logo

सशस्त्र प्रहरीद्वारा नेपाल प्रहरीका डिआइजी अचार्य र एसपी ढुङ्गेल सम्मानीत,ठाडा मगर नेतृत्वको बाहिनी सर्वोतम घोषीत

 इसीमाना सम्वाददाता     २०८१ माघ २ गते ०१: ३५ मा प्रकाशित     223   पटक पढिएको

काठमाण्डौ । सशस्त्र प्रहरी बलले आफनो स्थापनाको २४ दिवसको अवसरमा बिभिन्न ब्यक्तित्वलाई सम्मानीत गरेको छ । 
सशस्त्र प्रहरीसंगको समन्वय र सहकार्यमा उल्लेखनीय र प्रभावकारी भूमिका निर्वाह गरेको भन्दै नेपाल प्रहरीका मधेश प्रदेश प्रमुख डिआइजी लालमणी आचार्यलाई सम्मान गरेको छ । हलचोकस्थित सशस्त्रको मुख्यालयमा मंगलबार आयोजित समारोहमा सशस्त्र प्रहरी प्रमुख राजु अर्यालले आचार्यलाई प्रसंसापत्र प्रदान गरेका हुन् ।
सशस्त्र प्रहरीले आचार्यलाई“ आइजी एपीएफ कमेन्डेशन” उपाधीले सम्मान गरेको हो । संगठनले 

May be an image of 5 people, military uniform, dais and text
भविष्यमा समेत सहयोग र सहकार्यको अपेक्षा राखेको छ ।  मधेस प्रदेशका जिल्लाहरूमा सीमा सुरक्षा गर्न डीआईजी आचार्यले उत्कृष्ट समन्वय गरेको सशस्त्र प्रहरीको विश्लेषण छ ।

 सशस्त्र प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी कुमोद ढुंगेललाई पनि सम्मान गरेको छ ।


सशस्त्र प्रहरी दिवस २०८१ का अवसरमा आयोजित विशेष कार्यक्रममा एसपी ढुंगेललाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले एसपी ढुंगेललाई सम्मान गरेका हुन्।

एसपी ढुंगेलले पर्सा जिल्लामा तस्करी नियन्त्रण तथा राजस्व संकलनमा उत्कृष्ट काम गरेको भन्दै सशस्त्रका आईजीपी अर्यालले उनलाई सम्मान गरेका थिए।

त्यसैगरि  सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर यस वर्ष सर्वोत्तम बाहिनी कार्यालयको रुपमा चयन भएको छ।

 डिआइजी गणेश ठाडामगरको कुशल नेतृत्वमा यो बाहिनी २४औं सशस्त्र प्रहरी दिवसको अवसरमा सम्मानित गरिन लागेको हो।

REPUBLICADAINIK | Ganesh-Thada-Magar-DIG - REPUBLICADAINIK

प्रधानमन्त्री केपी शर्मा ओलीले माघ ९ गते आयोजित विशेष कार्यक्रममा गढीमाई बाहिनीका बाहिनीपति डिआइजी ठाडामगरलाई उत्कृष्टताको सम्मान प्रदान गर्ने कार्यक्रम रहेको छ।

 सशस्त्र प्रहरी बल प्रधान कार्यालयको स्थायी आदेश २०८० अनुसार गरिएको वार्षिक निरीक्षणमा आठ बाहिनी मध्ये गढीमाई बाहिनी सर्वोत्कृष्ट बनेको हो।

यसअघि डिआइजी ठाडामगर मधेश प्रदेशको  छिन्नमस्ता बाहिनीको नेतृत्वमा रहेका बेला पनि उक्त प्रदेशलाई उत्कृष्ट बनाएका थिए।

उनको नेतृत्वमा सशस्त्र प्रहरी बलको अनुशासन, दक्षता, र कार्यक्षमतामा निरन्तर सुधार देखिएको छ। उनी जुन स्तरको कामाण्ड तथा तालीम देखि नै उत्कृष्ट हुँदै आएका ब्यक्ति हुन।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

स्व.उमा सिंहको स्मृतिमा जनकपुरमा महासंघको आयोजनामा बिभिन्न कार्यक्रम सम्पन्न

जनकपुरधाम । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले शहिद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवसको अवसर पारेर आइतबार पत्रकारहरूको स्वास्थ्य अवस्था र पेशागत सुरक्षासम्बन्धी यथार्थ प्रश्नहरूलाई उजागर गर्ने उद्देश्यसहित दुईवटा महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.