logo

सशस्त्र प्रहरीद्वारा नेपाल प्रहरीका डिआइजी अचार्य र एसपी ढुङ्गेल सम्मानीत,ठाडा मगर नेतृत्वको बाहिनी सर्वोतम घोषीत

 इसीमाना सम्वाददाता     २०८१ माघ २ गते ०१: ३५ मा प्रकाशित     340   पटक पढिएको

काठमाण्डौ । सशस्त्र प्रहरी बलले आफनो स्थापनाको २४ दिवसको अवसरमा बिभिन्न ब्यक्तित्वलाई सम्मानीत गरेको छ । 
सशस्त्र प्रहरीसंगको समन्वय र सहकार्यमा उल्लेखनीय र प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै नेपाल प्रहरीका मधेश प्रदेश प्रमुख डिआइजी लालमणी आचार्यलाई सम्मान गरेको छ । हलचोकस्थित सशस्त्रको मुख्यालयमा मंगलबार आयोजित समारोहमा सशस्त्र प्रहरी प्रमुख राजु अर्यालले आचार्यलाई प्रसंसापत्र प्रदान गरेका हुन् ।
सशस्त्र प्रहरीले आचार्यलाई“ आइजी एपीएफ कमेन्डेशन” उपाधीले सम्मान गरेको हो । संगठनले 

May be an image of 5 people, military uniform, dais and text
भविष्यमा समेत सहयोग र सहकार्यको अपेक्षा राखेको छ ।  मधेस प्रदेशका जिल्लाहरूमा सीमा सुरक्षा गर्न डीआईजी आचार्यले उत्कृष्ट समन्वय गरेको सशस्त्र प्रहरीको विश्लेषण छ ।

 सशस्त्र प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी कुमोद ढुंगेललाई पनि सम्मान गरेको छ ।


सशस्त्र प्रहरी दिवस २०८१ का अवसरमा आयोजित विशेष कार्यक्रममा एसपी ढुंगेललाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले एसपी ढुंगेललाई सम्मान गरेका हुन्।

एसपी ढुंगेलले पर्सा जिल्लामा तस्करी नियन्त्रण तथा राजस्व संकलनमा उत्कृष्ट काम गरेको भन्दै सशस्त्रका आईजीपी अर्यालले उनलाई सम्मान गरेका थिए।

त्यसैगरि  सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर यस वर्ष सर्वोत्तम बाहिनी कार्यालयको रुपमा चयन भएको छ।

 डिआइजी गणेश ठाडामगरको कुशल नेतृत्वमा यो बाहिनी २४औं सशस्त्र प्रहरी दिवसको अवसरमा सम्मानित गरिन लागेको हो।

REPUBLICADAINIK | Ganesh-Thada-Magar-DIG - REPUBLICADAINIK

प्रधानमन्त्री केपी शर्मा ओलीले माघ ९ गते आयोजित विशेष कार्यक्रममा गढीमाई बाहिनीका बाहिनीपति डिआइजी ठाडामगरलाई उत्कृष्टताको सम्मान प्रदान गर्ने कार्यक्रम रहेको छ।

 सशस्त्र प्रहरी बल प्रधान कार्यालयको स्थायी आदेश २०८० अनुसार गरिएको वार्षिक निरीक्षणमा आठ बाहिनी मध्ये गढीमाई बाहिनी सर्वोत्कृष्ट बनेको हो।

यसअघि डिआइजी ठाडामगर मधेश प्रदेशको  छिन्नमस्ता बाहिनीको नेतृत्वमा रहेका बेला पनि उक्त प्रदेशलाई उत्कृष्ट बनाएका थिए।

उनको नेतृत्वमा सशस्त्र प्रहरी बलको अनुशासन, दक्षता, र कार्यक्षमतामा निरन्तर सुधार देखिएको छ। उनी जुन स्तरको कामाण्ड तथा तालीम देखि नै उत्कृष्ट हुँदै आएका ब्यक्ति हुन।

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.