logo

यस पटकको  ‘ गोतामे पत्रकारिता पुरस्कार’ धनगढीका बरिष्ठ पत्रकार थापालाई  

      2/14/2021 गते 00 00 मा प्रकाशित     1151   पटक पढिएको

 पत्रकार गोपालचन्द्र गौतम प्रतिष्ठानले स्थापना गरेको ‘गोतामे पत्रकारिता स्वर्ण पदक’ धनगढीका वरिष्ठ पत्रकार चित्राङ्ग थापालाई प्रदान गरिएको छ । पत्रकार थापालाई एक तोलाको स्वर्ण पदक र सम्मान पत्र प्रदान गरिएको हो ।

धनगढीका पत्रकार थापा करिब चारदशकको पत्रकारितासँगै सामुदायिक पत्रकारिताकालागि स्थापित ब्यक्तित्व हुनुहुन्छ। आज बीरगंजमा नेपाल पत्रकार महासङ्घ, पर्साको सभाहलमा बीरगंजका प्रतिष्ठित उधोगपति रुङ्गटा वेलफेयर सोसाइटीका अध्यक्ष मुरलीधर रुङ्गटाले  पत्रकार  थापालाई पदक र सम्मान अर्पणगर्नु भएको हो ।

कार्यक्रममा नेपाली कांग्रेसका अध्यक्ष अजय कुमार द्विवेदी, जसपाका शिव पटेल,नेपाल प्रेस युनियनका महासचिव अजयबाबु शिवाकोटी  नेपाल पत्रकार महासङ्घ प्रदेश २ का अध्यक्ष दीपेन्द्र चौहानले नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य महेश दास स्व.गौतम की धर्मपत्नी सुधा गौतम लगायतले गोपालचन्द्र गौतमका बारेमा चर्चा गर्नु भएको थियो ।  

 

 प्रतिष्ठानका अध्यक्ष जगदीशप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष चन्द्रकिशोरले स्व. गौतमको जीवनी र पत्रकार थापाको बारेमा प्रकाश पार्नु भएको थियो ।

प्रतिष्ठानका सदस्य एवं नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष श्याम बन्जाराले संचालन गर्नु भएको कार्यक्रमा  प्रतिष्ठानका सचिवएवं नेपाल पत्रकार महासङ्घ प्रदेश २ का उपाध्यक्ष के.सी .लामिछाने,स्व.गौतमका  छोरा हिमाल गौतम, प्रतिष्ठानका सदस्य महेश गौतम,, समाजसेवी पशुपति विक्रम शाह, उषा शाह, नेपाल रेडक्रस सोसाइटी पर्साका उपसभापति मधु राणा,  समाजवादी पार्टी जिल्ला सचिव तबरेज अहमद नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष अनुप तिवारी कोषाध्यक्ष भूषण यादव कविता खड्का लक्ष्मी खरेल लगायतको  समारोहमा सहभागिता रहेको थियो  ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

महानगरको कार्यवाहक प्रमुखमा आलम, कर्मचारीले गरे राहतको अनुभव

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले कार्यवाहक नगरप्रमुखको जिम्मेवारी सम्हालेका छन ।

बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा ५५ वर्षीया महिलाको ज्यान गयो

सर्लाही । सर्लाहीको बागमतीमा आइतबार बिहान बिग्रिएको एक इभी हाइसले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ  । अर्की एक महिला गम्भीर घाइते भएकी छिन्।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.