logo

मेयरकै गैरजिम्मेवारी रवैयाले गर्दा नगराईन नगरपालिकामा आन्दोलन भएको दाबी

नेतृ महतो र नेता निधिको नाम जोडेर आन्दोलनलाई कमजोर नगर्न आग्रह

 इसीमाना सम्वाददाता     २०८१ कार्तिक १९ गते ०७: ५७ मा प्रकाशित     343   पटक पढिएको

जनकपुरधाम । लामो समयदेखि नगराईन नगरपालिकामा मेयर विनय कुमार यादव र उपमेयर राधादेवी यादव बीच उत्पन्न विवादका कारण नगरसभा अन्यौलमा छ ।


नगराईन नगरपालिकाको नगरसभा नहुँदा कर्मचारीको तलब निकासादेखि सामाजिक सुरक्षा भत्तालगायत विभिन्न सेवाहरुबाट सेवाग्राहीहरु वञ्चित हुँदै आएका छन् ।


नगराईन नगरपालिकाका मेयर विनयकुमार यादवले उपमेयरका कारण नगरपालिकाको कामकारबाही प्रभावित भएको आरोप लगाएपछि उपमेयर राधादेवी यादवले मेयरमाथि आरोप पुष्टि गरेर देखाउनका लागि चुनौती दिएकी छिन् ।


असारभित्र स्थानीय तहको नगरसभा गरिसक्नुपर्ने प्रावधान रहे पनि मेयर र उपमेयरबीचको विवादका कारण पाँच महिनादेखि नगरसभा हुन सकेको छैन । पालिकाका शिक्षक र कर्मचारीहरु पनि तलब भत्ता नपाएको भन्दै आन्दोलनमा छन् ।


यसैबीच नगराईन नगरपालिकाकी उपमेयर राधादेवी यादवले सोमबार पत्रकार सम्मेलन आयोजना गर्दै कर्मचारीको तलब भत्तालगायतका विभिन्न सेवाहरु, सामाजिक सुरक्षा, सेवा तथा सुविधाहरु र शिक्षा र स्वास्थ्यतर्फका अत्यावश्यक बजेट खर्चलगायतका अत्यावश्यक सेवाहरु प्रवाह गर्नका लागि आफूहरुले पटकपटक मेयर विनयकुमार यादवलाई आग्रह गरेको बताइन् ।


आफूहरुको माग पूरा नहुञ्जेलसम्म आन्दोलन जारी रहने भन्दै उपमेयर राधादेवी यादवले  सेवाग्राहीको सेवा सुविधा र कुनै पनि शिक्षक तथा कर्मचारीको तलब भत्तालगायतका सुविधाहरु तत्काल उपलब्ध गराउनका लागि मेयरसंग आग्रह गरिन् ।


 उपमेयर यादवले भनिन्, ‘नगराईन नगरपालिकामा कार्यविधि संशोधनको विवादले गर्दा उत्पन्न भएको परिस्थितिको जिम्मेवारी मेयर  लिनुपर्छ ।

 

’ गत वर्ष आन्दोलनको क्रममा भएको सम्झौतामा समेत आफूहरुलाई मेयर यादवले झुक्याउन सफल भए पनि उनी आफै सो सम्झौता कार्यान्वयन गर्नबाट पछि हटेको बताउँदै उनले भनिन्, ‘मेयरले आफूहरुसंग विगतमा गरेको सम्झौता कार्यान्वयन गर्नबाट पछि हट्नु भयो, जसले गर्दा हामी बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको हो ।’


नगराईन नगरपालिका पूर्व उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिको गृहगाउँ हो भने सो क्षेत्रबाट एमाले नेतृसमेत रहेकी  जुली कुमारी महतो सांसद छिन् ।  यस आन्दोलनसंग जोडेर यी दुवै नेतालाई जोडेर हेर्दा गलत अर्थ लाग्ने बताउँदै उपमेयर यादवले गलत अर्थ नलगाइदिन आग्रह समेत गरिन् ।

 


उपमेयर यादवले नगराईन नगरपालिकाको कामकाज ठप्प हुनुको कारण मेयर नै रहेको दाबी गर्दै उनले नगरपालिकाको कामकारबाहीलाई जोडेर नेकपा एमालेकी नेतृ जुलीकुमारी महतो र नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिको नाम जोड्नु गलत रहेको बताइन् ।

 उनले हामीले आफ्नो पालिका आफैले बनाउने भएपछि सांसदसमेत रहेकी नेतृ महतो र नेता निधिको नाम जोडेर आन्दोलनलाई कमजोर नगर्न आग्रह गरिन् ।


