logo

लगानीको वातावरण र रोजगारी सृजना गर्नुपर्छ : उद्योगपति विनोद चौधरी

      1/28/2021 गते 00 00 मा प्रकाशित     987   पटक पढिएको

उद्योगपति  विनोद चौधरीले नेपालमा लगानीको वातावरण र रोजगारीको सृजना गर्नु पर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेसको लगानी, पूर्वाधार र रोजगार विशेष समितिले वीरगन्जमा बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा समितिका संयोजक समेत रहेका चौधरीले राजनीतिकदलहरु भित्रपनि धेरै व्यक्तिहरु गरिखाने व्यक्तिहरु भएकोले उनीहरुका लागि एउटा प्लेटफर्म तयार गर्ने उद्देश्य सहित ‘गरिखाने अभियान’ शुरु गरेको जानकारी दिए ।

म यो कामगर्न चाहान्छु भन्नेले कामको योजना बनाउन सक्नुपर्दछ । विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय योजनाहरु प्रशस्तै छन् । नेपाली कांग्रेसको लगानी, पूर्वाधार र रोजगार विशेष समितिका संयोजक र निवर्तमान सांसद समेत रहेका उद्योगपति चौधरीले ठगीखाने होईन मुलुकभरी गरिखानेमा विश्वास गर्नेहरुलाई कसरी मूलधारमा ल्याउन सकिन्छ ? त्यसको लागि नेपाली कांग्रेसले नेतृत्व गरेको समिति नै प्लेटफर्म बन्नुपर्छ भन्ने उद्देश्यले अभियान शुरु गरेको र यसलाई छिटै कार्यान्वयनमा ल्याइने पनि उनले बताए ।

समाजमा गरिखानेप्रतिको सकारात्मक भावना र त्यसपछि समाजले गरिखाने भन्ने सिद्धान्तको निर्माण गरेर  परिवर्तन ल्याउने नै अभियानको उद्देश्य रहेको बताए । कोरोनाभाइरस (कोभिड–१९) महामारीले अहिले आपूर्ति श्रृंखला तोडिएको अवस्थामा अब देशमै आफैले केही गर्नुपर्छ भन्ने पाठ सिकाएकोले पनि गरिखाने अभियानले यसको लागि सातवटै प्रदेशमा संरचना निर्माण गर्ने उनले बताए । काम गर्नेहरुलाई हौसला र प्रोत्साहन गर्नुपर्ने बताउदै उनले भने, “फ्रण्टियर्सलाई ल्याउनुपर्छ । बेरियर (अवरोध) लगाउने होईन ।

सकारात्मक दृष्टिकोणका प्रतिनिधि पात्रहरुको संख्या वृद्धि गर्नुपर्छ ।” वीरगन्ज, भनेको उद्योग र व्यावसायको सबैभन्दा अग्रपंक्तिमा रहेको ऐतिहासिक स्थान र पहिचान बोकेको सहर पनि भएकोेले यो गरिखाने अभियानको सुरुवात वीरगन्जबाटै गरिने बताए । उनले थपे, “गरिखाने बन्न चाहान्छौं । राजनीतिक व्यक्तिहरु र राजनीतिज्ञहरुको बीचमा पनि गरिखानेहरुको बर्चस्व हुनुपर्छ । यो एकखालको क्रान्ति नै हो । गरिखाने बन्न चाहान्छौं । संचालन गर्ने पार्टीले मात्रै सम्पन्न राष्ट्र बनाउन सक्छ भन्ने विश्वमा स्थापित भएको छ ।”

कुनै नयाँ चिज र सोच आउने वित्तिकै किन हुन सक्दैन ? भन्नेबाट छलफल शुरु हुन्छ । तर, यो किन होईन, कि जसरी पनि गरि छाड्छौं भन्ने संकल्पका साथ अगाडि बढ्छौं । गर्नसक्नेहरुलाई आफ्नो ठाउँमा उभ्याउन सक्नुपर्छ, उनले भने । अभियानका सहसंयोजक तथा संविधानसभा सदस्य अनिल कुमार रुंगटाले धेरै युवा उद्यमीहरु लगानी सुरक्षाको विषयमा चिन्तित भएकोले उनीहरुलाई लगानीको प्रोत्साहन र वातावरण आवश्यक भएकोले यसको लागि अभियान सहयोगी बन्ने विश्वास व्यक्त गरे ।

नेपाल प्रेस युनियन पर्साका उपाध्यक्ष विजय चौहानको अध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेस पर्साका सभापति अजय द्विवेदी, पूर्वमन्त्री सुरेन्द्र चौधरी, संविधानसभा सदस्य उमेश श्रेष्ठ, नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का अध्यक्ष दिपेन्द्र चौहान, पर्सा अध्यक्ष श्याम बञ्जारा लगायतको उपस्थिति रहेको थियो ।  

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.