logo

पंचगावामा बिशाल सभा, देशभक्त ,बिकास चाहने सबैलाई एमालेमा संगठीत हुन अध्यक्ष ओलीको अपिल

 इसीमाना सम्वाददाता     २०८१ पौष १४ गते ०४: ०६ मा प्रकाशित     302   पटक पढिएको

वीरगञ्ज । प्रधानमन्त्री के.पी.ओलीले देश बनाउने पार्टी नेकपा एमाले भएको बताएका छन ।

 

पर्साको सखुवा प्रसौनीको पचगावा मैदानमा आयोजना गरिएको बृहत् पार्टी प्रवश कार्यक्रमलाई सक्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले देश बनाउने पार्टी एमाले भएकोले आन्यपार्टीमा रहेका देशभक्त  र बिकास चाहने सबैलाई एमालेमा आउन अपिल गरे । 


उनले भने मधेश र देशलाई समृद्ध बनाउने अभिभारा नकपा एमालेले मात्र पुरा गर्ने संकल्प लिएको छ त्यो पुरा गरेर छाडिन्छ । 

प्रधानमन्त्री ओलीले अहिलेको एमाले–काँग्रेसको संयुक्त सरकारले विकासको गति रोक्न चाहने कुनै पनि शक्तिलाई सफल हुन नदिने बताए ।

 

उनले भने बर्तमान सरकार देशमा रहेका राजनीतिक अस्थिरता र बेथिति हटाउने उद्देश्यले  गठन भएको उल्लेख गर्दै ओलीले मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउने स्पष्ट पारे । उनले भने मुलुकमा राजनीतिक क्रान्ति सम्पन्न भयो अव आर्थिक क्रान्तिको पालो हो । 

प्रधानमन्त्री ओलीले आगामी निर्वाचनलाई लक्षित गर्दै नेकपा एमालेले सुरु गरेको ‘मिसन २०८४’ को चर्चा गर्दै प्रधानमन्त्री ओलीले  आगामी निर्वाचनबाट एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्न आवश्यक रहेको बताए । 

ओलीले मधेसका सामाजिक र आर्थिक समस्याहरू समाधान गर्ने जिम्मेवारी एमालेले मात्र लिन सक्ने दाबी गरे । हुलाकी राजमार्ग निर्माण, १० स्मार्ट सिटीको परिकल्पना, र सुनकोसी मरिन डाइभर्सन सिँचाइ आयोजना एमाले नेतृत्वको सरकारले अगाडि बढाएको उनले उल्लेख गरे ।

ओलीले मधेसका महिलाहरूलाई चुलो–चौकाबाट बाहिर आएर प्रगतितर्फ अघि बढ्ने प्रेरणा दिन एमाले कार्यकर्ताहरूलाई निर्देशन दिए । युवा–विद्यार्थीलाई कुलत र दुर्व्यसनबाट जोगाउन पनि पार्टीले काम गर्नुपर्नेमा उनले जोड दिए ।

 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

गोलबजारमा करेन्ट लागेर टिपरधनीको मृत्यु, सवारीमा आगलागी

सिरहा । गोलबजार नगरपालिका क्षेत्रमा टिपरको हाइड्रोलिक उठाउने क्रममा विद्युत् प्रसारण लाइनमा छोएपछि करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। घटनापछि सवारीमा आगलागीसमेत भएको प्रहरीले जनाएको छ।

महावीर चोकमा राति दुर्घटना,एक युवकको मृत्यु, अर्का घाइते

वीरगन्ज । पर्साको वीरगन्ज महानगरपालिका–१५ स्थित महावीर चोकमा बिहीबार राति भएको मोटरसाइकल दुर्घटनामा एक युवकको ज्यान गएको छ भने अर्का एक जना घाइते भएका छन्।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.