उनले मेयरसंग विगतमा कार्यविधि संशोधन गरी बजेट संचालनसम्बन्धी अधिकार उपमेयरमा पनि निहित रहने भनि भएको सम्झौताको आधारमा कार्यविधि संशोधन नहुँदा पाँच महिनादेखि आफूहरु आन्दोलनमा रहेको बताइन् ।


नगराईन नगरपालिकाका कार्यकारी सदस्य रामदुलार मुखियाले भने, ‘बजेट सचालनसम्बन्धी अधिकार मेयर र उपमेयरलाई समेत रहने गरी कार्यविधिमा संशोधन गर्दै मेयर ‘वा’ उपमेयर हुनुपर्नेमा मेयर पक्षले मेयर ‘र’ उपमेयर भनि लेखेर आफूहरुलायई  झुक्याए पनि अन्तिमसमयमा आफूहरुले सो सम्झौता मान्दै कार्यान्वयनका लागि पालिकाको विधायन समितिमा पनि सो कार्यविधि संशोधन गरिए पनि मेयरले संशोधनसहितको कार्यविधिमा हस्ताक्षर नगरी आलटाल गरे पछि आफूहरु  बाध्य भएर आन्दोलनमा उत्रिुन परेको बताईन ।’


उनले अन्तिम समयमा मेयर यादवले नै संशोधनका लागि रोक लगाएर आफूहरुलाई  झुक्याउँदै खेलाउन खोजेपछि बाध्यतावश आन्दोलित भएको बताए ।


त्यस्तै नगराईन –८ का वडाअध्यक्ष सञ्जय राउतले मेयरसंग भएको उपमेयरलाई आर्थिक सञ्चालनसम्बन्धी कार्यविधि संशोधन सम्बन्धी सम्झौता कार्यान्वयन नहुँदासम्म आफूहरुको आन्दोलन जारी रहने बताए ।


वडाअध्यक्ष राउतले नगराईन नगरपालिकालाई कुनै पनि अवस्थामा भ्रष्टाचारको अखाडा बन्न नदिने दाबी गरे ।


उनले मेयर यादवले निमित्त प्रशासकीय अधिकृतसंगको मिलेमतोमा अपारदर्शी ढंगले पालिकाको विकास निर्माणलगायतका बजेटमा अनियमितता गरेको आरोप लगाउँदै पारदर्शी गर्न  समेत माँग गरे ।


विकास निर्माणलगायतका बजेटमा मेयरले केही कर्मचारीको मिलेमतोमा व्यापक भ्रष्टाचार गरेको दाबी गर्दै ससर्त अनुदान बाहेक विकास निर्माणका कामकाज समस्या सामाधान नहुञ्जेलसम्म बन्द रहने बताए ।


नगराईन नगरपालिकाको १९ सदस्यीय कार्यपालिकामा १३ जना एमालेका जनप्रतिनिधि छन् भने कांग्रेसको ५ र लोसपा नेपालका १ जना जनप्रतिनिधि छन् । मेयर यादव कांग्रेसबाट निर्वाचित छन् भने एमालेबाट उपमेयरमा राधादेवी यादव निर्वाचित छिन् ।


विगतमा पनि एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुले ९ महिनासम्म आन्दोलन गरेपछि कर्मचारी र शिक्षक तलबभत्तालगायतका सेवा सुविधाका लागि, ज्येष्ठ नागरिकलगायतकाले सामाजिक सुरक्षा भत्ता तथा सेवा सुविधाका लागि र विद्यार्थीले अध्ययनका लागि आन्दोलन गर्नुपरेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

माघे संक्रान्तिमा मोतियाबिन्दु शल्यक्रिया गराएका ५३ बिरामीलाई कम्बल वितरण

वीरगञ्ज। माघे संक्रान्तिको अवसरमा माघ १ गते बिहीबार रुङ्ग्टा वेल्फेयर सोसाइटीको सहयोगमा तथा लायन्स क्लब अफ वीरगञ्ज परिवार, लायन्स क्लब अफ वीरगञ्ज आदर्शनगर र लायन्स क्लब पोखरिया को संयुक्त आयोजनामा कम्बल वितरण कार्यक्रम सम्पन्न भएको छ।

आइजीपी  कार्कीद्वारा मानव सेवा आश्रम वीरगञ्ज अवलोकन, खाजा तथा खाद्यान्न सहयोग

वीरगञ्ज । नेपाल प्रहरीका महानिरीक्षक (आइजीपी) दानबहादुर कार्की ले वीरगञ्ज महानगरपालिका–२५, सिरिसियामा अवस्थित मानव सेवा आश्रम, वीरगञ्ज शाखा को अवलोकन भ्रमण गरेका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.