logo

प्रधानमन्त्रीले सम्बोधन गर्ने सभाको सम्पूर्ण तयारी पुरा, २५ हजार सर्वसाधरणले सभामा भाग लिने आयोजकको दावी

 इसीमाना सम्वाददाता     २०८१ पौष १३ गते ०८: ४२ मा प्रकाशित     256   पटक पढिएको

वीरगन्ज । नेकपा एमालेका मधेश प्रदेशका इन्चार्ज लिलानाथ श्रेष्ठले आफ्नो पार्टीमा राम्रो ब्यक्ति ल्याउने प्रयास गरेको बताएका छन् ।

आइतवार पर्साको सखुवाप्रसौनी गाउँपालिकाको श्रीपुर पँचगावामा आयोजना गर्न लागिएको पार्टी प्रवेश कार्यक्रमका बिषयमा जानकारी दिन बीरगंजमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै श्रेष्ठले  यस्तो बताएका हुन् ।

उनले पार्टीमा राम्रा मान्छे प्रवेश गराउने भन्दै गर्दा केही राम्रो प्रवृति नभएकाहरु पनि प्रवेश हुन सक्ने कुरालाई अस्वीकार भने गरेनन् । उनले भने, ‘राम्रो नराम्रो हुने कुरा सामान्य जस्तो भएपनि राम्रोको पक्षमा हाम्रो ध्यान जानेछ ।’

पूर्वमन्त्री समेत रहेका नेता श्रेष्ठले मधेशको बिकासका लागि ठोस योजना बनाएर अगाडि बढ्ने पार्टी  नेकपा एमाले भएकोले पार्टीलाई समेत बलियो बनाउन आवश्यक रहेको बताए ।

 

उनले मधेशको बिकासमा नेकपा एमाले  र त्यसका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा कोशी मरिन डाइर्भसन सिचाई परियोजना, हुलाकी राजमार्ग, मधेशका जिल्लाका सदरमुकामहरुको सघन शहरीकरणका बिषयमा गरेको काम स्मरणीय रहेको बताए ।

नेता श्रेष्ठले पार्टी प्रवेश कार्यक्रमका सन्दर्भमा चर्चा गर्दै पाँच हजार ब्यक्ति एमालेमा प्रवेश गर्ने र सभामा २५ हजार सर्वसाधारणको सहभागीता हुने बताए।

पत्रकार सम्मेलनमा नेकपा एमालेका नेताहरु प्रभू हजरा, राजकुमार गुप्ता, निर्मला देवकोटा, पार्टीका प्रदेश अध्यक्ष चन्देश्वर मण्डल, प्रदेश उपाध्यक्ष बिचारी यादव ,जिल्ला अध्यक्ष डा.बिश्वम्भर ,प्रदेश सरकारका खेलकुद मन्त्री प्रमोद जयसवाल,शर्मा शिवजी गुप्ता लगायतका नेताहरुको सहभागिता रहेको थियो ।

सखुवाप्रसौनीमा हुने कार्यक्रममा सोही गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जयसवाल लगायतका नेता तथा कार्यकर्ताहरुको एमाले प्रवेशको कार्यक्रम रहेको छ ।

भोली बिहान ११ बजे हुने पार्टी प्रवेश कार्यक्रमको मञ्च व्यवस्थापन, शान्ति सुरक्षा लगायतको तयारी सम्पन्न भएको मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादवले बताए ।
यादवले भोली हुने कार्यक्रमलाई एतिहासिक बनाउन पर्सा जिल्ला कमिटी र मधेश प्रदेश कमिटी जोडतोडले लागि परेको बताए । कार्यक्रम प्रेस चौतारी नेपाल पर्साका अध्यक्ष तुलसी भण्डारीको अध्यक्षतामा भएको थियो । 

 

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

स्व.उमा सिंहको स्मृतिमा जनकपुरमा महासंघको आयोजनामा बिभिन्न कार्यक्रम सम्पन्न

जनकपुरधाम । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले शहिद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवसको अवसर पारेर आइतबार पत्रकारहरूको स्वास्थ्य अवस्था र पेशागत सुरक्षासम्बन्धी यथार्थ प्रश्नहरूलाई उजागर गर्ने उद्देश्यसहित दुईवटा महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.