logo

वीरगंजमा एकसाथ करिब १४ हजार छात्रा आत्मारक्षा तालिममा सहभागी

 इसीमाना सम्बाददाता     २०८१ कार्तिक २८ गते ०७: १९ मा प्रकाशित     437   पटक पढिएको

वीरगंज  । वीरगंज महानगरपालिकाले नगरक्षेत्रका निजी र सामुदायिक विद्यालयमा कक्षा ६ देखि १२ सम्मका करिब १४ हजार छात्राहरुलाई आज एक भव्य कार्यक्रमका साथ आत्मारक्षाका लागि प्रशिक्षण दिएको छ । 


वीरगंजको आदर्शनगरस्थित रंगशालामा भारतका ख्यातिप्राप्त मार्शल आर्ट प्रशिक्षक डाक्टर चिता यजनेश शेट्टिले छात्राहरुलाई प्रशिक्षण दिएका हुन । 

May be an image of 7 people, crowd, dais and text
वीरगंज महानगरपालिकाको आयोजना तथा नेपाल भारत सहयोग मञ्चको समन्वयमा सम्पन्न तालिमको बुधवार एक कार्यक्रमका बिच खानेपानी मन्त्री प्रदिप यादवले उद्घाटन गर्दै सरकारले महिला सशक्तिकरणका लागि दिर्घकालीन रुपमा ठोस कार्यक्रम सञ्चालन गर्ने बताए । 


उनले  वीरगंज महानगरपालिकाले एकसाथ नगरक्षेत्रका हजारौं छात्राहरुलाई तालिम दिएर गिनिज बुक अफ वल्र्ड रेकर्डमा आफ्नो नाम दर्ता गर्न लागेकोमा खुशी व्यक्त गर्दै तालिमले छात्राहरुलाई आत्माविश्वास बढाउने बताए  । 

May be an image of one or more people and crowd
नेपालमा भारतका ख्यातिप्राप्त प्रशिक्षक आएर निशुल्क रुपमा तालिम दिदा दुई देश बिचको सम्बन्ध थप मजबुत बन्ने दाबी गर्दै सरकारले महिलालाई सशक्तिकरण गरी सक्षम बनाउने नीति लिएको बताए  । 

कार्यक्रममा वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले छात्राहरुलाई दिएको आजको तालिम शुरुवात मात्रै भएको बताउदै अव वीरगंजका सामुदायिक तथा नीजि बिद्यालयमा प्रत्येक हप्ताको शुक्रबार आत्मारक्षाकोलागि मार्शल आर्टस् सम्बन्धि तालिम दिईने बताए  । 

May be an image of one or more people and crowd
नगर प्रमुख सिंहले आजको मिति सम्म वीरगंज महानगरपालिकामा तालिम लिनका लागि १५ हजार १ सय छात्राहरुले नाम दर्ता गराएकोमा १२ हजार ९ सय ७४ जनाको फारम गिनीज बुक अफ वल्र्ड रेकर्डमा पुगिसकेको जानकारी दिए । 


यसअघि भारतको आगरा स्थित एक स्थानीय तहले एकसाथ ७ हजार ४ सय १ जना छात्राहरुलाई आत्मारक्षाको तालिम दिएर वल्र्ड रेकर्ड बनाएको थियो । 


सो अवसरमा नगरप्रमुख सिंहले आफूले निर्वाचनको बेला वीरगन्जका महिलाहरुलाई मध्यरातमा पनि निर्धक्कसँग हिड्नसक्ने वातावरण बनाउने प्रतिबद्धता अनुसार महिला र किशोरीहरुको मनोबल बढाउनका लागि आत्मरक्षाको तालिम शुरुवात गरेको बताए  । 

May be an image of 1 person and crowd
उनले  ‘वीरगञ्जका कोहीपनि छोरीचेली डराएर हिड्नु पर्ने अवस्थाको अन्त्य हुन्छ । मान्छे त के मृत्यु पनि मे आई कम इन ? भनेर सोधेर आउनुपर्ने अवस्था बनाउने बताए । 


कार्यक्रममा वीरगंज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले महिला दिदीबहिनीहरुले आत्मरक्षाका लागि सहभागी हुने हिम्मत जुटाएकोमा धन्यवाद दिदै तालिममा धेरै कुरा सिक्ने र आफ्नो सुरक्षा आफैले गर्न सक्ने क्षमता प्राप्त गर्ने उपायको बारेमा जान्ने बताए ।


तालिमका मुख्य प्रशिक्षक डाक्टर यजनेश चित्ता सेट्टी अर्थात मास्टर चित्ताले महिला तथा किशोरीहरुलाई दिईने यो प्रशिक्षण भगवानलाई पूजा गरेको भन्दा धेरै आशिर्वाद पाए जस्तो हुने बताए । 


उनले आत्मरक्षा गर्ने कलाले एउटा शक्तिशाली उर्जा प्राप्त हुने र यसले जीवन संकटमा परेको बेला महत्वपुर्ण सहयोग पुग्ने बताए  । 


महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रभु हजरा, वीना जसवाल, प्रदेश सांसद वीणा शर्मा, पूर्व प्रदेश सांसद जन्नत अन्सारी पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक कुमोध ढुंगेल, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, भारतीय महाबाणिज्य दुत देबी सहाय विणा लगायतको उपस्थिति रहेको थियो । 

May be an image of 2 people, hospital, crowd and text
कार्यक्रममा वीरगन्ज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले स्वागत मन्तब्य व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन पत्रकार उज्वल घिमिरेले संचालन गरेका थिए।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

पर्सागढीबाट जुवाडे पक्राउ सार्बजनिक शान्ति विरुद्दको कसुरमा मुद्धा चल्ने

वीरगंज । पर्सागढीको विरुवागुठीमा दिलमाया तामाङले सञ्चालन गरेकी गौरो कटेज खाजा पसलबाट चार जना ब्यक्तिहरु जुवा खेलीरहेको अवस्थामा पक्राउ परेका छन ।

महोत्तरीमा मोटरसाइकल दुर्घटनामा परि एसइ परिक्षा दिएर फर्किएका बिद्यार्थीको मृत्यु

बर्दिवास । महोत्तरीको जलेश्वर बर्दिबास सडकखण्डको बथनाहा मा मोटरसाइकल दुर्घटनामा परि तीन जना बिद्यार्थीको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.