logo

नापी र मालपोतको शाखाका बिषयमा क्रेडीटको होडवाजी, संघीय मन्त्री र पोखरियाका मेयरको स्टाटस युद्ध

 इसीमाना सम्बाददाता     २०८१ फागुन ११ गते ०८: ४९ मा प्रकाशित     575   पटक पढिएको

बीरगंज । पोखरिया नगरपालिकाका प्रमुख प्रदुम्न चौहानले सामाजिक संजाल मार्फत पोखरियामा  केही सरकारी कार्यालयको सेवा केन्द्र संचालनमा आउने कुरालाई लिएर सामाजिक संजालमा ब्यक्त गरिएका टिका टिप्पणी प्रति कडा प्रतिक्रिया ब्यक्त गरेका छन । 


पोखरिया नगरपालिकामा नापी शाखा र मालपोत कार्यालयको शाखा संचालनमा आउने भएपछि स्वनामधन्य नेताहरुले आफनो अथक पहलकदमीका कारण शाखा खुल्ने निर्णय भएको भन्दै सामाजिक संजालमा “क्रेडीट” लिने होडवाजी नै भएको थियो । 


त्यही होडवाजी लिनेहरुलाई शाखा खोल्ने प्रक्रिया र त्यसको अन्र्तयको जानकारी दिदै चौहानले समार्ट सीटी,इलाका प्रशासकन कार्यालय,पोखरियामा बहुमुखी क्याम्पस र डिएसपीको पदस्थापन गर्ने कुरा पुरा गरेर देखाउन चुनौती समेत दिएका छन । 


उनले सामाजिक संजालमा क्रेडीट लिन अग्रसर हुनेहरुलाई यो काम गरिदिए सम्मान गर्ने बताएका छन ।


संघीय मामिला मन्त्री राजकुमार गुप्ताले आफ्नो सामाजिक संजाल फेसबुक पेजमा आफनो अथक प्रयासले पोखरियामा नापी मालपोतको शाखा खुल्न लागेको र त्यसको उद्घाटन फाल्गुन १५ गते हुने स्टाटस लेखेका छन ।

 उनको यही स्टाटस लेखेपछि नगरपालिका प्रमुख चौहानले लामो प्रतिक्रिया लेखेर जावफ दिदै आफ्नो प्रतिक्रिया लेखेका हुन ।

उनले शाखा खोल्नलागि पुरा गरिएका प्रक्रियाको बारेमा लेख्दै यो प्रक्रियामा बिधि सम्मत प्रयास आफूले गरेको कुरा उल्लेख गरेका छन ।

 

आवश्यक प्रक्रिया पुरा गर्ने बिषयमा कसैले कुनै पहल नगरेको भन्दै नगरप्रमुख चौहानले प्रधानमन्त्री के.पी.ओलीले यो बिषयमा चासो लिएर सम्बन्धित सरोकारवालाहरुलाई निर्देशन दिएपछि यो कामले परिणाम प्राप्त भएको उनले बताएका छन ।

उनले आफनो प्रतिक्रियामा लेखेका छन “ एउटा भनाई छ नाँच्न नजान्ने आगन टेढो भने जस्तै त्यस्ता त्यस्ता वा जो सुकै जनप्रतिनिधिहरुलाई सामन्ती सोच घमण्डी पारा, अराजक, अंहकार प्रवृति सुहाउँदैन । त्यस्ता जनप्रतिनिधिले आफूलाई सच्याउन वा परिमार्जित हुन जरुरी छ । 

उनले संघीय मन्त्रीलाई प्रश्न समेत गरेका छन पोखरियामा यि कार्यालहरु निर्माण गर्नु पर्यो भनेर संसदमा कही कतै बोल्नु भएको छ भने त्यसको रेकर्ड देखाउनु होला ।

 

हाकीम नहुदा पनि उद्धघाटनको कार्यक्रम भब्य रुपमा गर्ने गरि तयारीमा लागकै छु  तपाईको वाह वाहीको स्टाटस होइन भरपर्दो सहयोगको लागि  बिशेस धन्यबाद भनेर लेखेका छन । उनले हाकीम नपठाईदिएकोमा समेत सामान्य बाक्य लेखेर तर गम्भिर असन्तोष ब्यक्त गरेका छन । 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

स्व.उमा सिंहको स्मृतिमा जनकपुरमा महासंघको आयोजनामा बिभिन्न कार्यक्रम सम्पन्न

जनकपुरधाम । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले शहिद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवसको अवसर पारेर आइतबार पत्रकारहरूको स्वास्थ्य अवस्था र पेशागत सुरक्षासम्बन्धी यथार्थ प्रश्नहरूलाई उजागर गर्ने उद्देश्यसहित दुईवटा महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.