logo

मधेशका गृहमन्त्री एक्शनमा,अपराधी जोगाउने आफनै पार्टीका नेता कार्यकर्ताले पनि उन्मुक्ति पाउदैननः गृहमन्त्री लेखी

 इसीमाना सम्वाददाता     २०८१ फागुन ९ गते १४: १० मा प्रकाशित     330   पटक पढिएको

जनकपुरधाम । मधेश प्रदेश सरकारका गृह सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले बलात्कारीलाई संरक्षण गर्ने काममा लाग्ने जो कोहीलाई पनि कारवाहीको दायरामा ल्याउनु पर्ने बताएका छन । 

image-10-1024x571.png
मन्त्रालयमा शुक्रवार पत्रकार सम्मेलनको आयोजना गरि मन्त्री लेखीले यस्तो बताएका हुन । सिराह जिल्लाको नवराजपुर गाउँपालिकामा उक बालिकाको बलात्कार पछि शंकास्पद मृत्यु भएको घटनाका दोषीलाई संरक्षण गर्न स्थानीय अगुवाहरु नै लागेको पाइएपछि गृहमन्त्री लेखी आक्रमक रुपमा प्रस्तुत भएका छन । 


मन्त्री लेखीले स्थानीय प्रशासक सहित पीडितको घरमा पुगेर उनीहरुको गुनासो सुनेका छन । पीडित परिवारले न्यायकालागि गरेको आग्रहलाई मन्त्री लेखीले गम्भिरता पूर्वक लिएका छन ।

 

 उनले अपराधी जोगाउने काममा आफनै पार्टीका नेता कार्यकर्ता लागेको भएपनि उनीहरुले उन्मुक्ति नपाउने बताएका छन ।


रिंकु सदा बलात्ककार प्रकरणमा बलात्कारको आरोप लागेकाहरुलाई बचाउन स्थानीय सामाजिक अगुवाले दुई लाखमा सौदा गरेको कुरालाई मन्त्री लेखीले अक्षम्य भनेका छन ।

समाजले न्यायकालागि काम गर्नु पर्नेमा अन्यायीहरुलाई संरक्षणमा लिप्त हुनु सभ्य समाजकालागि कलंक हुने उनले बताए । 

 

बलात्कार र हत्या जघन्य अपराध हो मन्त्री लेखीले भने “  यस्तो जघन्य अपराधिक घटना मिलाउन, पञ्चायती गरि लाख दुई लाख लिएर चुप लाग भनेर पीडितलाई दवाव दिनु सर्वथा अनुचीत रहेको छ” ।

उनले घटनाका बारेमा सत्य तथ्य सूचना दिनु पर्ने नागरिक दायित्वबाट स्थानीयहरु चुकेको बताएका छन । अपराधीक घटना लुकाउन स्थानीयहरु पनि लागेको देखियो मन्त्री लेखीले भने “मानव अधिकार पत्रकार सुरक्षा निकायलाई घटनाको बारेमा सूचना दिनु पर्नेमा प्रहरीलाई मिलाएर घटना स्थानीय रुपमै सामसुम पार्नु खोज्नुले समाज पथभ्रष्ट  भएको बताए ” ।

 

मन्त्री लेखीले जसले जसरी अपराधी जोगाउने प्रयास गरे पनि त्यो सफल नहुने ठोकुवा गरे । उनले आरोपीतलाई  जोगाउन शक्तिको दुरुपयोग गर्न खोज्ने पंचहरुलाई समेत कानुनको दायरामा ल्याइने बताए। मन्त्री लेखीले सामाजिक न्यायकालागि कसैसंग सम्झौता नहुने बताउदै  पीडितले न्यायको अनुभूती गर्ने वतावरण बनाइने बताए । 


मन्त्री लेखी संगै रहेका मधेश प्रदेशका प्रहरी प्रमुख लालमणी आचार्यले प्रहरी निरिक्षकको नेतृत्वमा एक विशेष टोली खटाइएको र छिट्टै अपराधी सम्म पुग्ने गरि काम भइरहेको बताए ।

उनले  छिट्टै अपराधी सहित प्रहरी उपस्थित हुने बताए । आचार्यले अपहरण पछि सामुहिक बलात्कार गरेको घटनालाई ढाकछोप गरि पंचायती गरि मिलापत्र गर्न दवाब शृजना गर्ने ८ जना बिरुद्द उजुरी दर्ता भएको बताए ।  

 

अपहरण गरि सामुहिक बलत्कार गरि हत्या गरेको घटनालाई पंचायती गरि मिलापत्र तथा लेनदेन गर्न खोजेको कसुरमा पुरक मुद्दा दायर गरिएको र आरोपित हरुको खोजी कार्य भइरहेको आचार्यले बताए । 


 पत्रकार सम्मेलनमा गृह सञ्चार तथा कानुन मन्त्रालयका सचिव उद्वव प्रसाद रिजाल सहितको उपस्थिति रहेको थियो ।

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

स्व.उमा सिंहको स्मृतिमा जनकपुरमा महासंघको आयोजनामा बिभिन्न कार्यक्रम सम्पन्न

जनकपुरधाम । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले शहिद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवसको अवसर पारेर आइतबार पत्रकारहरूको स्वास्थ्य अवस्था र पेशागत सुरक्षासम्बन्धी यथार्थ प्रश्नहरूलाई उजागर गर्ने उद्देश्यसहित दुईवटा महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.