logo

पत्रकार महासंघ प्रदेश दुईका  सात  शाखा अध्यक्षको अपिल त्रुटी नसच्चिए अधिवेशनमा सहभागी हुदैनौ

      2/6/2021 गते 00 00 मा प्रकाशित     1028   पटक पढिएको

नेपाल पत्रकार महासंघ प्रदेश २ ले विधि, विधान र प्रक्रिया मिचेर नयाँ सदस्यता तथा नवीकरणबारे केन्द्रिय समितिमा सिफारिस गरेको भन्दै ७ वटा जिल्ला शाखाका अध्यक्षहरुले अविलम्ब सच्याउन माग गरेका छन् ।

शनिबार जनकपुरधाममा प्रदेश २ का ७ वटा जिल्ला शाखाका अध्यक्षहरुको भेलाबाट २ बुँदे निर्णय गर्दै पत्रकार महासंघ प्रदेश २ ले केन्द्रिय समितिमा गरेको सिफारिस फिर्ता लिई नसच्याए फागुन १ गते हुने भनिएको प्रादेशिक साधारणसभामा सहभागी नहुने चेतावनी समेत दिएका छन् ।

नेपाल पत्रकार महासंघ धनुषा शाखाका अध्यक्ष अनिल मिश्रको अध्यक्षतामा भएको भेलाबाट नेपाल पत्रकार महासंघ प्रदेश २ को समितिले शाखाहरुको अधिकारलाई कुण्ठित गरी विधान विपरित सदस्यता वितरण, नविकरण र थपघट गर्ने काम गरेकोले त्यसलाई अविलम्ब सच्याउन माग गर्ने एवं प्रदेश समितिको आगामी फागुन १ गते वीरगञ्जमा हुने दोश्रो अधिवेशन अगावै सदस्यता वितरण र नविकरणको सन्दर्भमा देखिएका समस्याहरु समाधान नभए अधिवेशनमा आफूहरुको सहभागिता नरहने विज्ञप्तिमा उल्लेख छ ।

नेपाल पत्रकार महासंघका ७ वटा शाखाका अध्यक्षहरुको भेला पछि संयूक्तरुपमा जारी गरिएको प्रेस विज्ञप्तिमा धनुषाका अध्यक्ष अनिल मिश्र, रौतहटका अध्यक्ष रविन्द्र साह, सप्तरीका अध्यक्ष जितेन्द्र खड्गा, सिरहाका अध्यक्ष दिनेश्वर गुप्ता, बाराका अध्यक्ष कमल उपाध्याय, पर्साका अध्यक्ष श्याम बञ्जारा र सर्लाहीका अध्यक्ष विश्वनाथ ठाकुरले संयूक्तरुपमा हस्ताक्षर गरेका छन् ।

भेलाबाट भएको निर्णयहरु पत्र सहित नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य अवधेश झा, प्रदेश २ का उपाध्यक्ष के.सी. लामिछाने, महासचिव किरण कर्णलाई समेत हस्तान्तरण गरी अविलम्ब सच्याउन माग गरिएको छ ।

यस अघि प्रेस संगठन नेपाल प्रदेश समिति र मधेशी पत्रकार समाज प्रदेश २ ले छुट्टा छुट्टै बिज्ञप्ति जारी गरि प्रदेश समितिका अध्यक्ष दीपेन्द्र चौहानले गरेको सिफारिशलाई स्वीकार गर्न नसकिने जनाएको छ । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

मलखाद नपाएपछि बहुदरमाईमा जनआक्रोश, नगर कार्यालयमा तालाबन्दी

वीरगञ्ज । खेतीपातीको मुख्य समयमा मलखादको अभावका कारण आक्रोशीत भएका  बहुदरमाई नगरपालिका–४ का स्थानीय बासिन्दाले कार्यालयमा तालाबन्दी गरेका छन ।

बाघको आक्रमणबाट ७० वर्षिय थारुको ज्यान गयो

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट जिराभवानी गाउँपालिका–२ काठमाडौं टोल निवासी ७० वर्षीय नथुनी मिर्दाहा थारुको मृत्यु भएको छ ।

खेलकुद

ठोरीमा भदौ ६ देखि ७ ए–साइड फुटबल प्रतियोगिता संचालन हुने

वीरगंज । ठोरी गाउँपालिका–३, नयाँबस्ती ब्रह्मनगरमा रहेको आईटी कलेज खेल मैदानमा चौथो संस्करणको ७ ए–साइड फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.