logo

पोखरिया अस्पतालमा औषधी तथा उपकरण अभाव , चार करोडको खोजी गर्दै जसपा नेता समानी धर्नामा

      3/21/2021 गते 00 00 मा प्रकाशित     1085   पटक पढिएको

जसपाका केन्द्रीय सदस्य नेजामुदिन समानीको नेतृत्वमा पोखरिया नगरपालिकाको मुख्यद्वारामा ४ घण्टे धर्ना कार्यक्रम शुरु भएको छ । धर्ना माँग सम्बोधन  नहुदा सम्म भइरहने नेता समानीले बताउनु भएको छ  ।

 

प्रदेश नं २ को सरकारले अस्पतालको ब्यवस्थापन तथा संचालनमा ४ करोड रुपैया उपलब्ध गराएपनि त्यस अनुसारको काम नभएको बिरोधमा धर्ना शुरु गरिएको समानीले बताउनु भयो । प्रदेश सरकारले औषधी खरिद तथा उपकरण खरिदकालागि रकम दिएको थियो नेता समानीले भन्नु भयो “तर अहिले सम्म न त औषधी खरिद भयो नत उपकरण नै त्यसैले आन्दोलनमा उत्रिनु बाध्य भइयो । 

 


प्रदेश सरकारले पोखरीया अस्पताल सञ्चालन तथा व्यवस्थापनको लागि समाजिक विकास मन्त्रालय मार्फत  भेन्टिलेटर मेसिन हस्तान्तरण , एम्बुलेन्स तथा शव बाहन खरिदको लागी ३१ लाख २५ हजार , डाक्टर, नर्स लगायत कोरोना लागेका बिरामीको उपचार तथा ब्यस्थापनको लागि ३७ लाखको साथै आवश्यक सामग्रीहरू पटक पटक पोखरिया नगर पालिका तथा अस्पताललाई उपलब्ध गराएको थियो ।

 


 प्रदेश २ सरकारले  ४ करोड रुपैया नगरपालिकामार्फत उपलब्ध गराएको थियो । प्रशुती सेवालाई ब्यवस्थित गर्न नसक्दा, चिकित्सक हुदा हुदै पनि  सेवाग्राहीले सेवा नपाउको उहाँले गुनासो गनुृ भयो । स्थानीय नागरिक  स्वास्थ्य बीमा गराए पनि औषधी उपचारबाट वञ्चित रहेको उहाँले बताउनु भयो  । नागरिकको आधारभूत स्वास्थ्यको अधिकारीलाई संविधानमा मौलीक अधिकारको रुपमा राखिएको छ ।

 

नागरिकलाई प्रारम्भिक उपचार दिने दायित्व स्थानीय सरकारको हो । तर स्वास्थ्य बिमा गराउदा समेत औषधी र उपचार नपाउनुले नगरपालिका नेतृत्वले नागरिक अधिकारको सम्मान गर्दैन भन्ने कुराको पुष्टि भएको नेता समानीले बताउनु भयो । 


अस्पतालमा धेरै सेवाहरु बन्द छन त्यसलाई संचालन गराउन नपरपालिका नेतृत्वले चासो नलिएको उहाँको आरोप रहेको छ । नगरप्रमुख दीप नारायण रौनीयारले फाल्गुण २९ गते सम्म औषधी तथा उपकरण खरिदको प्रक्रिया शुरु गर्ने आश्वासन दिए पनि सो अनुसारको नभएपछि धर्नामा उत्रिएको नेता समानीले बताउनु भयो । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

समाज

खाद्य स्वच्छता मापदण्ड उल्लंघन गरे वीरगंजका तीनवटा मिठाई पसललाई २०/२० हजार जरिवाना

वीरगञ्ज । खाद्य स्वच्छता सम्बन्धी मापदण्ड उल्लङ्घन गरेका तीनवटा पसललाई २०/२० हजार रुपैया जरिवाना गरिएको छ । वीरगञ्ज महानगरपालिका–६ माईस्थानस्थित सञ्जय खोवा भण्डार, गणेश मिष्ठान भण्डार तथा वीरगञ्ज महानगरपालिका–११ रानीघाटस्थित सम्भु लड्डु तथा मिष्ठान भण्डार लाई जरिवाना गरिएको हो ।

सेस्मी इन्टरनेशनल स्कुलको एसईई परिक्षामा सहभागि सबै बिद्यार्थी सफल

वीरगञ्ज। सेस्मी इन्टरनेशनल स्कुलले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा शतप्रतिशत  नतिजा हासिल गर्दै उत्कृष्ट शैक्षिक उपलब्धि प्राप्त गरेको छ।

खेलकुद

नारायणी रंगशालाको स्तरउन्नतीकालागि १५ करोड बिनियोजन

वीरगंज । नेपालकै महत्वपूर्ण रंगशलाको रुपमा रहेको वीरगंजको नारायणी रंगशालाको र त्याहा रहेको बहुउद्धेश्यीय कर्भडहलको स्तरउन्नतीकोलागि १२ करोड ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ ।

मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता शुरु ,पूर्वमन्त्री जयसवालले गरे उद्धघाटन

सिमरा । मधेस प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगिता मंगलबारदेखि सिमरामा सुरु भएको छ । राष्ट्रिय स्तरको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागी हुने खेलाडी छनोट गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.