logo

कानून कार्यान्वयनमा तीनै तहको समान्वयात्मक भूमिका आवश्यक रहेको राष्ट्रियसभाकी उपाध्यक्ष दाहालको भनाई

      1/28/2021 गते 00 00 मा प्रकाशित     631   पटक पढिएको

राष्ट्रिय सभाकी उपाध्यक्ष शशीकला दाहालले महिला हिंसा न्यूनीकरणका लागि ऐन कानूनको प्रभावकारी कार्यान्वयनमा तीनवटै तहको सरकारको समन्वयको आवश्यकता रहेको बताउनुभएको छ । स्थानीय जनप्रतिनिधिहरुसँग भेटघाट गर्ने सिलसिलामा आज वीरगन्ज महानगरपालिका आईपुग्नुभएकी उपाध्यक्ष दाहालले अहिले निर्माण भएका ऐन कानूनहरुको प्रभावकारी कार्यान्वन नहुँदा नै महिला हिंसाका घटनाहरु हुने गरेको बताउदै प्रभावकारी कार्यान्वयनमा तीनवटै तहको सरकारको समन्वयात्मक भूमिका हुनुपर्नेमा जोड दिनुभएको हो ।

वीरगन्ज महानगरपालिकाका जनप्रतिनिधिहरुसँग भएको भेटमा उपाध्यक्ष दाहालले स्थानीय तहले महिलाहरुको विषयमा संचालन गरिएको कार्यक्रमहरुको बारेमा जानकारी समेत लिनुभएको छ । भेटका क्रममा वीरगन्ज महानगरपालिकाका प्रमुख विजय कुमार सरावगीले महिला हिंसा अन्त्यका लागि बनेका कानूनहरुलाई प्रभावकारी कार्यान्वयन गर्न स्थानीय तह प्रतिवद्ध रहेको र कतिपय महिलाहरुको क्षमता विकास पनि गर्नुपर्ने आवश्यकता रहेकोले त्यसतर्फ ध्यान केन्द्रीत गरेको बताउनुभयो ।

नगरप्रमुख सरावगीले महानगरपालिकाले महिलाहरुको क्षमता विकास, आर्थिक रुपमा सम्पन्न बनाउनकै लागि महिला लक्षित विभिन्न सीपमूलक आयआर्जनका कार्यक्रमहरु पनि संचालन गरेको जानकारी दिदै महिलाहरुलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन सकेमा महिला हिंसा न्यूनीकरणमा सहयोग पुग्ने बताउनुभयो । महानगरपालिकाकी उपमेयर एवं न्यायिक समितिकी संयोजक शान्ति कार्कीले न्यायिक समितिमा कार्यसम्पादन गर्दा भएका कानूनहरु कार्यान्वयनमा प्रदेश सरकार र संघ सरकारले पनि सहयोग गर्नुपर्ने बताउनुभयो ।

महिला सदस्यहरुले छोरीहरु माथि अझैपनि हिंसा नरोकिएको गुनासो गर्दै अझै विभिन्न बाहानामा छोरीचेलीहरुले ज्यान गुमाउनु पर्ने घटनाहरु रोक्नुपर्ने बताए । उपाध्क्ष दाहाललाई महानगरपालिकाका नगर प्रमुख सरावगीले अहिलेसम्म महानगरले गरेको विभिन्न गतिविधिहरुको बारेमा जानकारी गराउनुभएको थियो ।   
 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




समाज

मननपुरको बाँसघारीमा २४ किलो लागु औषध चरेस बरामद

वीरगन्ज । पर्साको पोखरियाबाट सशस्त्र प्रहरीले २४ किलो ५०० ग्राम  लागूऔषध चरेस बरामद गरेको छ ।

मधेश प्रहरी प्रमुख आचार्य सहित ६ जना एआईजीमा बढुवा सिफारिश

काठमाडौं । मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक(डिआईजी) लालमणि आचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआईजी) पदमा बढुवा सिफारिस गरिएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.