बारामा करेन्ट लागेर ३० वर्षिय उपदेश चौधरीको ज्यान गएको छ । बिहान उठेर मकैबारीमा शौच गर्न गएका चौधरीको करेन्ट लागेर घटनास्थलमै ज्यान गएको बारा प्रहरीले जनाएको छ ।
बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. ५ बकुलियास्थित मकै बारीमा करेन्ट लागेर उनको ज्यान गएको हो । बिहान करिब साँढे ६ बजेको समयमा शौच गर्नका लागि स्थानीय दिपनारायण चौधरीको मकैको खेतमा प्रवेश गर्ने क्रममा करेन्ट लागेको बताइएको छ ।
मकैको खेतमा जंङ्गली तथा घर पालुवा जनावर पस्ने गरेकोमा बाली सुरक्षा गर्ने उद्देश्यले जिआई तारले मकै बारी घेरेर करेन्ट प्रवाह गरेको दिपनारायणका परिवारले जनाएका छन् ।
घटनाको बारेमा वडाध्यक्ष मोहित चौधरीले प्रहरीलाई जानकारी गराउनु भएको थियो । गैर कानुनी रूपमा खेतमा तारबार गरेर करेन्ट प्रवाह गरेको अभियोगमा दिपनारायण चौधरीलाई आवश्यक कारावाहीका लागि प्रहरीको नियन्त्रणमा राखिएको ईलाका प्रहरी कार्यालय , सिमराले जनाएको छ ।
तपाईको प्रतिक्रिया