logo

कुटपीट घटनाका दोषीलाई कारवाही गर्न प्रहरी उदासिन भएको पीडितको आरोप

 इसीमाना सम्बाददाता     २०८१ मंसिर ४ गते ०६: ०८ मा प्रकाशित     564   पटक पढिएको

बीरगंज । १६ वर्षिय बालकलाई मरणासन्न हुने गरि कुटपीट गर्नेलाई प्रहरीले पक्राउ नगरेको भन्दै स्थानीयले चासो ब्यक्त गरेका छन ।


गएको ३० गते सखुवा प्रसौनी गाउँपालिकाको वडा नं ४ देउरवानाका १६ वर्षिय इब्राम अन्सारीलाई स्थानीय तीन जनाले निर्घात रुपमा कुटपीट गरेका थिए । उनीहरुले धारिलो हतियार समेत प्रयोग गरेर अन्सारीलाई घाइते बनाएका छन ।

465947838_852068543668810_6097714749850213081_n.png?stp=dst-png_p720x720&_nc_cat=108&ccb=1-7&_nc_sid=0024fc&_nc_ohc=z12MaN5u1Q0Q7kNvgEnc4Af&_nc_ad=z-m&_nc_cid=0&_nc_zt=23&_nc_ht=scontent.xx&oh=03_Q7cD1QEcxBlgl0C26HrqPNMzl25RBKQNOCdY9WTfo69PeAu1og&oe=6763F72D

अन्सारीको टाउकोमा बिभिन्न स्थानमा गरि १२ वटा टांका लगाइएको छ । अहिले उनको बीरगंजको हेल्थकेयर अस्पतालमा उपचार भइरहेको छ ।

 

अन्सारीलाई निर्धात कुटपीट गर्नेमा सोही ठाउका फैयाज अन्सारी सहित अन्य दुईजना रहेको पीडित पक्षले बताएका छन 

पीडित पक्षले कुटपीटमा संलग्न भएकाहरुलाई कारवाही गर्न माँग गर्दै पर्सा प्रहरीमा उजुरी दिएपनि पर्सा प्रहरीले झारा टार्ने गरी इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीलाई निवेदन पठाएको छ ।

466844638_1586023992301621_1050445617475326225_n.png?stp=dst-png_p720x720&_nc_cat=108&ccb=1-7&_nc_sid=0024fc&_nc_ohc=C4BmKzdTp8kQ7kNvgHthSqU&_nc_ad=z-m&_nc_cid=0&_nc_zt=23&_nc_ht=scontent.xx&oh=03_Q7cD1QHAmF61JBx6qJA7QCrhH3IVlaLwn_xk7jYe_lGBjmF4qA&oe=67640348

 इलाका प्रहरी कार्यालय आफै भने मुद्धाको अनुसन्धान तहकिकात र मुद्धा चलाउने अख्तियारी प्राप्त कार्यालय होइन । प्रहरीले नावालकको टाउकोमा गहिरो घाउ लागेको घटनालाई नजरअन्दाज गरेर दोषीलाई घुमाउरो पारामा संरक्षण गरेको भन्दै पीडितले न्यायको याचना गरेका छन ।


कुटपीटिमा संलग्न फैयाज अन्सारी लगायतका ब्यक्तिहरु भने फरार रहेका छन । घाइतेलाई नारायणी अस्पतालमा प्रारम्भमा उपचार गरेको पछि उनलाई बीरगंज हेल्थ केयरमा भर्ना गरि उपचार हुदै आएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

स्व.उमा सिंहको स्मृतिमा जनकपुरमा महासंघको आयोजनामा बिभिन्न कार्यक्रम सम्पन्न

जनकपुरधाम । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले शहिद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवसको अवसर पारेर आइतबार पत्रकारहरूको स्वास्थ्य अवस्था र पेशागत सुरक्षासम्बन्धी यथार्थ प्रश्नहरूलाई उजागर गर्ने उद्देश्यसहित दुईवटा महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.