नेपाल पत्रकार महासंघ प्रदेश समिति प्रदेश नम्बर २ को दोश्रो प्रदेश अधिवेशन फाल्गुण १ गते बीरगंजमा हुने भएको छ । प्रदेश समितिको आज बीरगंजमा बसेको बैठकले अधिवेशनको तिथि तय गरेको हो ।
प्रदेश अध्यक्ष दिपेन्द्र चौहानको अध्यक्षता एवम महासंघका केन्द्रिय सदस्य अवधेश झाको बिशेष उपस्थितिमा सम्पन्न बैठकले बीरगंज महानगरपालिकाका प्रमुख बिजय कुमार सरावगीलाई सम्मान गर्ने निर्णय गरेको छ ।
बैठकले साधारण सभा सभ्य र भब्यरुपमा सम्पन्न गर्नका लागि प्रब्यवस्थापन समिति गठन गरेको छ । समितिको सदस्यहरुमा सचिव गुरुप्रसाद गौतम, सदस्यहरु सिकेन्द्र पासवान, जीतलाल श्रेष्ठ, भोजराज भट्टराई, नेपाल पत्रकारमहासंघ पर्सा शाखाका अध्यक्ष श्याम बन्जरा, बारा शाखाका अध्यक्ष कमल कुमार उपाध्याय रहेका छन् ।
अतिथि सत्कार उपसमितिको संयोजकमा उपाध्यक्ष रिन्कु मिश्रा गायत्री, सदस्यहरुमा प्रदेश सदस्य ललिता साह, चन्दा कुमारी साह वीरगंजका कृयाशिल पत्रकारहरु लक्ष्मी खरेल, सुस्मा शर्मा, मारहनु भएको छ ।
पुरस्कार छनौट समितिको संयोजकमा अध्यक्ष दिपेन्द्र चौहानको संयोजकत्वमा अध्यक्षले दुई जना थप्ने गरी तीन जनाको मिति गठन गर्ने निर्णय भएको छ ।
प्रचारको कामको संयोजन गर्नकालागि सचिव आरएन विश्वासको संयोजकत्वमा सदस्यहरु अजय साह, शैलेन्द्र झा, अजित कुमार सिंह र हदिश खुदार रहेको उपसमिति गठन गरेको छ ।
आवास तथा भोजन ब्यवस्थापन समितिको संयोजकमा कोषाध्यक्ष प्रविण साह, सदस्यमा जगत राई र सिकेन्द्र पासवान रहेका छन् ।
तपाईको प्रतिक्रिया