बीरगंज ।बीरगंजमा रहेको आइसीपी (एकिकृत भन्सार जाँच चौकी) तस्करीको अखडा भएको बताइएको छ ।
प्रतिनिधि सभामा रहेको अर्थ समितिले भंसार बिधयक संशोधनका बिषयमा आयोजना गरेको छलफल कार्यक्रमका सहभागी वक्ताले यस्तो बताएका हुन ।
भन्सारको राजस्व बिगत छ वर्ष देखी घटदै गएको सन्दर्भमा अर्थ समितिका सदस्यहरुका सामु ग्राउण्डको अवस्थाको बारेमा जानकारी गराउने क्रममा सहभागीहरुले यस्तो बताएका हुन ।
आसीपी नै तस्करीको अखडा भएको कुरा समितिकै सदस्यहरुका सामु ब्यक्त भएपछि अर्थ समितिका सदस्यहरुको कान चनाखो भएको थियो भने कार्यक्रममा सहभागि भन्सार कर्मचारी र केही आर्थिक अपराधमा संलग्न ब्यापारीको भावभंगीमा आक्रोशयुक्त देखिएको थियो ।
भंसार लेन भएरै नै ट्रकका ट्रक समान अनधिकृत रुपमा भित्रिदै आएको तथ्यका कारण आइसी तस्रकीको अखडा भएको थाहा पाएपछि अर्थसमितिका सदस्यहरु पनि आश्चर्यमा परेका थिए ।
टोलीमा नारायणी शर्मा, जुली महतो ,अन्जनी श्रेष्ठ,छिरिङ डिम्डुल लामा, मुक्ता यादव र नारायण प्रसाद आचार्य लगायतका प्रतिनिधि सभाका सदस्यहरुको सहभागिता रहेको थियो ।
भंसार प्रमुख राज प्रसाद पाठक , ब्यापारीहरु हरि गौतम , एजेण्ट संघका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
आइसपी हुदै ग्रिन लाइनबाट प्रवेश हुने मालवाहक ट्रक वा कन्टेर प्रहरीले चेकजााच थर्न नपाउने प्रवन्ध रहेको छ । यही प्रवन्धका कारण ग्रिनलाइनबाटै तस्करी बढेको हुनाले भंसार बिभागले तोकेको राजस्व असुली लक्ष्य अनुरुपको उठ्न सकेको छैन ।
आइसपी बस्तु आयातकालागि मात्र तस्करीको अखडा बनेको होइन नेपाल बाट फिर्ता जाने मालवाहक ट्रकहरुले भारत फर्किदा लागु औषध गाँजा बोकेर जाने गरेको कुरा पनि तथ्यले पुष्टि गरेको छ ।
आइसीपी भएर भारत फर्किने सवारी साधानले लागु औषध बोकेर जाने र उताबाट आउने मालबाहक ट्रक र कन्टेनर भंसारका भ्रष्ट कर्मचारीको कमाउ धन्दाका कारण बिना रोकटोक नेपाल भित्रिने गरेका छन ।
अर्थ समितिका सदस्यहरुले बीरगंज भन्सारको यस्तो संसारको बारेमा जानकारी पाए पछि दंगदास परेका छन ।
भंसार नजिकै रहेको कोइलाको भण्डारणका कारण वतावरणमा परेको प्रतिकुल अवस्थाको बारेमा भंसार प्रशासन चुप लागेर बसेको भन्दै सहभागिहरुले चर्को आलोचना गरेका थिए ।
सहभागीले मंसार कानूनकै कारण भन्सार राजस्व चुहिएको सहभागिले बताए । सहभागिहरुले राजस्व चुहाट नियन्त्रण र तस्करीको धन्दा रोक्न भंसार दर कम गरेर परिक्षण गरिनु पर्ने सुझाव दिए ।
भंसार सम्बन्धी काूनन संशोधन र एकिकरणकाकालागि बनेको बिधयक अर्थ समितिमा छलफलका क्रममा छ ।
साही बिधकका बिषयमा स्थलगत रुपमा छलफल तथा निरिक्षणकालागि समिति बीरगंज आइपुगेको हो ।
आइसीपीमा आयोजना गरिएको सरोवारवालासंगको छलफलमा भने संचारकर्मी निमत्षाइएको थिएन ।
तपाईको प्रतिक्रिया