logo

यस पटकको  ‘ गोतामे पत्रकारिता पुरस्कार’ धनगढीका बरिष्ठ पत्रकार थापालाई  

      2/14/2021 गते 00 00 मा प्रकाशित     996   पटक पढिएको

 पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानले स्थापना गरेको ‘गोतामे पत्रकारिता स्वर्ण पदक’ धनगढीका वरिष्ठ पत्रकार चित्राङ्ग थापालाई प्रदान गरिएको छ । पत्रकार थापालाई एक तोलाको स्वर्ण पदक र सम्मान पत्र प्रदान गरिएको हो ।

धनगढीका पत्रकार थापा करिब चारदशकको पत्रकारितासँगै सामुदायिक पत्रकारिताकालागि स्थापित ब्यक्तित्व हुनुहुन्छ। आज बीरगंजमा नेपाल पत्रकार महासङ्घ, पर्साको सभाहलमा बीरगंजका प्रतिष्ठित उधोगपति रुङ्गटा वेलफेयर सोसाइटीका अध्यक्ष मुरलीधर रुङ्गटाले  पत्रकार  थापालाई पदक र सम्मान अर्पणगर्नु भएको हो ।

कार्यक्रममा नेपाली कांग्रेसका अध्यक्ष अजय कुमार द्विवेदी, जसपाका शिव पटेल,नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी  नेपाल पत्रकार महासङ्घ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य महेश दास स्व.गौतम की धर्मपत्नी सुधा गौतम लगायतले गोपालचन्द्र गौतमका बारेमा चर्चा गर्नु भएको थियो ।  

 

 प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष चन्द्रकिशोरले स्व. गौतमको जीवनी र पत्रकार थापाको बारेमा प्रकाश पार्नु भएको थियो ।

प्रतिष्ठानका सदस्य एवं नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष श्याम बन्जाराले संचालन गर्नु भएको कार्यक्रमा  प्रतिष्ठानका सचिवएवं नेपाल पत्रकार महासङ्घ प्रदेश २ का उपाध्यक्ष के.सी .लामिछाने,स्व.गौतमका  छोरा हिमाल गौतम, प्रतिष्ठानका सदस्य महेश गौतम,, समाजसेवी पशुपति विक्रम शाह, उषा शाह, नेपाल रेडक्रस सोसाइटी पर्साका उपसभापति मधु राणा,  समाजवादी पार्टी जिल्ला सचिव तबरेज अहमद नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी कोषाध्यक्ष भूषण यादव कविता खड्का लक्ष्मी खरेल लगायतको  समारोहमा सहभागिता रहेको थियो  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

प्रवासी नेपाली मंच स्लोभाकियाको अध्यक्षमा रुद्र किसन चयन

बेल्जियम । प्रवासी नेपाली मन्च स्लोभाकियाले रुद्र किसनलाई मन्चको अध्यक्ष चुनेको छ । मन्चको प्रथम अनलाइन भेलाले किसनको अध्यक्षतामा नयाँ कार्यसमिति चुनेको हो। भेलाले  ३१ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको अध्यक्ष नेपाल सर्वसम्मत

बेल्जियम । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद बेल्जियमको १० औं राष्ट्रीय महाधिबेशनले लोकेन्द्र नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।

भिजिट भिसा प्रकरण ,पत्रकार महासंघ युकेको स्पाष्टोक्ति, गरिमा ख्याल राख्न अपिल

वीरगंज। नेपाल पत्रकार महासंघ यूकेले अधिवेशनको सन्दर्भमा ‘दर्जनभन्दा बढी व्यक्तिले भिजिट भिसा लिएको आशंका’ भन्दै आएका समाचारप्रति गम्भीर आपत्ति जनाएको छ।

समाज

रौतहटको बसबिट्टी जिङ्गडिया एक महिलालाई  बोक्सीको आरोपमा चारपाटे मुडेर निर्घात कुटपिट

रौतहट।  रौतहटको गरुडा नगरपालिका–८ बसबिट्टी जिङ्गडिया निवासी ५५ वर्षीय सुशीला देवीलाई  बोक्सीको आरोपमा कुटपिट सहित अमानवीय व्यवहार गर्नेहरु फरार भएका छन ।

भ्रष्टाचारविरुद्ध वीरगंजमा पनि जेन–जी पुस्ताको प्रर्दशन

वीरगंज । भ्रष्टाचारविरुद्ध जेन–जी पुस्ताको आह्वानमा वीरगंजमा पनि प्रदर्शन शुरु भएको छ ।

खेलकुद

क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा उनको जन्मगाउँमा क्रिकेट रङ्गशाला बनाउन शुरू

स्याङ्गजा । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान क्रिकेटर सन्दीप लामिछानेको सम्मानमा स्याङ्जामा क्रिकेट रङ्गशाला बनाउन शुरू गरिएको छ ।

राष्ट्रपति रनिङ शिल्डमा वीरगंजको लगातार तेस्रो जीत

वीरगंज  । वीरगंज महानगरपालिकाले लगातार तेस्रो वर्ष राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा प्रथम स्थान हासिल गर्दै शिल्ड आफ्नो स्थायी स्वामित्वमा ल्याएको छ ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2021 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.