logo

स्थानीय प्रहरीको इमान माथि शंका , गाँजा खेती नष्ट गर्दै माथिल्लो निकाय

 इसीमाना सम्वाददाता     २०८१ कार्तिक ११ गते ०२: ५० मा प्रकाशित     46   पटक पढिएको

बीरगंज । स्थानीय प्रहरीको लापरवाहीका कारण पर्साको ग्रामीण क्षेत्रमा तस्करहरुले गाँजा खेतीको प्रयास गरेका छन । स्थानीयले दिएको सूचनाको आधारमा प्रहरीले गाँजा फडानी गरेको पर्सा प्रहरीले बिज्ञप्ति जारी गरेरै जनाएको छ ।

 

गाँजा खेती उन्मुलन भएको पर्सामा छिटफूट  गाँजा खेतीको प्रयास हुनुको पछाडिको रहस्य खोजी गर्न प्रहरीले सुक्ष्म अनुसन्धान गर्न आवश्यक रहेको स्थानीय बुद्धिजीवीहरुको भनाई छ । 


प्रहरीले पटेर्वा सुगौलीको वडा नं २ थरघट्टीमा गाँजा फडानी गर्यो । थरघट्टी आदीवासी धाँगड जातिको बसोबास भएको गाउँ हो । त्यस्तै प्रहरीले पर्सागढी नगरपालिकाको वडा नं. १ गुलरिया र वडा नं ३ झबराहामा लगाईएको प्रतिबन्धित गाँजाखेती नष्ट गरेको छ ।

 

आदीवासी थारु समुदायको सघन बसोबास भएको गाउँ हो । पटेर्वा सुगौलीबाट खटेको प्रहरीको टोलीले २ बिघा क्षेत्रफलमा लगाइएको १५ हजार बोट नष्ट गरेको जनाएको छ । थरघट्टी रंगपुर टाँडीमा रहेको प्रहरी चौकीको कार्यक्षेत्रमा पर्छ भने मनवा प्रहरी चौकीको कार्यक्षेत्रमा गुलरीया पर्छ ।

 

त्यस्तै बढनिहारमा रहेको प्रहरी चौकीको कार्यक्षेत्रमा झवराह पर्छ । स्थानीय रुपमा रहेका प्रहरी युनिटले आफ्नो क्षेत्रमा प्रतिवन्धित गाँजाको खेती भएको चाल नपाउने अनी टाढा रहेको इलाका प्रहरीले थाहा पाउने कुरा नै अचम्म लाग्दो छ । 


स्थानीय युनियटमा रहेका प्रहरीको इमान र ब्यवसायीक निष्ठामाथि शंका उत्पन्न हुने गरि गाँजा खेतीको प्रकरण सार्वजनीक भएको छ ।  

 

गाँजा खेतीमा सलंग्न व्यक्तिहरूको पहिचान तथा खोजतलास भईरहेको र उनीहरुलाई कानून बमोजिम कारवाही हुने पर्सा प्रहरीले जनाएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

अभियन्ता चौधरीलाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्ड’

वाशिङ्गटन डिसी । नेपालकी सामाजिक अभियन्ता उर्मिला चौधरीे ग्लोबल एन्टी रेसिजम च्याम्पेनसिप अवार्डद्वारा सम्मानित भएकी छिन ।

दिल्लीमा आतिशीले लिइन मुख्यमंत्रीको शपथ,केजरीवालको निर्देशनमा दिल्लीका जनताको काम गर्ने प्रतिवद्धता ब्यक्त

दिल्ली । आम आदमी पार्टीकी विधायक आतिशी मार्लेनाले शनिबार साँझ दिल्लीको आदिल्ली सिथ्त राजभवनमा आयोजित समारोहमा दिल्लीका लेफ्टिनेन्ट गभर्नर वीके सक्सेनाले आतिशी मार्लेनालाई पदको शपथ दिलाएका थिए ।

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव येचुरीको  निधन

भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम येचुरीको ७२ वर्षको उमेरमा निधन भएको छ।

समाज

महोत्तरीमा जलाइएको अवस्थामा महिलाको शव फेला, अनुसन्धानकालागि कुकुर पनि परिचालन

बर्दिबास  । महोत्तरीमा अनुहार जलाएर चिन्न नसकिने अवस्थामा एक महिलाको शव बरामद भएको छ । महिलाको उमेर अन्दाजी २५÷२६ रहेको महोत्तरी प्रहरीले जनाएको छ ।

लेनदेन मुद्धामा बीरगंजका उधोगी जाटिया पक्राउ

वीरगन्ज। अदालतको आदेश कार्यान्वयनकालागि प्रहरीले वीरगंजका उद्योगी प्रेमकुमार जाटियालाई प्रहरीले पक्राउ गरेको छ ।

खेलकुद

क्रिकेट संघको तेश्रो साधारण सभा सम्पन्न ,क्रिकेटको बिकासकालागि प्रदेश सरकार कटिबद्ध छः मंत्री जयसवाल

बीरगंज । मधेश प्रदेश क्रिकेट संघको तेश्रो बार्षिक साधारण सभा आइतबार बीरगंजको सम्पन्न भएको छ ।

संघीय र प्रदेशमंत्रीद्वारा नारायणी रंगशालाको निरिक्षण,पूर्ननिर्माणको प्रतिवद्धता

बीरगंज । संघीय सरकारका खेलकुद मन्त्री तेजुलाल चौधरी र मधेश प्रदेश सरकारका खेलकुद मन्त्री प्रमोद जयसवाल सहितको टोलीले आज वीरगन्जको नारायणी रंगशालाको निरीक्षण गरेको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बिरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बिरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.