logo

एमालेलाई विभाजन गराउन प्रमुख भूमिका खेलेका नेपाललाई एमाले प्रवेश गर्न ढोका बन्द छः  महासचिव पोखरेल

 इसीमाना सम्बाददाता     २०८१ माघ ४ गते ०८: २२ मा प्रकाशित     350   पटक पढिएको

काठमाडौं ।  नेकपाएमालेका  महासचिव शंकर पोखरेलले पार्टीले ढोका खुल्ला गरे एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल सबैभन्दा अघि एमाले प्रवेश गर्ने बताएका छन । 


समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष विश्वमणी सुवेदी, उपाध्यक्ष नरेन्द्र साउद, महासचिव रामकुमार एनललगायत दर्जनौं नेताहरुलाई प्रेस चौतारीमा स्वागत गर्दै महासचिव पोखरेलले यस्तो बताएका हुन  । 

May be an image of 5 people, dais and text
महासचिव पोख्रेलले १५ वर्ष पार्टीको मूल नेतृत्व सम्हालेका नेपालले एमालेलाई विभाजन गराउन प्रमुख भूमिका खेलेकै कारण एमालेले प्रवेशको ढोका बन्द गरेको बताए ।  महासचिव पोखरेलले समाजवादीका अन्य सबै नेता कार्यकर्तालाई स्वागत गर्न पार्टी तयार रहेको बताए  । 


‘एमाले छोडेर समाजवादीमा लागेका देशभरका नेता तथा कार्यकर्तालाई आफूले लामो समय योगदान गरेको पुरानो घर एमालेमा फर्किन म आब्हान गर्दछु’, स्वागत कार्यक्रमलाई संवोधन गर्दै महासचिव पोखरेलले भने, ‘ठूलो भाग खोज्ने माधव नेपालले अहिले आप्mनो हैसियत देख्नु भएको छ । अब उहाँले जति नै रोइकराइ गरेपनि देशभरका नेता कार्यकर्ताको एमाले प्रवेश गर्न लहरलाई रोक्न सक्नुहुन्न ।’

May be an image of 5 people
 एमाले भित्र मत राख्न पाइदैन, बहस गर्न पाइदैन भन्ने भाष्य बनाएर गएका माधव नेपालले समाजवादी प्रेस संगठनका अध्यक्षलाई २४ घण्टे अल्टीमेटम सार्वजनिक गराएर प्रेस चौतारी प्रवेश गर्ने वातावरण बनाएको बताए ।महासचिव पोखरेलले एमाले भित्र निर्णय प्रक्रियामा यथेष्ट बहस गर्ने, अभिमत राख्ने र छलफल गर्ने संगठनात्मक सिद्धान्त कायम रहेको उल्लेख गरे । May be an image of 1 person, flower, dais and text

कार्यक्रममा एमाले स्थायी कमिटि सदस्य तथा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रीय अध्यक्ष, महासचिवसहितका नेताहरुको ठूलो टोली प्रेस चौतारीमा समाहित भएपछि माधव नेपालले नेतृत्व गरेको एकिकृत समाजवादीको औचित्य समाप्त भएको प्रमाणीत भएको बताए  ।

उनले केन्द्रीय अध्यक्षले नै संगठन छोडेपछि अब देशभर समाजवादी प्रेस संगठनका नेता कार्यकर्ता प्रेस चौतारीमा प्रवेश गर्ने ढोका खुलेको प्रतिक्रिया दिए  । 

May be an image of 1 person, dais and text
प्रेस चौतारीमा प्रवेश समाहित हुदैं समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्ष विश्वमणी सुवेदीले लामो समय बित्दा पनि माधव नेपालले एमाले फुटाउनुको औचित्य पुष्टि गर्न नसकेको दावी गर्दै समाजावादी छोडेर एमाले प्रवेश गर्नेको लहर देशभरी चल्ने दावी गरे  ।

 

एमालेमा बोल्न दिइएन्, मत राख्न दिइएन भनेर प्रचार गर्न लगाउने माधव नेपालले आफूले सामान्य बिचार राख्दा २४ घण्टे स्पष्टी करण दिने भित्रभित्रै नेता कार्यकर्तालाई दबाएर राख्ने काम भएकै कारण पार्टी फष्टाउन नसकेको बताए । उनले  देशभरका समाजवादी प्रेस संगठनमा रहेका नेताहरु चौतारीमा आबद्ध हुने ठोकुवा गरे । 

May be an image of 1 person, flute, oboe and clarinet
प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतको अध्यक्षतामा आयोजित स्वागत कार्यक्रममा समाजवादी प्रेस संगठन छोडेर अध्यक्ष सुवेदी, उपाध्यक्ष नरेन्द्र साउद, महासचिव रामकुमार एलन नेपोलियन चेपाङलगायत दर्जनबढि केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष, नेपाल पत्रकार महासंघका नेताहरुलाई प्रेस चौतारीमा स्वागत गरिएको प्रेस चौतारी नेपालमा महासचिव हिरामान लामाले जानकारी दिए ।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.