसका प्रमुख डा. राजदेव कुशवाहाको निधन भएको छ । जन्डिस रोगको उपचारको क्रममा काठमाण्डौमा रहनु भएका डा. कुशवाहको गएराती काठमाडौँस्थित नर्भिक अस्पतालमा निधन भएको हो ।उहाँ २ महिनादेखी जण्डीस रोगसंग जुधरिहनु भएको थियो । 


नर्भिक अस्पतालको अघि सघन उपचार कक्षमा  भेन्टिलेटरमा राखेर उपचार भइरहदा  आज बिहान २ बजे उहाँको निधन भएको  पारिवारिक स्रोतले जनाएको छ ।

 

डा. कुशवाहको अन्त्येष्टि आजै उहााको पैतृक गाउँ वीरगञ्ज महानगरपालिकास्थित कोहड़ीमा हुने कार्यक्रम रहेको छ ।

डा. कुशवाह गणित ज्ञाता हुनुहुन्थ्यो ।  वीरगञ्जस्थित ओम नेशनल एकेडमीका संस्थापक निर्देशक समेत रहनु भएका डा.कुशवाहा अन्तरमुखी स्वभावको रहेको उहाँका सहकर्मीको भनाई छ । उहाँको निधनले बीरगंजले एक जन सुबिख्यात प्रात्र गुमाएको छ ।

 

 ठाकुर राम बहुमुखी क्याम्पसको प्राज्ञीक वतावररण राम्रो बनाउने प्रतिवद्धता जनाउनु भएका डा.कुशवाहाको निधनले  ठुलो क्षती पुगेको हो । 

 डा. कुशवाहको निष्ठा  महिनेती र अनुशासित रहने शैलीलाई सबैले स्मरण गरेका छन ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

भारतीय महिला माथि गोली प्रहार गर्ने शर्मा पक्राउ, प्रहरी अनुसन्धान गर्दै

वीरगञ्ज । एक भारतीय महिलामाथि गोली प्रहार गर्ने ब्यक्तिलाई पर्सा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्ने ब्यक्तिको नाम प्रदीप शर्मा रहेको बताइएको छ ।

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.