logo

नापी र मालपोतको शाखाका बिषयमा क्रेडीटको होडवाजी, संघीय मन्त्री र पोखरियाका मेयरको स्टाटस युद्ध

 इसीमाना सम्बाददाता     २०८१ फागुन ११ गते ०८: ४९ मा प्रकाशित     704   पटक पढिएको

बीरगंज । पोखरिया नगरपालिकाका प्रमुख प्रदुम्न चौहानले सामाजिक संजाल मार्फत पोखरियामा  केही सरकारी कार्यालयको सेवा केन्द्र संचालनमा आउने कुरालाई लिएर सामाजिक संजालमा ब्यक्त गरिएका टिका टिप्पणी प्रति कडा प्रतिक्रिया ब्यक्त गरेका छन । 


पोखरिया नगरपालिकामा नापी शाखा र मालपोत कार्यालयको शाखा संचालनमा आउने भएपछि स्वनामधन्य नेताहरुले आफनो अथक पहलकदमीका कारण शाखा खुल्ने निर्णय भएको भन्दै सामाजिक संजालमा “क्रेडीट” लिने होडवाजी नै भएको थियो । 


त्यही होडवाजी लिनेहरुलाई शाखा खोल्ने प्रक्रिया र त्यसको अन्र्तयको जानकारी दिदै चौहानले समार्ट सीटी,इलाका प्रशासकन कार्यालय,पोखरियामा बहुमुखी क्याम्पस र डिएसपीको पदस्थापन गर्ने कुरा पुरा गरेर देखाउन चुनौती समेत दिएका छन । 


उनले सामाजिक संजालमा क्रेडीट लिन अग्रसर हुनेहरुलाई यो काम गरिदिए सम्मान गर्ने बताएका छन ।


संघीय मामिला मन्त्री राजकुमार गुप्ताले आफ्नो सामाजिक संजाल फेसबुक पेजमा आफनो अथक प्रयासले पोखरियामा नापी मालपोतको शाखा खुल्न लागेको र त्यसको उद्घाटन फाल्गुन १५ गते हुने स्टाटस लेखेका छन ।

 उनको यही स्टाटस लेखेपछि नगरपालिका प्रमुख चौहानले लामो प्रतिक्रिया लेखेर जावफ दिदै आफ्नो प्रतिक्रिया लेखेका हुन ।

उनले शाखा खोल्नलागि पुरा गरिएका प्रक्रियाको बारेमा लेख्दै यो प्रक्रियामा बिधि सम्मत प्रयास आफूले गरेको कुरा उल्लेख गरेका छन ।

 

आवश्यक प्रक्रिया पुरा गर्ने बिषयमा कसैले कुनै पहल नगरेको भन्दै नगरप्रमुख चौहानले प्रधानमन्त्री के.पी.ओलीले यो बिषयमा चासो लिएर सम्बन्धित सरोकारवालाहरुलाई निर्देशन दिएपछि यो कामले परिणाम प्राप्त भएको उनले बताएका छन ।

उनले आफनो प्रतिक्रियामा लेखेका छन “ एउटा भनाई छ नाँच्न नजान्ने आगन टेढो भने जस्तै त्यस्ता त्यस्ता वा जो सुकै जनप्रतिनिधिहरुलाई सामन्ती सोच घमण्डी पारा, अराजक, अंहकार प्रवृति सुहाउँदैन । त्यस्ता जनप्रतिनिधिले आफूलाई सच्याउन वा परिमार्जित हुन जरुरी छ । 

उनले संघीय मन्त्रीलाई प्रश्न समेत गरेका छन पोखरियामा यि कार्यालहरु निर्माण गर्नु पर्यो भनेर संसदमा कही कतै बोल्नु भएको छ भने त्यसको रेकर्ड देखाउनु होला ।

 

हाकीम नहुदा पनि उद्धघाटनको कार्यक्रम भब्य रुपमा गर्ने गरि तयारीमा लागकै छु  तपाईको वाह वाहीको स्टाटस होइन भरपर्दो सहयोगको लागि  बिशेस धन्यबाद भनेर लेखेका छन । उनले हाकीम नपठाईदिएकोमा समेत सामान्य बाक्य लेखेर तर गम्भिर असन्तोष ब्यक्त गरेका छन । 

तपाईं हामीसंग फेसबुक र ट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

पत्रकार धम्काउने जर्मनी दूतावासका प्रथम सचिवलाई कारबाही गर्न पत्रकार महासंघ युरोपको माग

वीरगंज । जर्मनीको बर्लिनस्थित नेपाली राजदूतावासका प्रथम सचिव रन्जन यादवले पत्रकार दीपेन्द्र गजुरेललाई धम्की दिएको आरोप लगाउँदै उक्त घटनाको निष्पक्ष छानबिन गरी कारबाही गर्न माग गरिएको छ।

भारतीय कम्युनिष्ट पार्टी माओवादीका प्रभावशाली नेता प्रशान्त बोस  ‘किशन दा’ को निधन

वीरगंज । भारतीय कम्युनिष्ट पार्टी माओवादीका एक प्रभावशाली नेता प्रशान्त बोस ‘किशन दा’ को ८५ वर्षको उमेरमा राँचीस्थित रिम्स अस्पतालमा निधन भएको छ ।

दिल्लीका पूर्व मुख्यमन्त्री केजरीवाल र उपमुख्यमन्त्री सिसोदिया निर्दोष सावित भने बेइमान सावित गर्ने भाजपाको तमाम कोशिस निष्काम

नयाँ दिल्ली ।  दिल्लीको राउज़ एवेन्यू अदालतले शुक्रबार रक्सी घोटालाका सबै आरोपीलाई निर्दोष ठहर गरेको छ । यसमा आम आद्मी पार्टीका नेता दिल्लीका  पूर्व मुख्यमन्त्री अरविंद केजरीवाल र पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया पनि समावेश छन् ।

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समाज

बारा–पर्साका ग्रामीण बस्ती जोड्न साझा यातायातको तयारी, अध्ययन समिति गठन

वीरगंज । बारा र पर्साका विभिन्न पालिकाका ग्रामीण बस्तीलाई सार्वजनिक यातायातमार्फत जोड्ने योजना अघि बढेको छ। वीरगंज महानगरपालिकासहित अन्तरपालिका सार्वजनिक यातायात सेवा सञ्चालन गर्ने तयारीसँगै आवश्यक अध्ययनका लागि समिति गठन गरिएको छ।

घटस्थापनासँगै बडादशैँ सुरु, घरघरमा जमरा राखियो

वीरगञ्ज । नेपालीहरूको महान् पर्व बडादशैँ आज घटस्थापनासँगै सुरु भएको छ। आश्विन शुक्ल प्रतिपदाका दिन मनाइने घटस्थापनाको अवसरमा देशभरका घरघरमा विधिपूर्वक पूजा–आराधना गरी जमरा राखिएको छ।

खेलकुद

चाफीमा फुटबलको रोमाञ्च, उद्घाटन खेलमै कञ्चनपुरको शानदार विजय

रंगपुर । पर्साको पटेर्वा सुगौली गाउँपालिका–२ स्थित चाफी खेलकुद मैदानमा विजया दशमी, दीपावली तथा छठ पर्वको अवसरमा खुला नकआउट फुटबल प्रतियोगिता सुरु भएको छ।

सेढवामा भेट्रान फुटबलको तयारी तीव्र, विजेतालाई ५० हजार पुरस्कार

वीरगन्ज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा जिराभवानी भेट्रान क्लबको आयोजनामा भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.