logo

अन्तराष्ट्रिय श्रमीक नारि दिवसको अवसरमा बिभिन्न कार्यक्रमको आयोजना, इमनेष्टीद्वारा आठ महिला सम्मानीत

      3/8/2021 गते 00 00 मा प्रकाशित     782   पटक पढिएको

आज ८ मार्च अर्थात् अन्तर्राष्ट्रिय नारी दिवसः १११ औं अन्तर्राष्ट्रिय महिला दिवस नेपालमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगार, समृद्ध नेपालको आधार’ भन्ने नारासहित विभिन्न कार्यक्रम गरी मनाइएको छ ।

 

लैङ्गिक समानता, महिला सशक्तीकरण, महिला अधिकारको सुनिश्चिततामा जोड दिएर कार्यक्रम गरीएको हो ।

नेपालको संविधानमा मौलिक हकअन्तर्गत धारा ३८ मा महिलाको हकको व्यवस्था गरिएको छ । राज्यका हरेक निकायमा महिलालाई समानुपातिक, समावेशी सिद्धान्तका आधारमा सहभागी हुन पाउने अधिकार सुनिश्चित गर्नुका साथै सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकको व्यवस्था गरिएको छ ।

सङ्घ, प्रदेश र पालिकामा प्रतिनिधित्वसहित राज्यका हरेक निकायमा महिलाको सहभागिता बढ्दै गएको छ । महिला हिंसा तथा उत्पीडन अन्त्यका लागि विभिन्न कानुन बनेका छन् ।

 

तर महिला हिंसाका घटनामा कमी आउन सकेको छैन । सरकारले महिलामाथि हुने हिंसा तथा उत्पीडनलाई अन्त्य गर्न तथा पीडकलाई कडा सजाय गर्ने गरी ‘तेजाव तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेशसहित यौनहिंसाविरुद्धका केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७७ जारी गरिसकेको छ ।

अन्तराष्ट्रिय श्रमकि महिला दिवसको अवसर पारेर बीरगंजमा पनि बिभिन्न संघ संस्थाहरुले बिभिन्न कार्यक्रम सम्पन्न गरेका छन । इमनेष्टी इन्टरनेशनल समुह १६ ले बीरगंजमा बिभिन्न क्षेत्रमा योगदान पुर्याएका ८ जना महिलाहरुलाई सम्मान गरेको छ । बीरगंजको होटेल अम्ब्रेलामा आयोजना गरिएको कार्यक्रममा बीरगंज महानगरपालिकाका उपमेयर सुश्री शान्ति कार्की, चिकित्सक डा.लक्ष्मी थापा, स्वास्थ्यकर्मी अहेमा थापा , सेवानिवृत शिक्षीका अन्जली श्रेष्ठ पत्रकार लक्ष्मी खरले लगायतलाई पर्साका प्रमुख जिल्ला अधिकारी आस्मान तमाङले सम्मान पत्र प्रदान गरेर सम्मान गर्नु भएको थियो ।

 

कार्यक्रममा लायन्स क्लबका पूर्व अन्राष्ट्रिय नर्भनर लायन संजय खेतान, नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछाने बीरगंज उधोगवाणिज्य संघका अध्यष गोपाल केडिया लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रममा समुहका अध्यक्ष राजेश बोथराले  अध्यक्षता बलराम श्रेष्ठको संचालन र मनोज बावरीको स्वागत गर्नु भएको थियो । 

 चित्रान्स युवा समितिको आयोजनामा“चित्रमन्जरी” चित्रकला प्रतियोगिता सम्पन्न भएको छ । चित्रगुप्त मन्दिर परिसरमा ८ मे को अवसरमा चित्रकला प्रतियोगिता  गरिएको हो  ।

चित्रान्स युवा समितिको संयोजक राजन श्रीवास्तवको सभापतित्वमा भएको सो कार्यक्रममा बीरगंज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरबिन्द लाल कर्ण,  चित्रगुप्त समितिका अध्यक्ष महेश दास, आइ.लगायतको सहभागिता रहेको थियो । 

प्रतियोगितामा प्रथम हुनेमा साउथ जोनका बिनय बैठा, दोस्रो स्थान हासिल गर्न सफल   जि.एच.पि.का  विवेक कुमार शाह र  तेस्रो स्थानमा लिटिल फ्लावरकी शिपरा शर्मालाई पुरस्कार बितरण गरिएको थियो । 


१७ बिद्यालयका ३४ जनाको सहभागीता रहेको चित्रमन्जरी २ कार्यक्रममा साहित्यकार हिजो मात्र बिमोचीत क्षमादान उपन्यासका लेखक गणेश लाठ, नेपालयका भुशिता बशिष्ठ, अर्पण शर्मा, सैजन मास्के र अरबिन्द सिह, पत्रकार सुश्मा शर्माले प्रतियोगीहरुलाई शुभकामना दिनु भएको थियो । 

यसैगरि नेपाल पत्रकार महासंघले १ सय ११ औ नारि दिवसको अवसरमा एक कार्यक्रम सम्पन्न गरेको छ । महासंघको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश २ का उपाध्यक्ष के.सी.लामिछाने , पूर्व केन्द्रीय सदस्य महेश दास , पर्साका अध्यक्ष श्याम बन्जारा पत्रकार महिला संजालका संयोजक लक्ष्मी खरेल माधुरी महतो युवराज खड्का लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

कसको सहमतीमा मासुको मूल्य १२ सय भयो ? व्यवसायीहरूले लुटतन्त्र मच्चाएको भन्दै मंचले जनायो आपत्ती

वीरगञ्ज । उपभोक्ता हित संरक्षण मञ्च नेपाल, पर्साले एक बिज्ञप्ति जारी गर्दै अस्वभाविक रुपमा बढेको मूल्यबृद्धिका कारण आम उपभोक्ताको जनजीवनमा गम्भिर असर परेको जनाएको छ ।

शौचालयमा लडेर बारा पचारौताको अमरपट्टीका यादवको मृत्यु

राजविराज । शौचालयमा लडेर एक सशस्त्र प्रहरी हवल्दारको मृत्यु भएको छ ।

खेलकुद

नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगितामाअ आज  चात्यासा फुटबल क्लब र विराटनगर भिड्ने

गोलबजार  । सिरहाको गोलबजार नगरपालिकाद्वारा आयोजित नवौँ गोलबजार मेयर गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो दिनको खेलमा सलहेश युवा क्लब, सिरहा विजयी भएको छ।

गोलबजार मेयर गोल्ड कप चैत तेस्रो सातादेखि, बिजेताले ४ लाख ४४ हजार ४ सय ४४ रुपैया पुरस्कार पाउने

गोबजार ।  नवौँ संस्करणको मेयर गोल्ड कप फुटबल प्रतियोगिता चैत २३ देखि २९ गतेसम्म सञ्चालन हुने भएको छ । गोलबजार नगरपालिकाले पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको तालिका सार्वजनिक गरेको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.