धनुषाका ५४ वर्षिय ब्यवसायी प्रोद रेग्मीको हत्यामा उनकै सालोको हात रेहेको रहस्योदघाटन भएको छ । माघ १३ गते रेग्मी धनुषामाको क्षिरेश्वरनाथ नगरपालिका – ७ स्थित सञ्चालित क्षिरेश्वर डिष्टिलरीमै मृत अवस्थामा फेला परेका थिए । रेग्मी सुत्ने कोठामै उनको शव फेला परेको थियो ।
उदयपुरको त्रियुगाका स्थायी बासिन्दा रेग्मीको हत्या धनुषा क्षिरेश्वरनाथ नगरपालिका – ७ दुर्गा टोल वस्ने वर्ष ३५ का निरज खातीले गरेको अनुसन्धानबाट खुलेको हो । खाती रेग्मीका सालो हुन । उनलाई प्रहरीले शुक्रवार पत्रकार सम्मृलन गरि सार्वजनीक गरेको हो ।
डिष्टटलरीमा शेयरको कारण रिसबी राखी खातीले भिनाजु रेग्मीलाई अत्यधिक मदिरा खुवाई बाँसको लठ्ठीले टाउकोमा प्रहार गरि हत्या गरेको अनुसन्धानबाट खुलेको धनुषाका डीएसपी मकेन्द्र मिश्रले जानकारी दिनु भयो ।
पक्राउ परेका मृतक रेग्मीका सालो खातीलाई धनुषा जिल्ला अदालतबाट म्याद थप गरी विस्तृत अनुसन्धान भई रहेको डीएसपी मिश्रले बताउनु भयो ।
तपाईको प्रतिक्रिया