logo

लामिछानेका सर्मथक फेरी निराश, पर्साबाट पनि जारी भयो पक्राउ पूर्जी

 इसीमाना सम्वाददाता     २०८१ मंसिर १९ गते ०५: ३१ मा प्रकाशित     295   पटक पढिएको

बीरगन्ज । बीरगंजको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिनाको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रबी लामिछाने बिरुद्ध पर्साबाट पनि पक्राउ पूर्जी जारी भएको छ ।


अनुसन्धानको नाममा बिभिन्न जिल्लाबाट पक्राउ पूर्जी जारी हुदै बयान दिदै आएका लामिछानेको बयान सकियो होला भन्ने लागेकाहरुलाई निराश बनाउदै बुधबार पर्सापनि पक्राउ पूर्जी जारी भएको छ ।

पर्सा प्रहरीले प्रहरीले सानो पाइला बचत ऋण तथा सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा अनुसन्धान गर्न पक्राउको अनुमति माग गरेको थियो ।

 प्रहरीले लामिछानेसहित १४ जना अनुसन्धानको लागि पक्राउको अनुमति मागेपछि जिल्ला अदालत पर्साले पक्राउ पूर्जी जारी गरेको पर्सा प्रहरीका प्रमुख कुमोध ढुंगेलले बताए ।

उनका अनुसार बीरगन्जको सानो पाइला बचत तथा क्रृण सहकारी संस्थाको रकम अपचलन भएको मुद्दामा लामिछानेसहित १४ जनालाई  अनुसन्धान गर्नुपर्ने देखिएको छ । त्यही सिलसिलामा हिरासतमा राखेर अनुसन्धान गर्नका लागि अनुमति मागिएको प्रहरीले जानकारी दिएको छ ।

अब बयानका लागि प्रहरीसंग समन्वय गरेर सभापति लामिछानेलाई बीरगन्ज ल्याउनेबारे तयारी थालिएको प्रहरीले बताएको छ ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

स्व.उमा सिंहको स्मृतिमा जनकपुरमा महासंघको आयोजनामा बिभिन्न कार्यक्रम सम्पन्न

जनकपुरधाम । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले शहिद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवसको अवसर पारेर आइतबार पत्रकारहरूको स्वास्थ्य अवस्था र पेशागत सुरक्षासम्बन्धी यथार्थ प्रश्नहरूलाई उजागर गर्ने उद्देश्यसहित दुईवटा महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.