logo

भूकम्पीय जोखिम न्यूनीकरणका लागि भवन निर्माण संहिताको पूर्ण पालनामा जोड

      1/15/2021 गते 00 00 मा प्रकाशित     733   पटक पढिएको

राष्ट्रिय भूकम्प दिवसको अवसरमा आज वीरगन्जमा पनि जनचेतनामूलक प्रभातफेरी निकालिएको छ । १९९० साल माघ २ गते आएको शक्तिशाली विनासकारी भूकम्पले क्षति पु¥याएको दिनलाई भूकम्प दिवसको रुपमा मनाउदै आएको छ । सघन सहरी भवन व्यावस्था कार्यालयको संयोजनमा “बहुप्रकोपीय विपदमा भूकम्पीय सुरक्षा, साझा सहकार्यमा जनधनको रक्षा” नारा दिएर शुक्रबार वीरगन्जको घण्टाघरबाट निकालिएको ¥याली नगरको विभिन्न भागको परिक्रममा गरी पुनः घण्टाघरमै आएर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्ने वक्ताहरुले भूकम्पको क्षति न्यूनीकरण तथा जोखिमबाट बच्नका लागि भवन निर्माण संहिताको पूर्ण पालना गर्नुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा बोल्दै सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साका सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्काले भूकम्प जानकारी दिएर नआउने भएकाले विभिन्न समयमा आएको भूकम्पले मानवीय र भौतिक क्षति व्यहोर्नु परेकोले क्षति न्यूनकरणका लागि पूर्वतयारी र सतर्कता आवश्यक रहेको बताउनुभयो ।

पूर्वतयारीको अवस्था, भूकम्प जादै गरेको अवस्था र गईसकेपछिको अवस्था तीन तहको क्षति न्यूनीकरणको विषयमा सबैले जानकारी राख्नुपर्ने उहाले बताउनुभयो । सघन सहरी तथा भवन भवन निर्माण आयोजना कार्यालय पर्साका प्रमुख इञ्जिनियर रञ्जन कुमार दासले जथाभावी भवन निर्माण गर्दा बढी जोखिम हुने हुँदा अहिले सरकारले भवन निर्माण संहिता लागू गरेको हुँदा सोही अनुसार सबैले भवन निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङ, भन्सार प्रशासक महेश आचार्य, राष्ट्रिय अनुसन्धान कार्याल पर्साका प्रमुख उप अनुसन्धान निर्देशक टिका पोखरेल, पर्साका प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनाल, नेपाल रेडक्रस सोसाईटी पर्साका सभापति विरेन्द्रराज कणेल लगायत सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.