logo

धनुषा प्रहरी प्रमुखको बिशेष कृपा पाएका ठाकुर अन्तत प्रहरी हिरासतमा , स्थानीयको सवाल , अरु कहिले पक्राउ पर्छन ?

 इसीमाना सम्वाददाता     २०८१ पौष २९ गते ०४: १४ मा प्रकाशित     838   पटक पढिएको

बीरगंज । वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का तत्कालीन निर्देशक बलराम ठाकुर ठगी प्रकरणमा पक्राउ परेका छन् ।

सरकारी छाप र दस्तखत किर्ते गरी ३० लाख रुपैयाँ हिनामिना गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा धनुषामा जाहेरी परेपछि ठाकुरलाई सोमबार ललितपुरको भैंसेपाटीबाट पक्राउ गरिएको हो ।


यसो त धनुषा जिल्ला अदालतले गत भदौ १६ गते पक्राउ आदेश जारी गरेको थियो । तर धनुषा प्रहरीका प्रमुख भुवनेश्वर तिवारीको बिशेष कृपामा ठाकुरलाई पक्राउ गरिएको थिएन ।

 उपभोक्ता समितिको नामबाट काम गराउने अनी काम गरेको ठेकदारलाई पैसा नदिने गर्दै आएका ठाकुर यस पटक भने आफनै कर्मका कारण प्रहरीको फन्दामा परे ।

ठेकदारले काम गरे बापतको पैसा नपाएपछि ठाकुरलाई घरमै गएर कुटपीट गरेका थिए । छिमेकीले कुटपीटको घटना देखे पछि प्रहरीलाई खवर गरिदिएका थिए ।

May be an image of ticket stub and text

प्रहरी बेलैमा पुगेर उनीहरुलाई प्रहरी चौकीमा लैजादा ठाकुर बिरुद्ध पक्राउ पूर्जी जारी भएको कुरा खुल्यो  र उनी प्रहरीको हिरासतमा पुगे ।

जनकपुर उपमहानगरपालिका वडा नं १२ निवासी सुनिल साहले काम गरे बापतको पैसा नपाएपछि ठाकुरलाई घरमै गएर पैसा मागेका थिए । पैसा माग्दा भनाभन हुदा उनले हातपात समेत गरेका थिए ।

 धनुषा जिल्लाका एसपी  तिवारीको मिलोमतोमा पक्राउ आदेश जारी भएका  पाँच जना प्रतिवादी  साढे चार महिनासम्म पक्राउ नगरी खुलेआम घुमिरहेका थिए।

 उनीहरु बिरुद्धको मुद्धा सडाउने प्रपन्चमा धनुषा प्रहरी प्रमुख लागेको आरोप लागेको छ । तर लामो समय प्रतिवादीहरु अनुसन्धानको दायरामा नआउनुलाई भने अर्थपूर्ण रुपमा हेरिएको छ ।

 

 परिषदका लेखापाल सावित्री गिरी र एसपी तिवारी छिमेकी भएकोले पनि प्रहरीले बिशेष मोलाहिजा गरेको स्रोतको दावी छ ।


ठाकुरसँगै वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का अरु तीनजना कर्मचारी पनि सरकारी छाप र दस्तखत किर्ते गरी ३० लाख ठगी गरेको प्रकरणमा मुछिएका थिए ।


ठगी प्रकरणमा मुछिनेमा ठाकुरसहित परिषद्का लेखापाल सावित्री गिरी, प्रशासान प्रमुख जितेन्द्रकुमार यादव र जिन्सी शाखा प्रमुख मदनकुमार चौधरी थिए । उनीहरूविरुद्ध भदौ १६ मै धनुषा जिल्ला अदालतले पक्राउ पूर्जी जारी गरेको थियो ।


ठाकुरले हुदै नभएको गाडी भाडा बापत किर्ते सम्झौता गरेर रकम भूक्तानी लिएको,सरकारी छाप, दस्तखत, किर्ते गरी सहमति भएको देखाई विभिन्न कागजात तयार गरेर २०७६ असोज ७ मर्मतकालागि १० लाख पेश्की लिएको लगायतका अनियमितताका कार्य गरेको भन्दै उनी बिरुद्ध मुकेश यादवले उजुरी गरेका थिए । ठाकुरले यादवलाई गाडी धनी बनाएर सबै कागजात कर्तिे गरेका थिए । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खसीको मासु प्रतिकेजी एघार सय निर्धारण मासु पसल अनिवार्य रूपमा दर्ता तथा नवीकरण गर्नुपर्ने

वीरगञ्ज ।वीरगंज महानगर क्षेत्रमा खसीको मासु प्रति केजी १ हजार १ सय रुपैया निर्धारण गरिएको छ ।

तराई हस्पिटल भित्रको क्यान्टिनलाई ५० हजार जरिवाना,होटेलहरुलाई गुणस्तीय सेवा दिन निर्देश

वीरगञ्ज । अस्पताल भित्र संचालीत मापदण्ड अनुपको नपाइएपछि ५० हजार रुपैया जरिवाना गरिएको छ । वीरगंज महानगरको वडा नं.१३ मा रहेको तराई हस्पिटल भित्र संचालीत क्यान्टिनलाई दण्डीत गरिएको हो ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.