logo

आफनै साथी हत्याको आरोपमा तीन जना पक्राउ

 इसीमाना सम्वाददाता     २०८१ फागुन १५ गते ०७: ४९ मा प्रकाशित     488   पटक पढिएको

वीरगञ्ज । आफ्नै साथीको हत्या आरोपमा पर्सा प्रहरीले   तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २७ का  बर्षीय मुकेश प्रसाद यादव, अरुण कुमार यादव र मुना तिवारी रहेका छन् ।

उनीहरु तीनजनाले आफ्नै साथी इशाल प्रसाद कुर्मीलाई हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । इशाल प्रसाद कुर्मी लगायत छिमेकी साथीहरु मिलेर तास खेल्न गएकोमा पैसाको विषयमा वादविवाद हुँदा इशाल प्रसाद कुर्मीलाई मुकेश प्रसाद यादव, अरुण कुमार यादव र मुना तिवारी समेतको मिलेमतोमा हत्या गरी  भेडाहा खोलामा फालेको आरोपीहरुले प्रहरी समक्ष बयान गरेको  पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए ।


फागनु ७ गते वीरगञ्ज माहानगरपालिका वडा नं.२७ उदयपुर घुर्मी बस्ने जोगिन्द्र प्रसाद कुर्मीको छोरा वर्ष १९ का इशाल प्रसाद कुर्मी वीरगञ्ज काम गर्न जान्छु भनि घरबाट निस्किएको र अबेर राती सम्म पनि घर नफर्किएपछि छोराको खोजतलास गरिदिन जोगिन्द्र प्रसाद कुर्मीले फागुन ८ गते जिल्ला प्रहरी कार्यालय पर्सामा निवेदन दिएका थिए ।

 फागुन ११ गते इशाल प्रसाद कुर्मीको शव भेडाहा खोलामा तैरीरहेको शव फेला परेको प्रहरी उपरीक्षक मिश्रले बताए । मिश्राका अनुसार जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले अनुसन्धान क्रममा फागुन ७ गते नै इशाल प्रसाद कुर्मी लगायत छिमेकी साथीहरुसँग तास खेल्न गएकोमा ३५ सय रुपैयाको विषयलाई लिएर विवाद हुँदा इशालको हत्या गरेको थियो ।

पक्राउ पर्नेहरुलाई ज्यान सम्बन्धि कसूरमा ६ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भईरहेको पर्सा प्रहरीले जनाएको छ 

तपाईं हामीसंग फेसबुकट्वीटर मार्फत् पनि जोडिन सक्नुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु




सीमापारी/अन्तराष्ट्रिय

भारतको त्रिपुरामा चक्मा हत्या बिरुद्ध आन्दोलन, सम्मान, गरिमा र माया नपाएका पूर्वोतरका मान्छेहरु अलग देशको माँग गर्दै

वीरगंज । ९ डिसेम्बर २०२५ मा उत्तराखण्डको देहरादूनमा एक जातीयतावादी भीडको निर्मम आक्रमणमा परेका त्रिपुराका एन्जेल चक्माको उपचारको क्रममा ज्यान गएको छ ।

समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न नेपाली दूतावास युएईको आग्रह

काठमाडौं । यूएईमा रहेको नेपाली दूतावासले समस्यामा परेका विद्यार्थीहरूलाई आफ्नो विवरण पेश गर्न आग्रह गरेको छ ।

हैदराबाद–बेंगलुरु जाँदै गरेको बसमा आगलागी, कम्तीमा २१ जनाको मृत्यु

वीरगंज ।  हैदराबादबाट बेंगलुरु जाँदै गरेको एक एयर–कन्डिसन्ड स्लीपर बसमा शुक्रबार बिहान आगलागी हुँदा २१ जनाको जलेर मृत्यु भएको र केही अन्य यात्रु घाइते भएका छन्। दुर्घटना कुर्नुल जिल्लाको चिन्नेतेकुरु गाउँ नजिकै राष्ट्रिय राजमार्ग ४४ मा बिहान करिब २ः ४५ बजे भएको हो।

तामिलनाडु भागदौडमा ३९ जनाको ज्यान गयो,प्रति परिवारलाई ३२ लाख राहत दिइने

नयाँ दिल्ली। शनिबार तमिलनाडुको करूरमा अभिनेता–नेता विजयको र्‍यालीमा भादौड मच्चिदा ३९ जनाको ज्यान गएको  छ ।  १ सय  भन्दा बढी घाइते भएका छन, जसको  उपचार बिभिन्न अस्पतालमा भइरहेको छ।

समाज

हरिऔनकी ९३ वर्षको उमेरमा नागरिकता पाउने आश

हरिऔन  । उमेरले नौ दशक काट्नुभएकी वृद्धा सुनमाया सुनुवारको अहिले एउटै आश मर्ने बेलामा एक थान नागरिकता र त्यसले दिने सामाजिक सुरक्षा भत्ता पाउने छ ।

स्व.उमा सिंहको स्मृतिमा जनकपुरमा महासंघको आयोजनामा बिभिन्न कार्यक्रम सम्पन्न

जनकपुरधाम । नेपाल पत्रकार महासङ्घ धनुषा शाखाले शहिद पत्रकार उमा सिंहको १७औँ स्मृति दिवसको अवसर पारेर आइतबार पत्रकारहरूको स्वास्थ्य अवस्था र पेशागत सुरक्षासम्बन्धी यथार्थ प्रश्नहरूलाई उजागर गर्ने उद्देश्यसहित दुईवटा महत्वपूर्ण कार्यक्रम सम्पन्न गरेको छ।

खेलकुद

एनपीएल सिजन–२ ,काठमाडौँ गोर्खाजको विजयी सुरुआत

काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट मा काठमाडौँ गोर्खाजले विजयी सुरुआत गरेको छ। जनकपुर बोल्ट्सले दिएको १३१ रनको लक्ष्य काठमाडौँले १८ ओभरमै ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

ठोरी गोल्डकप–२०८२ ट्राइबेकरमा आयोजक प्रतिभा युवा क्लबको विजयी ,‘चौधरी म्यान अफ द म्याच’ र ‘बेस्ट किपर’ घोषित

ठोरी । स्व. रामबहादुर श्रेष्ठको स्मृतिमा आयोजित चौथो ठोरी गोल्डकप–२०८२ को उपाधि आयोजक प्रतिभा युवा क्लब, बिजयबस्तीले हात पारेको छ।
सम्पादक

कृष्णचन्द्र लामिछाने

९८५५०२२४९७

बीरगंज १४, पर्सा

सम्पर्क

सीमाना मिडिया प्रा.लि.
बीरगंज १४, पर्सा
सि.न.दर्ता प्रमाणपत्र नं.१८४०/०७६/७७/

info@simana.com, news@esimana.com


© 2026 Simana Media Pvt. Ltd.

Design and Development by Cyberlink Pvt. Ltd.